ताजा समाचार
तीन पार्टीको एउटा महत्त्वपूर्ण कार्यक्रम
राष्ट्रिय स्वाधीनता, त्यसमा पनि नेपालको जलश्रोतमाथि भारतीय हस्तक्षेप विरुद्ध कार्यगत एकता गरेर जाने निर्णय गरी यही पुस २९ सम्म्म देशव्यापी कार्यक्रम तय गरेका नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा काडमाडौँमा गर्ने भनिएको अन्तरक्रियात्मक कार्यक्रम ‘जलस्रोतमाथि भारतीय हस्तक्षेप र राष्ट्रिय स्वाधीनता’ सम्पन्न भएको छ । महत्त्वपूर्ण विषय, तीनओटै पार्टीका शीर्षस्थ नेताहरूले विचार राख्ने र जलश्रोतसम्बन्धी अध्ययन-अनुशन्धान गरेका विज्ञहरूले विचार राख्ने भनिएका कारण आकर्षण र विशेष चासोको विषय बनेको यो कायक्रम निकै प्रभावकारी र स्रोताहरूलाई मात्र नभएर नेताहरूलाई समेत गम्भीर बनाउने खालको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) का नेता भैरव रेग्मीको अध्यक्षतामा भएको, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता धर्मेन्द्र बास्तोलाले उद्घोषण गर्नुभएको र नेपाल काम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता रामसिंह श्रीसले स्वागतमन्तव्य दिनु भएको यस कार्यक्रममा तीनओटै पार्टीका प्रमुख नेता मोहनविक्रम सिंह, मोहन बैद्य र नेत्रविक्रम चन्दको उपस्थिति थियो र विशेषज्ञका रूपमा दीपक ज्ञवाली, रत्नसंसार श्रेष्ठ र रतन भण्डारीले सम्बद्ध विषयमा विचार राख्नु भएको थियो ।
स्रोताहरूले खचाखच भरिएको हलमा अधिकांश पार्टी कार्यकर्ताहरू रहे पनि नेताहरूका विचार सुनिरहेको सन्दर्भमा स्रोताहरुको ध्यान विशेषज्ञहरूले के भन्छन् भन्नेमा नै बढी केन्द्रित थियो । जलस्रोतसम्बन्धी देशी-विदेशी लामो अनुभव र बटुलेका दीपक ज्ञवाली, खरो र प्रस्ट विचार राख्ने भनेर चिनिएका रत्नसंसार श्रेष्ठ र बहुचर्चित पुस्तक लिपुलेक का लेखक रतन भण्डारीले जसरी कुरा राखनुभयो, त्यो निकै प्रभावकारी र संचेतना जगाउने खालको थियो । उहाँरूका भनाइ एक हिसाबले उद्वेलन पैदा गर्ने खालका थिए l
रतन भण्डारीले कसरी हिजोका दिनदेखि भूगोल र जलस्रोत नेपालले गुमाउंदै गयो भन्दै प्रश्न कोशी-गण्डकी र अप्पर कर्णालीको मात्र नभएर लिपुलेकको पनि हो भन्दै राजनीतिक परिवर्तनसँगै भूगोल र जलस्रोत गुमाउंदै आएको कुरा राख्नुभयो । रत्नसंसार श्रेष्ठले सत्ताधारहरीहरू लम्पसार परेपछि भारतीयहरूले मनपरी गर्ने नै भए, दोष भारतीयलाई मात्रै दिएर पुग्दैन, भारतको विरोध गरेर मात्र हुँदैन, सत्तामा पुगेकाहरू र पुग्न चाहनेहरू लम्पसार परेपछि यस्तो हुन्छ भनेर नेपालका नेताहरूको दलाली चरित्रपमाथि प्रहार गर्नुभयो । दीपक ज्ञवालीले भारतको मूल चासो पानी हो र संबिधान नै आफू अनुकूल बनाउन २०४७ सालदेखि नै प्रयास गर्यो र पछिल्लो संविधानमा सफल भयो भन्दै 'क्यास' माओवादी अहिले भारतीय स्वार्थ पूरा गरिरहेको छ भन्नुभयो ।
विज्ञहरूले जसरी कुराहरू राख्नुभयो, नेताहरूका लागि चुनौती, शिक्षा र जिम्मेवारीबोध गराउने खालको थियो । जनता र राष्ट्रको नाम लिंदै कसरी कांग्रेस, एमाले र प्रचण्डहरूले कुर्सीका लागि राष्ट्रियताको सौदा गरे भनेर मंचमा बसेका नेताहरूलाई पनि सचेत गराए । नेताहरूका सामु प्रतिबद्धता जाहेर गर्नुपर्ने आवश्यकता बनेको थियो ।
विप्लवले सदाझैं युवाहरूलाई राष्ट्रिय स्वाधीनताका लागि जुनसुकै चुनौती सामना गर्न तयार रहन आह्ना गर्नुभयो र मोहन बैद्यले राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई जनतन्त्रसित गांसेर लैजानुपर्छ र आवश्यक परे सशस्त्र सङ्घर्ष मात्र होइन, दीर्घकालीन जनयुद्धमा पनि जानुपर्ने हुन्छ भन्नुभयो । उहाँले यदि भारतले बिराटनगरको भारतीय काउन्सिलर कार्यालय हाताउँदैन भने त्यहाँको झन्डा निकालेर फ्याल्नु पर्छ भन्नुभयो ।
विषयवस्तुको गम्भीरता र वक्ताहरूको भावोत्तेजक अभिव्यक्तिले कार्यक्रम रोचक र प्रभावकारी बनेको थियो । दुई जना वक्ताको समय खाइदिने खालको उद्घोषण-भाषणलाई चाहिं स्रोताहरूले त्यति रुचाएको देखिएन । स्रोताहरुले विज्ञ वक्ताहरूका लागि समय नपुगेजस्तो अनुभूत गरे । नेताहरूले जे बोले त्यसलाई व्यवहारमा लेजालान् त भन्ने जिज्ञासा पनि स्रोताहरूमा देखियो ।
यो कार्यक्रमले मुलुकलाई मायाँ गर्ने पार्टीहरू एकताबद्ध भएर जानुपर्छ, यसले आमजनमानसमा नयाँ उत्साह पैदा गर्छ भन्ने संदेश दिएको छ भने पूर्व पश्चिमका कार्यक्रमहरूमा पनि सम्भव भएसम्म विज्ञहरूलाई पनि बोल्ने वातावरण बनाउनु राम्रो हुन्छ भन्ने संदेश दिएको छ । साथै कार्यगत एकताको आयाम अलि व्यापक बनाउनु पनि आवश्यक देखिन्छ ।

भिडियो फिचरview all