ताजा समाचार
‘पैंतालाले थिचेको देवता’: सांस्कृतिक पाखण्डपनको निर्मम आलोचना
‘पैंतालाले थिचेको देवता’ (पैताला ?) कथाकार रोहित दहालको पछिल्लो कथासङ्ग्रहको नाम हो । रोहित दहाल सांस्कृतिक विषयमा कलम चलाउने प्रवन्धकारका रूपमा पनि परिचित छन् । ‘इस्पातले बनेका मान्छेहरू (२०५६) मार्फत समाजवादी यथार्थवादी चेत भएका कथाकारका रूपमा परिचित रोहित दहालको प्रस्तुत कथासङ्ग्रहमा २०५६ देखि हालसम्म लेखिएका १९ ओटा कथाहरू सङ्कलित छन् । यसमा सङकलित कथाहरूमा पहिलो कथा ‘पिंजडा र सुगा’ हो भने अन्तिम कथा ‘कालुरामले खोजेको भाग्य’ हो ।
यस सङ्ग्रहमा अधिकाँश कथाहरू लाक्षणिक अभिव्यक्तिमा आधारित छन् । नेपाली समाजमा विद्यमान आर्थिक, राजनीतिक र सांस्कृतिक विषयवस्तलाई आधार बनाएर उनले त्यसको आख्यानीकरण गरेका छन् । खास गरेर सामन्ती संस्कृतिसित सम्बद्ध विकृति, अन्धविश्वास र पाखण्डपनमा निहित सारतत्त्वलाई राजनीतिक पुट दिएर त्यसको निमर्म आलोचना गरेका छन् । रीतिरिवाज, पापपुण्य, स्वर्गनरक, जातपात–छुवाछुत आदिका नाममा सांस्कृतिक शोषाण मात्र नभएर आर्थिक-राजनीतिक शोषण कसरी भइरहेको छ भनेर उनले कतातमक उजागर गरेका छन् । धर्म, पाठपूजा, स्वर्गनरक जस्ता विविध सांस्कृतिक पक्षलाई आदर्शवादी र आध्यात्मवादी कोणबाट होइन, भौतिकवादी वैज्ञानिक दृष्टिकोणका आधामा बुझ्नु र व्यवहार गर्नुपर्छ भन्ने कुरामा कथाकारको जोड रहेको छ ।
कतिपय कथा राजनीति केन्द्रित विषयवस्तुमा आधारित छन् । कसरी हिजोका राजामहाराजा ठूलाठालुहरू समयको क्रममा ढल्दै गएभनेर ढल्न लागेको व्यवस्था र सम्बद्ध पात्रहरूको मानसिकतालाई पनि उनले बडो कुशलताका साथ चित्रण गरेका छन् । कथामा विद्रोहको मात्रा रमरम मात्र छ र व्यङ्ग्य र आलोचनाको आधिक्य छ ।
‘पिंजडा र सुगा’ले पिँजडामा बन्द गरेर कसैको पनि भावना र चेतनामाथि ताल्चा लगाउन सकिँदैन, अन्ततः उसले विद्रोह बोल्छ नै भनेर देखाइएको छ । ‘अब ऊ मिस ब्युटी हैन रे’ ले पुँजीवादी उपभोक्तवादले कसरी मान्छेलाई नङ्ग्याउँछ र उसको प्रतिभालाई बजारको माल बनाउँछ भन्दै सुन्दरता क्ष्मता र प्रतिभामा हुन्छ भन्ने कुरा देखाइएको छ । ‘मुकुन्दमान अर्थात् मुर्खमान्छे’ ले वामपन्थी आन्दोलनमा व्याप्त व्यक्तिवाद र उपभोक्तावादमाथि प्रहार गर्छ । ‘फेरि अर्को अवतार’ ले धार्मिक पाखण्डपनलाई उजागर रगरेको छ । घतलाग्दो व्यङ्ग्य यसमा पाइन्छ । ‘बदलिएको मन’ मा पे्रमिकाका कारण जीवनदेखि विरक्तिएको खास मान्छेको मन समाजसित सङ्घर्ष गर्न बदलिएको छ । ‘घर फर्क तिमी’ मा जनताका आवाजलाई दबाउन कसरी स्वदेशी र विदेशी प्रतिक्रियाहरू लागि परेका छन् भन्ने कुरा देखाउँदै जनताको सतेचन पक्षलाई उजागर गरिएको छ । ‘खोजी नयाँ संसारको’ मा यथास्थितिलाई समग्र ठान्ने र परिवर्तनको निरन्तरतामा जोड दिने चिन्तनबीच द्वन्द्व छ ।
त्यसैगरी ‘कवि शुभराजले रोजेको बाटो’ ले कथित सङ्कटकालको बेला लेखकहरूले भोगेका आतङ्क र प्रतिरोधी चेतनाको बोध गराउँछ । ‘ऊ त साह्रै नै डराएछ’ जनविद्रोहका कारण सत्ताको आडमा मनपरितन्त्र चलाएकोहरूका उत्पन्न भयग्रस्त मानसिकताप्रति घतलाग्दो व्यङ्ग्य छ । ‘सम्राटको पतन’ लाक्षणिक भावमा आधारित कथा हो । यसमा अनेक गदाए पनि सम्राटले श्रीपेच जोगाउन नसकेको चित्रण छ । ‘त्यसपछि उसको मन’ ले सोझो मान्छेलाई आफन्तले नै शोषण गर्छन् भनेर देखाइएको छ र शोषण गर्छ भने आफन्तकै विरुद्ध पनि लड्नुपर्छ भनिएको छ । ‘पञ्चजङले सदरमुकाम छाड्यो’ जनयुद्ध र जनआन्दोलनको परिवेशको झल्को दिने कथा हो । यसमा आन्दोलने कसरी फटाहालाई किनारा लगायो भनिएको छ । ‘बल्ल पो उसले चाल पायो’ ले विद्रोह गर्नुपर्छ, तर केटौले किसिमले नभएर परिपक्व किसिमले गर्नुपर्छ भन्न खोजेजस्तो लागे पनि भाव त्यति प्रस्टताका साथ खुलेको छैन । यो यस सङ्ग्रहको सबैभन्दा कमजोर कथा हो ।
कथाकार
‘पैंतालाले थिचेको देवता’ पनि धार्मिक पाखण्डपनको चित्रण गर्ने कथा हो । विषयवस्तु गम्भीर भएर पनि यो कथा सबल सन्देश दिन सक्षम छैन, कताकता नियतिवादमा फसेजस्तो देखिन्छ । ‘...र उसले अठोट गरी’ आधुनिकताका नाममा देखिएको विकृतिका सामु आत्मसमर्पण होइन, यसका विरुद्ध सङ्घर्ष गर्नुपर्छ भन्ने वेचारिक सन्देश दिने कथा हो र यो पनि यस सङ्ग्रहको राम्रो कताभित्र पर्दछ । ‘मन्त्रीज्युको प्रतिगामी यात्रा’ मा सत्ताप्राप्तिको होडबाजी र फरक विचारवालाहरू बीचको द्वन्द्व पाइन्छ । ‘यसरी कुटिएछ केशर बानियाँ’ निकै घतलाग्दो कथा हो । यसले पत्रकारिताको आवरणमा दुई नम्बरी धन्धा गर्नेहरूको चरित्र उजागर छ । कसरी पत्रकारको आवरणमा जनयुद्धका विरुद्ध एक थरीहरू जासुसी गर्दा रहेछन् र जनताले थाहा पाएपछि कोकोहालो मच्चाउँदा रहेछन् भन्ने कुरा यसमा देखाइएको छ । यो पनि प्रभावशाली कथा हो । ‘...अनि उसले नयाँ विधि रच्यो’ पनि अन्धविश्वास र धार्मिक पाखण्डपनप्रति तीव्र व्यङ्ग्य गरिएको कथा हो । ‘कालुरामले खोजेको भाग्य’ पनि आफ्नै भागयका बारेमा केही नजान्ने तर अरूको भागयको लेखाजोखा गर्ने पाखण्डी ज्योतिषको चरित्रमाथि उजागर गरिएको छ ।
कथाहरूको परिवेश जनयुद्धकालदेखि वर्तमानसम्म तन्किएको को छ । यसमा पोखरादेखि विराटनगरसम्मको भूगोल समेटिएको छ । यस सङ्ग्रहका कथाहरूका आधारमा रोहित दाहाललाई व्यङ्ग्य चेतनाका कथाकार भन्न सकिन्छ । एकाध कथामा शिल्प पक्ष कमजोर भए पनि समग्र कथाहरू अध्ययन गर्दा उनी कलाचेतप्रति सजग कथाकार हुन् भन्न सकिन्छ । यति हुँदाहुँदै पनि उनको पहिलो कथासङ्ग्रह ‘इस्पातले बनेका मान्छेहरू’ को तुलनामा विषयवस्तुको सघनता र विचारको प्रभावकारिताका दुष्टिले यो कथासङ्ग्रह कमजोर छ । यस सङ्ग्रहमा समाजवादी यथार्थवादी चेतभन्दा आलोचनात्मक यथार्थवादी प्रवृत्ति हाबी छ । ‘प्रगतिशील लेखक सङ्घ’ का अध्यक्ष मातृका पोख्रेलको भूमिका रहेको यस कथासङ्ग्रहको ‘लेखकीय’ बाट पनि यसभित्रका कथाहरूबारे धारणा बनाउन सकिन्छ :
“पहिलो कथासङ्ग्रह प्रकाशित गर्दाको अवस्थामा वर्गसङ्घर्ष अत्यन्त चोटिलो बनेको अवस्था थियो । नयाँ संसार बनाउन हजारौँहजारले जनसमरको भट्टीमा आफूलाई होमेको अवस्था थियो । बलिदानको भाव थियो परिवर्तनकारीको मनमस्तिष्कमा । तर, अहिले दोस्रो कथासङ्ग्रह प्रकाशित हुँदाको अवस्थामा म केही अकमण्र्यजसतो भएको छु ।”
कथाकार रोहित दाहालको यस किसिमको बुझाइ र स्थितिको प्रभाव यी कथाहरूमा परेको छ र कथाकारको यस इमानदारीप्रति भने धन्यवाद दिनुपर्छ ।
सत्य के हो भने समाजमा आर्थिक-राजनीतिक अन्तर्विरोध हल नहोउन्जेल वर्गसङ्घर्ष चलिरहन्छ । कहिले यो तीव्र हुन्छ र कहिले मन्द । तर विश्वास निरन्तर क्रान्तिप्रति हुनुपर्छ । एकथरी थाक्छन् र अर्काथरी अघि बढ्छन् । पातहरू पहेँलिएर झर्छन् र नयाँ पालुवा लाग्छन् । अकर्मण्यता भनेको अगाडि बढ्न नसक्नुको परिणाम हो । यसले ल्याउने परिणाम भनेको पलायनता नै हो । सारतः यो यथार्थको सामना गर्न नसक्ने भगुवा पवृत्ति हो ।
समाजको जीवन्त पक्षलाई समात्ने कि मृत पक्षलाई ? प्रश्न यो हो । जीवन्त पक्षलाई समात्ने हो भने बाटो प्रस्ट देखिन्छ, उज्यालो पनि देखिन्छ । जब विचारमा गडबडी आउन थाल्छ, अनि अकर्मण्यतामा फस्नु स्वाभाविक हुन्छ । आवश्यकता क्रान्तिकारी आशावादको हो । कथाकार रोहित दाहलको कथा लेखनले उध्र्वगामी बाटो पहिल्याउँदै आत्मसङ्घर्षका साथ अघि बढोस् भन्ने कामना गर्नु अन्यथा नहोला ।
केशर, भोजपुर

भिडियो फिचरview all