
नियोजित प्रचारको खण्डन गर्छु: बैद्य

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको विषयलाई लिएर प्रधानमन्त्रीको सचिवालयले गलत प्रचार गरेको नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले दावी गरेका छन् । माओवादी केन्द्र र क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुबीच कुपण्डोल कार्यालयका विषयमा देखिएको विवादलाई लिएर प्रधानमन्त्री दाहाललाई आफूले भेटेको कुरा साँचो भए पनि पार्टी एकताको विषयमा कुनै कुरा नभएको र दाहालको जन्मदिनको बारेमा पनि आफू अनभिज्ञ रहेको बताएका छन् ।
मूलबाटोसँग कुरा गर्दै बैद्यले भने, “कुरै नभएको र भन्दै नभनेको विषयलाई प्रधानमन्त्रीको सचिवालयले गतल प्रचार गर्यो र भ्रम छर्न खोज्यो” । उनले भने, “प्रचण्डसँग मेरो पार्टी एकताको विषयमा पनि कुरा भएको छैन र उनलाई मैले जन्मदिनको शुभकामना पनि दिएको छैन । यो सबै नियोजित प्रचार हो । यसको म खण्डन गर्छु” ।
कुपण्डोल कार्यालयको विषयमा बादलसमेतको उपस्थितिमा कुरा गरेर विवादलाई टुंगो लगाउने कुरा भएको पनि वैद्यले बताए ।
केही दिनअघि मात्र प्रचण्डले वैद्य र विप्लवसित पनि एकता हुन्छ भनेर सार्वजनिकअभिव्यक्ति दिएकोअवस्थामा, हरेक अवसरलाई आफ्नो स्वार्थमा प्रयोग गर्न माहिर प्रचण्डकहाँ जन्मदिनकै दिन पारेर जानु र एक्लै जानुलाई कार्यकर्ताले त्यति सहज रूपमा लिएको देखिंदैन । प्रचण्ड प्रधानमन्त्री भएपछि पनि पत्रपत्रिकाले ''बैद्यद्वारा प्रधानमन्त्रीलाई शुभकामन" भनेर समाचार छापेका थिए l प्रचण्डका कार्यकर्ता चाहिं कुपन्डोल कार्यालयको संदर्भसहित बैद्यले प्रचण्डलाई शुभकामना पनि दिएको र कुराकानीको सन्दर्भमा एकताको कुरा पनि उठेको बताउँछन् ।
स्मरण रहोस्, केही दिनअघि मात्रै पनि लोकमान सिंहका खास मान्छे भनेर टिप्पणी गरिने पात्रहरूसित रूद्राक्षको माला लगाएर मोहन बैद्यले फोटो खिचेको प्रसंग निकै टिप्पणीको विषय बनेको थियो।
भिडियो फिचरview all