![](images/brnews-bg1.png)
क्रान्तिकारी माओवादी गोरखाको ऐक्यबद्धता
![](http://janamel.com/samacharimage/2016/12/thumb_20161203122016_budhi- gandaki.jpg)
बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले मंसिर १६ गते बिहीबार गोरखाको घ्याल्चोकस्थित बुढीगण्डकी आयोजना विकास समिति कार्यालय बाहिर शान्तिपूर्ण कार्यक्रम मार्फत मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जा घोषणाको विरोध गर्दै बुढीण्डकी विकास समितिको कार्यालय तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी डुबान क्षेत्रका तीन जनालाई घाइते बनाएको थियो ।
तालाबन्दीकै क्रममा डुबान क्षेत्रका ९ जना पक्राउ परेका छन् । गोरखा आरुआर्बाङ ९ का विकास दाहाल, बोर्लाङका नवराज ढकाल र राजन कुमाल, नाम्जुङका सुनिल माझी र दीपेन्द्र पोखरेल, आरुचनौटेका ज्ञानबहादुर गुरुङ, दर्बुङका हरि आले, धादिङ खरीका कृष्ण काप्री र दीपेन्द्रप्रसाद पाण्डेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउपर्ने मध्येमा नवराज ढकाल क्रान्तिकारी माओवादीको जिल्ला सदस्य पनि रहेका छन्। ढकाल लगायत गिरफतार सबै आन्दोलनकारीको बिना सर्त रिहाइको माग क्रान्तिकारी माओवादी गोरखाले गरेको छ ।
भिडियो फिचरview all