ताजा समाचार
युद्ध र रणनीतिका समस्याहरू
माओत्सेतुङ
सशस्त्र बलद्वारा राज्यसत्ता कब्जा गर्नु र युद्धद्वारा समस्याको फस्र्योट गर्नु क्रान्तिकारीको केन्द्रीय अभिभारा र सर्वोच्च रूप हो । क्रान्तिसम्बन्धी यो माक्र्सवादी–लेनिनवादी सिद्धान्त सर्वव्यापीरूपले चीन र अरू सबै देशहरूमा लागू हुन्छ ।
तर सिद्धान्त उही हुँदाहुँदै पनि सर्वहारा वर्गको पार्टीले यसलाई लागू गर्दा विभिन्न परिस्थितिहरूअनुसार यो विभिन्नरूपमा अभिव्यक्ति हुन्छ । पुँजीवादी देशहरूले आपूm फासिस्ट अवस्थामा नभएको बेलामा वा युद्धमा नफसेको बेलामा आफ्नो देशभित्र पुँजीवादी जनवाद लागू गर्छन् (सामान्तवाद होइन) । आफ्ना वैदेशिक सम्बन्धहरूको हकमा, ती देशहरू अरू देशहरूबाट उत्पीडित हुँदैनन्, तर तिनले नै अरू देशहरूमाथि उत्पीडन गर्दछन् । यी विशेषताहरूले गर्दा, मजदुरहरूलाई शिक्षित पार्नु र लामो समयको कानुनी सङ्घर्षद्वारा शक्ति निर्माण गर्नु, र यसरी अन्तिमरूपले पुँजीवादको तख्ता पल्टाउने तयारी गर्नु पुँजीवादी देशहरूका सर्वहारा वर्गको पार्टीको अभिभारा हो । यी देशहरूमा लामो कानुनी सङ्घर्ष गर्ने, संसद्लाई एउटा मञ्चका रूपमा उपयोग गर्ने, आर्थिक र राजनीतिक हड्तालहरू गर्ने, टे«ड युनियनहरू गठन गर्ने र मजदुरहरूलाई शिक्षित तुल्याउने प्रश्न उत्पन्न हुन्छ । ती देशहरूमा सङ्गठनको रूप कानुनी हुन्छ र सङ्घर्षको रूपमा रक्तपातहीन (अ–सैनिक) हुन्छ ।
युद्धका मामिला सम्बन्धमा, पुँजीवादी देशहरूको कम्युनिस्ट पार्टीहरूले आफ्नै देशले चलाएको साम्राज्यवादी युद्धहरूको विरोध गर्छन् । यस्ता युद्धहरू भएको खण्डमा आआफ्नै देशका प्रतिक्रियावादी सरकारहरूलाई पराजित गर्नमा सहायक बन्नु नै पार्टीहरूको नीति हुनजान्छ । उनीहरूले लड्न चाहने युद्ध गृहयुद्ध हो, जसको निम्ति, उनीहरू तयारी गरिरहेका हुन्छन् । तर पुँजीपति वर्ग साँच्चि नै असहाय नहुन्जेलसम्म, सर्वहारा वर्गको बहुसङ्ख्याले सशस्त्र विद्रोह गर्ने र युद्ध चलाउने दरिलो अठोट नगरुन्जेलसम्म, र गाउँले जनसमूहले स्वेच्छाले सर्वहारा वर्गलाई मद्दत नगरुन्जेलसम्म यस्तो विद्रोह र युद्ध चलाउनु हुँदैन । अनि यस्तो विद्रोह र युद्ध सुरु गर्ने समय आएपछि पहिलो कदम सहरहरू कब्जा गर्नुहुनेछ र त्यसपछि गाउँले इलाकातिर अघि बढ्नु पर्नेछ, यसको उल्टो ढङ्गले कदम चाल्नु हुँदैन । पुँजीवादी देशहरूमा कम्युनिस्ट पार्टीहरूले यसै गरेका छन् र रूसको अक्टोबर क्रान्तिले यस कुरालाई सही सिद्ध गरेको छ ।
तर चीन भने अर्कै खालको देश हो । चीनका विशेषताहरू के हुन् भने चीन एउटा स्वाधीन र जनवादी देश नभएको मात्र होइन, यो त अर्धऔपनिवेशिक र अर्धसामन्ती देश पनि हो । आन्तरिकरूपमा चीनमा जनवाद छैन, र ऊ सामन्ती उत्पीडनको सिकार भएको छ र बाहिरी सम्बन्धहरूमा राष्ट्रिय स्वतन्त्रताको अभाव छ र ऊ साम्राज्यवादी उत्पीडनको सिकार भएको छ । यसरी हामीकहाँ उपयोग गर्न सकिने संसद् छैन र मजदुरहरूलाई हड्तालको निम्ति सङ्गठित गर्ने कानुनी अधिकार पनि छैन । आधारभूतरूपले यहाँको कम्युनिस्ट पार्टीको अभिभारा र युद्ध आरम्भ गर्नुअघि लामो समयको कानुनी सङ्घर्षबाट गुज्रनु होइन र पहिले ठुल्ठुला सहरहरूलाई कब्जा गर्नु र त्यसपछि गाउँहरूलाई कब्जा गर्नु पनि होइन, बरु यसको उल्टो ढङ्गले चल्नु हो ।
साम्राज्यवादले हाम्रो देशमाथि सशस्त्र आक्रमण नगरेको बेलामा चिनियाँ कम्युनिस्ट पार्टीले कि त १९२४–२७ को क्वाङ्तुङ प्रान्तका युद्धहरू२ र उत्तरी अभियानमा झैँ पुँजीपति वर्गसँग मिलेर युद्धसर्दारहरू (साम्राज्यावादका पिछलग्गूहरू) —का विरुद्ध गृहयुद्ध चलाउँछ, कि त १९२७–३६ को कृषिक्रान्ति युद्धमा झैँ किसानहरू र सहरिया निम्नपुँजीपति वर्गसँग एकताबद्ध हुँदै जमिन्दार वर्ग र दलाल पुँजीपति वर्ग (यी पनि साम्राज्यवादका पिछलग्गू हुन्)—को विरुद्ध गृहयुद्ध चलाउँछ । साम्राज्यवादले चीनमाथि सशस्त्र आक्रमण गरेको बेलामा भने जापान विरोधी वर्तमान प्रतिरोध युद्धमा झैँ पार्टीले विदेशी सत्रुका विरुद्ध राष्ट्रिय युद्ध चलाउनका निम्ति, विदेशी आक्रमणकारीहरूको विरोध गर्ने देशका सबै वर्गहरू र तप्काहरूलाई एकताबद्ध गर्दछ ।
यी सबै कुराले चीन र पुँजीवादी देशहरूबीचको भिन्नता देखाउँछ । चीनमा सङ्घर्षको मुख्य रूप युद्ध हो र सङ्गठनको मुख्य रूप सेना हो । साथै जनसङ्गठन र जनसङ्घर्ष जस्ता सङ्गठन र सङ्घर्षका अरू रूपहरू पनि अति महत्वपूर्ण र वास्तवमा अनिवार्य छन् । कुनै स्थितिमा पनि तिनलाई बेवास्ता गर्नु हुँदैन, तिनको उद्देश्य युद्धकै सेवा गर्नु हो । युद्ध विष्फोट हुनुभन्दा अघि सबै किसिमका सङ्गठन र सङ्घर्षहरू १९१९ को ४ मई आन्दोलन३ देखि १९२५ को ३० मई आन्दोलनसम्मको अवधिमा झैँ युद्धको तयारीको निम्ति गरिन्छन् । युद्ध आरम्भ भइसकेपछि सबै सङ्गठन र सङ्घर्षहरूको प्रत्यक्ष वा अप्रत्यक्षरूपले युद्धसँग तालमेल गराइन्छ । उदाहरणको निम्ति उत्तरी अभियानकालमा क्रान्तिकारी सेनाको पछाडिको इलाकाका सबै सङ्गठन र सङ्घर्षहरूको युद्धसँग प्रत्यक्ष रूपले तालमेल गराइएको थियो, र उत्तरी युद्धसर्दारहरूका इलाकामा भने सबै सङ्गठन र सङ्घर्षको युद्धसँग अप्रत्यक्ष रूपले तलामेल गराइएको थियो । फेरि कृषिक्रान्ति युद्धको अवधिमा लाल इलाकाहरूभित्रका सबै सङ्गठन र सङ्घर्षहरूको युद्धसँग प्रत्यक्ष रूपले तलामेल गराइएको थियो, र लाल इलाकाहरूबाहिर भने तिनको अप्रत्यक्ष रूपले तालमेल गराइएको थियो, अनि फेरि वर्तमान कालमा अर्थात् प्रतिरोध युद्धकालमा जापान विरोधी सैन्यशक्तिहरूको पछिल्लो भागका इलाकाहरू सत्रुले कब्जा गरेको इलाकाहरूका सबै सङ्गठन र सङ्घर्षहरूको युद्धसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपले तालमेल गराइएको छ ।
...“चीनको सशस्त्र क्रान्ति सशस्त्र प्रतिक्रान्तिसँग लड्दै छ । यो चिनियाँ क्रान्तिको विशिष्ट स्वरूपहरू र श्रेष्ठताहरूमध्येको एक हो ।” कमरेड स्टालिनको यो प्रस्थापना एकदमै सही छ र यो उत्तरी अभियान, कृषिक्रान्ति युद्ध र जापान विरोधी वर्तमान प्रतिरोध युद्ध सबैको निम्ति समानरूपले सही छ । यी सबै प्रतिक्रान्तिकारीहरूका विरुद्ध चलाइएका छन् र यी मुख्यतः क्रान्तिकारी जनताबाट चलाइएका छन् । यी त्यस अर्थमा मात्र फरक छन्, जुन अर्थमा एउटा गुहयुद्ध राष्ट्रिय युद्धभन्दा फरक हुन्छ, र चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सञ्चालित युद्ध कम्युनिस्ट पार्टीले क्वोमिन्ताङसँग मिलेर चलाएको युद्धभन्दा फरक हुन्छ । हो, यी भिन्नताहरू महत्वपूर्ण छन् । तिनले युद्धमा भाग लिने प्रमुख सैन्य शक्तिहरूको घेरा सीमित छ वा व्यापक छ, (यो मजदुर र किसानको आपसी सहयोग हो वा मजदुर, किसान र पुँजीपति वर्गको आपसी सहयोग हो) भन्ने कुरा र युद्धमा हाम्रो प्रतिद्वन्द्वी घरेलु हो कि बाहिरी हो (युद्ध घरेलु सत्रुको विरुद्ध हो र घरेलु सत्रुको विरुद्ध हो भने उत्तरी युद्धसर्दारहरूको विरुद्ध हो कि क्वोमिन्ताङको विरुद्ध हो) भन्ने कुरा औँल्याउँछन् । तिनले इतिहासका भिन्नभिन्न चरणहरूका चीनका क्रान्तिकारी युद्धको सारवस्तु भिन्नाभिन्नै हुन्छ भन्ने कुरा पनि औँल्याउँछन् । तर यी सबै युद्धहरू सशस्त्र प्रतिक्रान्तिको विरुद्ध लडिने सशस्त्र क्रान्तिका उदाहरणहरू हुन्, यी सबै क्रान्तिकारी युद्ध हुन्, र यी सबैले चिनियाँ क्रान्तिका ठोस विशेषताहरू र श्रेष्ठताहरूलाई प्रदर्शित गर्दछन् ।
क्रान्तिकारी युद्ध “चिनियाँ क्रान्तिका विशिष्ट स्वरूपहरू र श्रेष्ठता मध्येको एक हो ।” भन्ने प्रस्थापना चीनका परिस्थितिहरूसँग ठ्याक्क मिल्दोजुल्दो छ । सकेसम्म धेरै सहयोगीहरूसँग एकताबद्ध हुनु, सशस्त्र सङ्घर्ष गर्नु र परिस्थितिअनुसार राष्ट्रिय र सामाजिक मुक्तिको निम्ति घरेलु अथवा विदेशी सशस्त्र प्रतिक्रान्तिको विरुद्ध सङ्घर्ष गर्नु चिनियाँ सर्वहारा वर्गको सामुन्ने झण्डै यसको जन्मकालदेखि नै आइलागेको मुख्य अभिभारा हो । सशस्त्र सङ्घर्ष नगरीकन चीनमा सर्वहारा वर्ग र कम्युनिस्ट पार्टीको निम्ति कुनै स्थान रहने छैन र कुनै पनि क्रान्तिकारी अभिभारा पूरा गर्न सम्भव हुनेछैन ।
...सशस्त्र सेनाबेगर चीनका समस्याहरू हल गर्न सकिँदैन भन्ने अनुभवसिद्ध कुरा हो । यो कुरो बुझ्नाले जापान विरोधी प्रतिरोध युद्धलाई आइन्दा सफलतापूर्वक सञ्चालन गर्नमा मद्दत मिल्नेछ । जापान विरोधी युद्धमा सशस्त्र प्रतिरोधको निम्ति सिङ्गै राष्ट्र खडा हुनु एउटा यस्तो तथ्य हो, जसले यस समस्याको महत्व अझ राम्ररी बुझ्न सम्पूर्ण पार्टीलाई शिक्षा दिनेछ, र हरेक पार्टी सदस्यले कुनै पनि बेला हतियार उठाउन र मोर्चामा जान तयार रहनुपर्छ । अर्को कुरा, हाम्रो वर्तमान अधिवेशनले पार्टीका मुख्य कार्यक्षेत्रहरू, युद्धक्षेत्रहरू र सत्रुका पछिल्ला भागहरू हुन् भन्ने कुराको निर्णय गरेर हाम्रा प्रयत्नहरूको स्पष्ट दिशा निर्धारित गरेको छ । यो कुरा पार्टीसङ्गठनहरूमा र जनआन्दोलनमा मात्र काम गर्न इच्छुक हुने, तर अध्ययन गर्न र युद्धमा भाग लिन अनिच्छुक रहने केही पार्टी सदस्यहरूको मनोवृत्ति विरुद्ध र विद्यार्थीहरूलाई मोर्चामा जानको निम्ति प्रोत्साहित गर्न विफल हुने केही विद्यालयहरू र यस्तै खालका अरूअरू कुराको निम्ति एउटा अचम्मै राम्रो ओखती पनि हुनेछ ।
चीनको अधिकांश भागमा सङ्गठनात्मक कार्य र जनआन्दोलनका कार्यहरू प्रत्यक्ष रूपले सशस्त्र सङ्घर्षसँग गाँसिएका छन् । सशस्त्र सङ्घर्षबाट अलग्गिएको र स्वतन्त्र पार्टीकार्य वा जनकार्य न त कतै छ, न त हुनसक्छ, युद्ध क्षेत्रहरूबाट निकै टाढा पर्ने पछिल्लो भागका इलाकाहरूमा (जस्तै युनान क्वेइचओ र सछ्वानमा), वा सत्रुले कब्जा गरेका इलाकाहरूमा (जस्तै पेपिङ, थ्येनचित, नानकिङ र साङ्घाईमा) समेत पनि पार्टीको सङ्गठनात्मक कार्य र जनआन्दोलनको कार्यको युद्धसँग राम्रो तालमेल रहेको छ, ती कामहरूले मोर्चाका आवश्यकताहरूको सेवा गर्नुपर्ने मात्र होइन, बरु अनिवार्यरूपले त्यसो गर्नैपर्छ । एक शब्दमा, सिङ्गै पार्टीले युद्धप्रति गम्भीर रूपले ध्यान दिनुपर्छ, सैनिक समस्याहरूबारे अध्ययन गर्नुपर्छ र लड्नको निम्ति आफूलाई तम्तयार बनाउनुपर्छ ।
कम्युनिस्टहरू निजी सैन्य सत्ताको निमित्त लड्दैनन् (तिनले कहिल्यै पनि त्यसो गर्नु हुँदैन, र अब उपरान्त कसैले पनि चाङ क्वो–थाओको बाटो नपछ्याओस्), तर तिनले पार्टीको सैन्यसत्ताको निम्ति, जनताको सैन्यसत्ताको निम्ति भने लड्नैपर्छ । राष्ट्रिय प्रतिरोध युद्ध चलिरहेको हुनाले हामीले राष्ट्रको सुरक्षाका निम्ति पनि लड्नैपर्छ । सैन्यसत्ताको प्रश्नमा केटाकेटीपना रहेको खण्डमा एउटा रौँसम्म पनि हातलाग्ने छैन । हजारौँ वर्षदेखि प्रतिक्रियावादी शासक वर्गको छलकपट र धाकधम्कीको सिकार भएका श्रमिक जनतालाई आफ्ना हातमा बन्दुक हुनुपर्ने कुराको महत्व बुझाउन ज्यादै गाह्रो छ । हाल जापानी साम्राज्यवादको उत्पीडन र राष्ट्रव्यापी प्रतिरोधले श्रमिक जनतालाई युद्धको रङ्गमञ्चमा उभ्याइसकेको हुनाले कम्युनिस्टहरूले आफूलाई यस युद्धमा राजनीतिकरूपले सबैभन्दा सचेत नेता साबित गर्नैपर्छ । “राजनीतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ” भन्ने सत्यलाई हरेक कम्युनिस्टले राम्ररी बुझ्नैपर्छ । हाम्रो सिद्धान्त के हो भने पार्टीको आदेश अनुसार बन्दुकले चल्नुपर्छ, र कुनै हालतमा पनि बन्दुकको आदेश अनुसार पार्टीलाई चल्न दिनुहुँदैन । तर हाम्रा हातमा बन्दुक भएको खण्डमा हामी पार्टीसङ्गठनहरू निर्माण गर्नसक्छौँ । उत्तरी चीनमा आठौँ मार्ग सेनाले निर्माण गरेका शक्तिशाली पार्टीसङ्गठनहरू यसका सबुतप्रमाणहरू हुन् ।
यसरी नै हामी कार्यकर्ताहरू तयार गर्नसक्छौँ, विद्यालयहरू खोल्न सक्छौँ, संस्कृतिको सिर्जना गर्नसक्छौँ, जनआन्दोलनहरू सङ्गठित गर्नसक्छौँ । बन्दुक हत्याएर नै एनानमा सारा चीजहरूको निर्माण गरिएको हो । सबै थोकको जन्म बन्दुकको नालबाटै हुन्छ । राज्यसत्तासम्बन्धी मार्क्सवादी सिद्धान्तअनुसार सेना राज्यसत्ताको मुख्य अङ्ग हो । जसले राज्यसत्ता कब्जा गर्ने र त्यसलाई आफ्नो हातमा राखिछाड्न चाहन्छ, उसँग एउटा बलियो सेना हुनैपर्छ । कोहीकोही मानिस “युद्धको सर्वशक्तिमानता” का पक्षपाती भनेर हाम्रो खिल्ली उडाउने गर्छन् ।
हो, हामी क्रान्तिकारी युद्धको सर्वशक्तिमानताका पक्षपाती हौँ । यो एउटा असल कुरा हो, खराब होइन, यो त मार्क्सवादी कुरा हो । रूसी कम्युनिस्ट पार्टीका बन्दुकहरूले समाजवादको निर्माण गरे । हामी जनवादी गणतन्त्रको निर्माण गर्नेछौँ । साम्राज्यवादी युगको वर्गसङघर्षको अनुवभले हामीलाई के शिक्षा दिन्छ भने मजदुर वर्ग र श्रमिक जनसमूहले बन्दुकको बलले मात्र सशस्त्र पुँजीपति वर्ग र जमिनदारहरूलाई पराजित गर्न सक्छन्, यस अर्थमा हामी के भन्न सक्छौँ भने बन्दुकको सहाराले मात्र सम्पूर्ण संसारलाई रूपान्तरण गर्न सकिन्छ । हामी युद्धको उन्मूलनका पक्षपाती हौँ, हामी युद्ध चाहँदैनौँ । तर युद्धलाई युद्धद्वारा मात्र उन्मूलन गर्न सकिन्छ, त्यसैले बन्दुकबाट छुटकारा पाउनको निम्ति बन्दुक उठाउनु जरुरी छ ।
('युद्ध र रणनीतिका समस्याहरू' १९३८ बाट केही अंश)

भिडियो फिचरview all