
तीन पार्टीद्वारा सङ्घर्षका विविध कार्यक्रम घोषणा

नेपाल कम्युनिस्ट पार्टी (मसाल) को कार्यालयमा बसेको तीन पार्टीको बैठकले माथिल्लो कर्णाली, अरुण तेस्रो, विराटनगर स्थित भारतीय दूताबासको कन्सुलेट कार्यालयलाई लक्षित गरी सङ्घर्षका कार्यक्रमहरू तय गरेको छ । बैठकले पुस १६ गते काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम गर्ने, पुस २२ गते सुर्खेतमा विरोध सभा गर्ने, पुस २५ गते संखुवासभाको खाँदबारीमा विरोध सभा गर्ने र पुस २९ गते विराटनगरमा विरोध सभाको आयोजना गर्ने निर्णय गरेको कुरा पनि जानकारीमा आएको छ ।
सङ्घर्षका कार्यक्रमलाई प्रभावकारी बनाउन संयुक्त कार्यदलले प्रचारप्रसार, पर्चा पम्प्लेटिङ, नाराहरू तय गर्ने र तीनवटै ठाउँको विरोधसभामा वक्ताहरू तोक्ने समाचार स्रोतले जनाएको छ । सङ्घर्षलाई माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतका सम्पूर्ण राष्ट्रघाती जलविद्युत सम्झौता, पिडिए, पिटिए र नेपालको जलविद्ध्युतमाथि भारतीय एकाधिकार स्थापित हुने गरी भारतले प्रस्तावित गरेको विद्ध्युत -व्यापार निर्देशिकालगायतका विरुद्धका मुद्धाका विरुद्धमा केन्द्रित गर्ने कुरा पनि बैठकमा उपस्थित सदस्यहरूले जानकारी गराएका छन्
राष्ट्रियताको प्रश्नलगायत जनजीविकाका मुद्दाहरुमा पनि संयुक्त संघर्षका कार्यक्रम बनाएर जाने सहमति बनाउने कुराका साथै राष्ट्रियता र जनजीविकाका मुद्दाहरुमा एजेण्डा मिल्ने अन्य पार्टीहरुसँग पनि कार्यगत एकताको लागि पहल गर्ने सहमति तीनदलबीच बनेको कुरा पनि जानकारीमा आएको छ ।
भिडियो फिचरview all