
भारतीय विस्तारवाद बिरुद्ध तीन पार्टीबीच कार्यगत एकता

मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहनविक्रम सिंहको हस्ताक्षर भएको सो संयुक्त विज्ञप्तीमा भनिएको छ, “नेपालमा भारतीय विस्तारवादका तर्फबाट भएका राष्ट्रियता (जलस्रोत, प्राकृतिक साधनस्रोत)माथि गरिएको अतिक्रमणका विरुद्धमा कार्यगत एकता गरी संयुक्त रुपमा सङ्घर्षक कार्यक्रम गर्ने निर्णय गरिएको छ ।”
विज्ञप्तीमा अगाडि भनिएको छ, “महान् अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रम पार्टी स्थापना दिवस सन्दर्भमा आगामी २२ अप्रिल (बैशाख ९ गते) संयुक्त रुपमा मनाउने निर्णय गरियो ।”

अहिले राष्ट्रियता, जनजीवीका लगायतका प्रश्नहरू गम्भीर रूपमा उठिरहेको सन्दर्भमा कार्यगत एकताको यो निर्णय सकारात्मक कदम हो l यसले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गर्नुका साथै आम जनमानसमा उत्साहको वातावरण पनि संचार गरेको छ ।
भिडियो फिचरview all