 ताजा समाचार
ताजा समाचारकमरेड श्रीनाथ अधिकारी चिर निद्रामा
 नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज योद्धा खास गरेर गण्डक क्षेत्र, त्यसमा पनि गोरखाको कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कमरेड श्रीनाथ अधिकारी  ‘श्याम’  को भर्खरै निधन भएको सूचना प्राप्त भएको छ । स्वास्थ्यस्थिति एकदमै गम्भीर भएको कारण  वहाँलाई आइसियुमा राखिएको थियो l  नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ पोलिटब्युरो सदस्य कमरेड श्याम फोक्सोको क्यान्सरका  कारण केही महिनादेखि क्यान्सर अस्पताल ललिलतपुरमा उपचार गराइरहनुभएको थियो । केही दिनयता भने वहाँको स्वास्थ्य स्थिति एमदमै गम्भीर भएको, सास फेर्न गारो परेको कुराहरू प्रकाशमा आइरहेका थिए र आज असार २२ गते अहिले रातको ठीक ८बजे उहाँको निधन भएको छ l
नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज योद्धा खास गरेर गण्डक क्षेत्र, त्यसमा पनि गोरखाको कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कमरेड श्रीनाथ अधिकारी  ‘श्याम’  को भर्खरै निधन भएको सूचना प्राप्त भएको छ । स्वास्थ्यस्थिति एकदमै गम्भीर भएको कारण  वहाँलाई आइसियुमा राखिएको थियो l  नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ पोलिटब्युरो सदस्य कमरेड श्याम फोक्सोको क्यान्सरका  कारण केही महिनादेखि क्यान्सर अस्पताल ललिलतपुरमा उपचार गराइरहनुभएको थियो । केही दिनयता भने वहाँको स्वास्थ्य स्थिति एमदमै गम्भीर भएको, सास फेर्न गारो परेको कुराहरू प्रकाशमा आइरहेका थिए र आज असार २२ गते अहिले रातको ठीक ८बजे उहाँको निधन भएको छ l  लामो अवधिसम्म नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय कमरेड श्याम प्रतिक्रियावादका विरुद्ध मात्र नभई संशोधनवादका विरुद्धमा र क्रान्तिकारी मूल्य-मान्यताका पक्षमा दृढताका साथ उभिने  नेताका रूपमा परिचित हुनुहुन्छ । निष्ठा र प्रतिबद्धताका कारण वहाँ क्रान्तिकारी पङ्क्तिमा श्रद्धाको पात्र हुनुहुन्छ ।
भिडियो फिचरview all
             





