ताजा समाचार
धक्का खानु, अघि बढ्नु, क्रान्तिका नियमित प्रक्रिया हुन् : वरवरा राव
कवि, समीक्षक तथा माओवादी विचारकका रूपमा परिचित वरवरा रावले , भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले “अहिलेसम्मकै ठूला नोक्सानहरूमध्येको एउटा नोक्सान” भनेर विश्लेषण गरेको अक्टोबर २४, २०१६ को ‘मलकानगिरि घटना’ सम्बन्धी सत्यतथ्य, प्रतिक्रियावादी व्यवस्थाको विकासको मोडेल र माओवादीहरूको विकासको मोडेल, वार्ता र माओवादी आन्दोलन, साथै संसदीय व्यवस्थासम्बन्धी बुझाइलाई लिएर भारतीय बहुचर्चित पत्रिका फ्रन्टलाइनको जनवरी ७, २०१७ को अनलाइन संस्करणलाई एउटा लामो अन्तर्वार्ता दिएका छन् ।
सो अन्तर्वार्तामा उनले मलकानगिरी घटना उच्च किसिमको प्रविधि र सूचना प्रयोग गरिएको घटना हो र यो एम्बुसमा पारिएको घटना हो, यो मुठभेड होइन, नरसंहार हो भनेका छन् । यस घटनामा उनले आन्ध्रको ग्रेहाउन्ड हत्यारो जत्थाको मूल भूमिकाका साथै सो क्षेत्रका ‘पूर्व माओवादीहरू’ र तिनका परिवारहरूलाई प्रयोग गरिएको र घटनाको समयमा पनि प्रहरीहरूसित त्यस क्षेत्रका एक जना ‘पूर्व माओवादी’ रहेको कुरा उल्लेख गरेका छन् । उनले सैन्य सुरक्षाको मामिलामा माओवादीबाट गम्भीरता नअँगालिएको कुरा पनि उठाएका छन् । उनले यसै घटनाको आधारमा माओवादीले ठूलो ढक्क खाएको भन्न मिल्दैन, नोक्सान भने अवश्य भएको छ भनेका छन् l
त्यसैगरी लडाइँ पुलिस र माओवादीबीच होइन, लडाइँ मुलुकमा कस्तो विकासको मोडेल स्थापना गर्ने भन्ने हो भन्ने कुरा पनि उनले उल्लेख गरेका छन् । उनका भनाइमा प्रतिक्रियावादीहरू विकासका नाममा विश्वब्याङ्कको योजना लागू गरेर मुलुकको प्राकृतिक स्रोतसाधन सिध्याउँछन्, आदिवासी जनतालाई विस्थापित गर्छन् र नाफा विदेश पठाउँछन्, माओवादीहरूको विकास मोडेलले प्राकृतिक साधनस्रोतको रक्षा, स्थानीय सम्पति, स्थानीय स्रोतसाधनमाथि जनताको अधिकार कायम गर्दै स्थानीय श्रम र उत्पादन स्थानीय विकासमा लगाउँछ । अनि विकासको फल आदिवासी जनता र गरिबीले पिसिएका जनतालाई प्राप्त हुन्छ । तत्काल आन्ध्र—उडिसा क्षेत्रमा भएको लडाइँ जनताद्वारा बन्द गराइएको बक्साइट खनिज कम्पनी जनतामाथि दमन गरेरै भए पनि सुचारु गर्ने योजनासित सम्बद्ध छ ।
सन् २००४ को वार्ताको सन्दर्भलाई जोडेर सरकार र माओवादी पार्टीबीचको वार्ताका सम्बन्धमा सोधिएको प्रश्नमा माओवादीहरू वार्तालाई अस्वीकार गर्दैनन् । माओवादीका कुरा जनताका सामु राख्न र सरकारी रबैयाबारे जनतालाई अवगत गराउन जनताकै चाहनामा वार्ता हुने गर्दछन्, तर वार्ता गरेकै भरमा मूलधारमा प्रवेश गर्ने कुरा फरक कुरा हुन् भनेर उनले प्रस्ट पारेका छन् । त्यसै गरी उनले, माओवादीहरू वार्ताका नाममा आफ्ना रणनीतिक उद्देश्यहरू, सङ्घर्षका कार्यक्रमहरू परित्याग गर्दैनन् । उनीहरू मूल उद्देश्यभित्र रहेर वार्ताको नीति अँगाल्छन् । वार्ताका नाममा प्रतिक्रियावादी मूलधारमा प्रवेश गर्दैनन्, भनेका छन् ।
माओवादी पार्टी संसदीय व्यवस्थामा जान सक्ने कुराका बारेमा के भन्नुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले माओवादीहरू संसदीय व्यवस्थामा जाने कुरै हुँदैन भनेका छन् । उनले वर्तमानमा जे-जस्तो व्यवस्थालाई संसदीय प्रजातन्त्र भनिएको छ, यो संसदीय प्रजातन्त्र पनि होइन, जहाँ नीतिनियम, संविधानको पालना हुँदैन, विधिको शासन भन्ने कुरा छैन, व्यक्तिको इच्छाअनुसार चल्ने र कोहीप्रति जिम्ममेवार नहुने व्यवस्था प्रजातान्त्रिक व्यवस्था होइन, भनेका छन् । उनले मोदीको सरकारलाई हिन्दुवता फासिवादी सरकार हो भनेका छन् ।

भिडियो फिचरview all