ताजा समाचार
होङसेङ जियाङ : साङ्घाईमा पेरिस कम्युन
विश्वका क्रान्तिकारीहरूले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ वर्षगाँठ बडो क्रान्तिकारी उत्साहका साथ मनाइरहेका छन् । विश्वका ३० ओटा माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसलाई चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ वर्षगाँठसित जोडेर क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) निर्माणको अभियानका रूपमा मनाए । यसका सन्दर्भमा युरोपमा खासगरेर फ्रान्समा विचार गोष्ठीलगायत विभिन्न किसिमका कार्यक्रमहरू सम्पन्न भए । यस क्रममा रिभोलुसन एन्ड काउन्टर रिभोलुसनका लेखक पाओ यु चिङले दिएको प्रवचनका साथै चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिसित सम्बद्ध होङसेङ जियाङको शोधकार्य (पियच्डी थेसिस) का विषयमा पनि महत्त्वपूर्ण अन्तरक्रियायाहरू सम्पन्न भए ।
चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको महत्व र माओपछि चीनमा भएको प्रतिक्रान्तिका बारेमा थुप्रै महत्त्वपूर्ण कृतिहरू प्रकाशित भएका छन् । यसमा चिनियाँहरूद्वारा लेखिएका डनपिङ हाङको अनोन कल्चरल रिभोलुसन, मोबो गाओको दि ब्याटल फर चाइनाज पास्ट, माओ एन्ड दि कल्चरल रिभोलुसन, विशेष महत्वका छन् । यसै क्रममा ड्युक युनिभर्सिटीका शोधकर्ता प्राध्यापक होङसेङ जियाङको कृति पेरिस कम्युन इन साङ्घाई, दि मासेज, दि स्टेट एन्ड डाइनामिक्स अफ ‘कन्टिन्युअस रिभोलुसन’ पनि पाठकसमक्ष आएको छ । यसलाई चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ वर्षगाँठका सन्दर्भमा आम पाठकबीच सार्वजनिक गरिएको हो । यो सारै महत्त्वपूर्ण शोधग्रन्थ हो । यो चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका समयमा साङ्घाईका क्रान्तिकारीहरूले स्थापना गरेको कम्युनको अध्ययन जस्तो लागे पनि सारतः यो चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति र यस विरुद्ध प्रतिक्रान्तिकारी संशोधनवादीहरूको कुकृत्यको अभिलेख हो ।
साङ्घाई कम्युनको इतिहासलाई पेरिस कम्युनसित लगेर जोडिएको छ र यसका माध्यमबाट सिङ्गो सांस्कृतिक आन्दोलनको महत्ता गाइएको छ । साथै माओको मृत्यपछि कसरी गद्दारहरूले ‘कु’ गरेर क्रान्तिकारीहरूको हत्या गर्नुका साथै माओमाथि समेत आक्रमण गरे भनेर उल्लेख गरिएको छ । ‘परिचय’ र ‘उपसंहार’ बाहेक ६ ओटा अध्यायमा विभाजित यो शोधग्रन्थका सबै अध्यायहरू रोचक, तथ्यपरक र सारगर्भित छन् । निकै मार्मिक किसिमको वर्णन र विवरण पाइन्छ यस शोधग्रन्थमा । यसको ‘परिचय’, ‘समर्पण’ र ‘एब्स्ट्रयाक्ट’ ( शोधसार) बाट मात्रै पनि धेरै कुरा थाहा पाउन सकिन्छ । जस्तो शोधसारमा भनिएको छ :
”बिसौँ शताब्दीको चीनसित कम्युनसम्बन्धी सिद्धान्त र व्यवहारको समृद्ध अनुभव छ । १९६६को अन्त्य र १९६७ को आरम्भमा माओको निरन्तर क्रान्तिको सिद्धान्त र कम्युन शैलीको राजयसंरचनाको दृष्टिबाट अभिप्रेरित भएर साङ्घाईका विद्रोही मजदुरहरू, विद्रोही विद्यार्थीहरू र पार्टी कार्यकर्ता र नेताहरूले पुरानो सत्तासंरचनालाई जरैदेखि उखेलेर फ्याल्न साहसी कदम चाले । फेब्रवरी ५, १९६७ का दिन साङ्घाईका मजदुरहरूले पेरिस कम्युनको मोडलमा आधारित साङ्घाई कम्युनको स्थापना गरे । यो जनवरीको आँधीबेहरी का नामले परिचित छ । १९७६ मा माओको मृत्युपछि चीनको कम्युनिस्ट पार्टी र सरकारले सांस्कृतिक क्रान्तिमाथि प्रहार गरेर इतिहासको पुनर्लेखन गरेको छ । अनि चीनमा साङ्घाई कम्युनको नाम विरलै लिने गरिन्छ । यो शोधकार्यले हराएको, तर गम्भीर इतिहासको आरम्भ, विस्तृत इतिहास, यसको विकास र साङ्घाई कम्युनमाथि भएको दमनको खोजअनुसन्धान गर्ने प्रयास गरेको छ । साङ्घाईमा भएको जनवरी आाधीबेहरीमा विभिन्न जनसङ्गठनहरूको भूमिकाको अध्ययन गर्दै निरन्तर क्रान्तिको सिद्धान्तमा आधारित माओवादी आन्दोलनको पूर्ण तस्विर प्रस्तुत गर्ने प्रयास यसमा गरिएको छ ।”
त्यसैगरी “समर्पण” मा उनले भनेका छन् : ''साम्राज्यवाद, संशोधनवाद र प्रतिक्रियावादका विरुद्ध विद्रोह गर्ने १९६७ का साङ्घाई कम्युनार्डसहरूलाई समर्पण ।"
०००

भिडियो फिचरview all