
मार्क्सवादी समालोचनाका तीन पुस्तक

यी तिनै पात्रहरू मार्क्सवादी साहित्य तथा समालोचनाको क्षेत्रमा परिचित र स्थापित पात्रहरू हुन् । डा. ऋषिराज बराल विश्वविद्यालयका सेवा छोडेर जनयुद्धमा होमिएका पात्र हुन् । बराल आख्यानकार र सौन्दर्य चिन्तकका रूपमा स्थापित स्रष्टा हुन् । निनु एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादीकेन्द) बाट सेवानिवृत्त पोलिटब्युरो सदस्य तथा 'नेपाल प्रज्ञा प्रतिष्ठान' का आजीवन भत्तावाल सदस्य हुन् । ताराकान्त पाण्डे त्रिवि नेपाली विभागका प्राध्यापक हुन् । यी समालोचकत्रयका पुस्तकहरू करिबकरिब एकैसाथ बजारमा आएका छन् । यी सबै पुस्तकको समग्र परिचय, व्याख्याविवरण यहाँ सम्भव नभए पनि यी पुस्तकहरूमा के-कस्ता विषयहरू समाविष्ट गरिएका रहेछन् भन्ने जानकारी दिनु चाहिँ उपयुक्त नै हुन्छ ।
डा.ऋषिराज बराल : मार्क्सवाद र सबाल्टर्न अध्ययन
यसमा समाविष्ट सामग्रीहरू :
परिचय : बौद्धिक स्खलनका विरुद्ध
खण्ड : १
१. मार्क्सवाद , ‘मार्क्सवादहरू’ र ‘सांस्कृतिक अध्ययन’
२. एडवार्ड सइद, ‘प्राच्यवाद’ र वैचारिक बहस
३. मार्क्सवाद, ग्राम्सी र ‘सांस्कृतिक प्रभुत्व’ को धारणा
४. मार्क्सवाद र ‘उत्तर–उत्तरआधुनिकतावाद’
५. वर्ग, इतिहास चेतना र ‘सबाल्टर्न अध्ययन’
६. मार्क्सवाद, इतिहासको मूल्याङ्कन र केही जटिल प्रश्नहरू
खण्ड :२
१. समाज, सामाजिक रूपान्तरण र स्रष्टाहरू
२. ‘उत्तर’ अवधारणा, नेपाली समाज र सङ्घर्ष
खण्ड :३
१. देवकोटाको विचारयात्रा र तासकन्द संभाषण
२. देवकोटामा विद्रोहचेतना स् मूल्य निरूपणको प्रयास
३. समकालीनताबोध र पूर्ण विरामका कविताहरू
४. वैचारिक आलोकमा विकलको साहित्यिक यात्रा
५. साहित्यकार बद्रीनारायण प्रधान र मौली उपन्यास
खण्ड : ४
५. कवितालेखनका समकालीन चुनौतीहरू
६.समकालीन नेपाली उपन्यास स् समीक्षा र संश्लेषण
निनु चापागाईँ : पूर्ववाद र सइदेली विचार
यसमा समाविष्ट सामग्रीहरू :
१. उत्तरआधुनिकताको दार्शनिकता
२. सबाल्टर्न अध्ययन : एक विवेचना
३. ग्राम्सी र साहित्यसम्बन्धी उनको विचार
४. अन्तर्वस्तु र रूपको अन्तःसम्बन्ध र द्वन्द्वात्मकता
५. उत्तरआधुनिकतावाद र सांस्कृतिक अध्ययन
६. समाजरूपान्तरणमा समर्पित क्रान्तिकारी कवि किसान
७. उत्तरआधुनिकतावाद : सङ्क्षिप्त चर्चा
८. पूर्ववाद र सइदेली विचार
९. साम्राज्यवादको सांस्कृतिक र आर्थिक आक्रमण
१०. नेपालका सन्दर्भमा लु सुन
११. तीन प्रतिभाशाली कविहरू
१२. चलचित्रको राष्ट्रिय चरित्र
डा. ताराकान्त पाण्डेय : मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र
यसमा समाविष्ट सामग्रीहरू :
१. कविताको समाजशास्त्र
२. विश्वदृष्टिका परिप्रेक्ष्यमा ‘छापामारको छोरो’ कथाको समाजशास्त्र
३. अनुभूतिको संरचनाका परिप्रेक्ष्यमा ‘बसाइँ’ उपन्यासको समाजशास्त्र
४ संस्कृति, सांस्कृतिक अध्ययन र मार्क्सवाद
५. ‘साल्गीको बलात्कृत आँसु’ कथाको बहुसाँस्कृतिक अध्ययन
६. अन्त्यको दर्शन : उत्तरआधुनिकताको दार्शनिक पीठिका
७. संज्ञान, प्रत्यक्षीकरण एवं कलात्मक प्रतिविम्बन
८. मार्क्सवाद, उत्तरमार्क्सवाद र उत्तरआधुनिकतावाद : सन्दर्भ समकालीन कलाचिन्तन
९. साहित्यको इतिहासलेखन : पद्धति र प्रक्रिया
१०. इतिहासविखण्डनका चुनौती र मार्क्सवादी समालोचनाको सङ्घर्ष
११. कविताको विम्बको स्वरूप र सत्ता
१२. सौन्दर्यचिन्तन तथा समालोचनामा जनयुद्धको प्रभाव
१३. राष्ट्रिय चिन्तनको विकासमा लक्ष्मीप्रसाद देवकोटाको योगदान
१४, इच्छुकको कविताको संरचनात्मक मूल्य
१५. विरोधाभास र विडम्बनाका कथाकार गोठाले
१६. क्रान्तिचेतनाका सन्दर्भमा ‘नरसिंह अवतार’ काव्यको द्वन्द्वविधान
सरसरती हेर्दा तीनै जना समालोचको मूल चासो एउटै छ । ‘उत्तरवादी’ धारण कसरी दर्शन, साहित्य तथा राजनीतिमा हाबी भएर जनविरोधी-समाजविरोधी चिन्तनको प्रवाह गरिरहेको छ । यसका विरुद्ध सशक्त वैचारिक सङ्घर्ष आवश्यक छ र यो कार्य मार्क्सवादको धरातलमा उभिएर मात्रै गर्न सकिन्छ भन्ने निष्कर्ष समालोचकहरूको छ ।
मार्क्सवाद र वर्गसङ्घर्ष सम्बन्धी धारणामा यी तीन समालोचकहरूबीच केही भिन्नता पनि छ । डा. बरालको चिन्तनमा पाइने वैचारिक प्रखरता अन्य दुई समालोचकमा पाइंदैन । खासगरेर निुनुमा साहित्य र राजनीतिबीचको अन्तर्सम्बन्ध तथा रूप र अन्तर्वस्तुको द्वन्द्वात्मकतालाई बुझ्ने कुरामा केही समस्या रहेका छन् र पाण्डेयको लेखनमा ‘प्राज्ञिक मार्क्सवाद’ को गन्ध भेटिन्छ । र पनि यी तीनैजना मार्क्सवादी कित्ताभित्रकै समालोचक हुन् भनेर भन्न सकिन्छ ।
साझा प्रकाशनले प्रकाशित गरेको यी महत्त्वपूर्ण कृतिहरूले अन्य गुणस्तरवीहिन कृतिको क्षतिपूर्ति गरेको कुरामा विवाद छैन ।
भिडियो फिचरview all