 ताजा समाचार
ताजा समाचार“हामी सङ्गठन सुदृढीकरणको अभियानमा छौँ” : प्रतीक, प्रवक्ता नेकपा (क्रान्तिकारी माओवादी)
 नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समतिको बैठक सम्पन्न भएको छ । तीव्र बहसका बीच करिब एक हप्तासम्म चलेको सो बैठकले सङ्गठन र सङ्घर्षका क्षेत्रमा केही महत्त्वपूर्ण निर्णय गरेको भनिए पनि आधिकारिक रूपमा त्यसका निर्णयहरू सार्वजनिक भएका छैनन् । अरू बेला बैठक सम्पन्न भएको भोलिपल्ट नै प्रेसवक्तव्य सार्वजनिक हुने गरेकोमा यसपल्ट तीन दिन बित्ता पनि बैठकका निर्णयहरू प्रकाशमा आएका छैनन् ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समतिको बैठक सम्पन्न भएको छ । तीव्र बहसका बीच करिब एक हप्तासम्म चलेको सो बैठकले सङ्गठन र सङ्घर्षका क्षेत्रमा केही महत्त्वपूर्ण निर्णय गरेको भनिए पनि आधिकारिक रूपमा त्यसका निर्णयहरू सार्वजनिक भएका छैनन् । अरू बेला बैठक सम्पन्न भएको भोलिपल्ट नै प्रेसवक्तव्य सार्वजनिक हुने गरेकोमा यसपल्ट तीन दिन बित्ता पनि बैठकका निर्णयहरू प्रकाशमा आएका छैनन् ।पार्टीले आधिकारिक रूपमा निर्णय सार्वजनिक नगरेको भए पनि कतिपय निर्णयहरू बाहिर आइसकेका छन् र ती निर्णयप्रतिका टीकाटिप्पणी र प्रतिक्रियाहरू पनि सतहमा आइसकेका छन् । खास गरेर पोलिटब्युरोमा गरिएको पदोन्नति विषयलाई लिएर दाबेदारहरू र अन्य सदस्यहरूसमेत गरी १६ जना केन्द्रीय सदस्यहरूले फरक मत दर्ज गरेको र कतिपयले पार्टीसित सम्बन्ध विच्छेद गर्ने घोषणा बैठकमै गरेको भन्ने कुराहरू टिप्पणी र चर्चाका विषय बनेका छन् । बैठकमा गरेका निर्णयहरू के के हुन् र बहस र समस्याका विषय के के हुन भनेर हामीले सो पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य हरिभक्त कडेल  ‘प्रतीक’ सित सङ्क्षिप्त कुराकानी गरेका थियौँ । प्रस्तुत छ त्यसको केही अंश : 
जनमेलः बैठक सम्पन्न भएको ३ दिन बित्ता पनि निर्णयहरू बाहिर आएका छैनन्, के कारणले होला ?
प्रतीक :  कारण त्यस्तो  अरू केही होइन, वक्तव्य तयार हुँदैछ । अलि ढिलो त भयो, सायद आज बाहिर आउँछ होला ।
जनमेल : बैठकमा गरमागरम बहस भयो भन्ने छ नि ?
प्रतीक : क्रान्तिकारी पार्टीमा क्रान्ति अगाडि बढाउने कुरामा बहसछलफल  हुन्छन्, सन्दर्भ हेरेर हुने गर्छ । बहसछलफल हुनु नराम्रो होइन, भयो, खुलेरै भयो  ।
जनमेल : बहसछलफल विचार र कार्यदिशामा हो कि अन्य विषयमा ?
प्रतीक : बहसछलफल काम र मूल्याङ्कनका सन्दर्भमा पनि भए र आगामी सङ्घर्षका सन्दर्भमा पनि भए । खास गरेर पदोन्नति र जिम्मेवारी बहनका  सन्दर्भमा बढी भए । 
जनमेल : ७ जना केन्द्रीय सदस्यलाई पोलिटब्युरो सदस्य बनाउने र ७ जनालाई केन्द्रीय सदस्य बनाउने कुरा निकै विवादको विषय बन्यो भन्ने छ । हिजो जनयुद्धदेखि निरन्तरतामा रहेका अनुभवी र प्रतिबद्ध कमरेडहरूलाई बेवास्ता गरेर जुनियर र नेताहरूको खर्चबर्च धान्नेहरूलाई पोलिटब्युरो सदस्य बनाइयो भन्ने छ नि त ?
प्रतीक : अवश्य पनि यो विषय बैठकको सबैभन्दा तात्तातो विषय रह्यो । खुलेरै बहस भयो र कमरेडहरूले पनि खुलेरै मनमा लागेका सबै कुरा भन्नुभयो । बैठकमा मनमा लागेका कुरा भन्नु आपत्तिको विषय होइन । तर सार्वजनिक रूपमा खुलेर कोही आउनु भएको छैन, यो राम्रो कुरा हो । विश्वास छ, आवेग र भावनामा केही भने पनि  वहाँहरू पार्टीहित विपरीत जानु हुने छैन । 
जनमेल : १६ जनाले फरक मत जाहेर गरे भन्ने छ नि, १, २ र ५ नम्बर प्रदेश बढी आक्रोसित देखिए भन्ने छ । कतिपय कमरेडले अब “यो पार्टीमा बसिँदैन, विकल्प तयार पारिन्छ " पनि भन्नु भयो भन्ने छ नि ?
प्रतीक :  १६ जना होइन, ९-१० जनाले असन्तुष्टि जाहेर गर्नुभएको हो । फरक मत राख्नु र असन्तुष्टि जाहेर गर्नु अनौठो कुरा होइन, बैठकमा त हुन्छ नै । आवेगमा कसले के भन्यो भन्दा पनि वहाँहरूले विस्तारै स्थितिलाई बुझ्नुहुन्छ र पार्टी काममा लाग्नुहुन्छ । 
जनमेल :  मूल असन्तुष्टि के मा हो ? विचार, कार्यदिशा अथवा पदोन्नति ? 
प्रतिक : वैचारिक पक्ष, कार्यदिशाका सन्दर्भमा त कुनै विवाद नै छैन, रहेन ।  केही परिमार्जन गर्ने भन्दै दस्ताबेज पारित भएको हो । मूल विवाद पदोन्नतिलाई लिएर हो, आवश्यकता भन्दा पनि आफू र आफूले भनेकाको भएन भन्ने हो । 
जनमेल : जिन्दगीको ठूलो हिस्सा, यही पार्टीमा लगानी गरेका, दुस्मनसितको भिडन्तका बीचबाट बचेर आएका पुराना र अहिले पनि निरन्तरतामा क्रियाशीलहरूलाई  बेवास्ता गरेर ‘शान्तिप्रक्रिया’ पछि टुप्लुकिएका र एकदमै कनिष्ठहरूलाई पोलिटब्युरो सदस्य बनाएपछि विवाद हुँदैन त ? यसलाई सही मूल्याङ्कन भन्न मिल्ला र ?
प्रतीक : हिजोको कुराले मात्रै हुँदैन, आज को पार्टीको नीति, योजना र कार्यक्रमलाई लागू गर्न इमानदारीका साथ सक्रियतापूर्वक लागेको छ,  को आफ्नो क्षेत्रमा क्रियाशील भएको  छ भन्ने कुराका साथै ‘एकमा तीन’ र  अन्य विविध पक्षलाई ध्यान दिएर पादोन्नति गरेका हौँ । खासगरेर अनुभवी कमरेडहरू कुमार शाह, ज्ञवाली लगायतहरू योग्य छैनन् भनेको होइन, भनेका छैनौँ । अहिलेको आवश्यकता र औचित्य हेर्दा ज-जसलाई पदोन्नति गर्नु  उचित र आवश्यक देखियो,  त्यही गरेका हौँ । कमरेडहरूले आफ्नो मूल्याङ्कन भएन, पदोन्नति भएन भन्नुहुन्छ, तर पार्टीको नीति, योजना कार्यक्रम र दिएको जिम्मेवारी पूरा गर्ने कुरामा वहाँहरूको भूमिका के रह्यो भनेर आफूलाई पनि हेर्नुपर्यो  नि । समयक्रममा वहाँहरूको पनि पालो आउँछ  । अहिले यही नै सही हो र यसलाई दृढताका साथ लागू गर्ने हो । 
जनमेल : उसोभए यो शुद्धीकरण अभियान हो ?
प्रतीक : शुद्धीकरण नै त नभनौँ, सुदृढीकरण चाहिँ हो । 
जनमेल : वहाँहरूले त विकल्पको कुरा उठाउनु भएको छ त ?
प्रतीक : यो आवेग र आक्रोसमा आएको कुरा हो । त्यसो गर्नुहुन्छ जस्तो लाग्दैन । उहाँहरूको
 स्थिति र सीमाबारे हामीलाई थाहा छ । 
जनमेल : अन्य  पार्टीहरूसित एकताका कुरा पनि थिए, त्यसमा चाहिँ कस्तो निर्णय गर्नुभयो त ?
प्रतीक :  एकता र ध्रुवीकरणका कुरा चलिरहने प्रक्रिया हुन् । अहिले हामी आफ्नै पार्टीपङ्क्तिलाई व्यवस्थित र सुदृढ बनाउन चाहन्छौँ । विचार मिल्नेसित बहस-छलफल र कुराकानीको प्रक्रिया रोकिने कुरा भएन, तर यतिखेर आन्तरिक सुदृढीकरण प्रधान बनेको छ । हामी सङ्घर्षका कार्यक्रमसँगै सङ्गठन सुदृढीकरण र ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाउँछौँ । 
जनमेल : एकातिर वाम नाममा ओली-प्रचण्डले भ्रम दिइरहेका छन् । अर्कातिर क्रान्तिकारिताका नाममा बिप्लवहरूले भ्रम दिइरहेका छन् । आम जनतामा क्रान्तिकारी पार्टी भनेको,  अबको विकल्प भनेको नेकपा (क्रान्तिकारी माओवादी) हो भन्ने विश्वास जगाउनु पर्नेमा एकातिर पार्टीका इमानदार र निष्ठावान नेता-कार्यकर्ताहरू एकएक गरेर पार्टी छाडेर गइरहेको स्थिति छ  भने अर्कातिर भएकाहरू पनि “पार्टी सिद्धियो, नेताहरूले सिध्याए, अब पार्टी अगाडि बढ्न सक्तैन, बस्नुको अर्थ छैन” भनिरहेका छन् । यस्तो बेला कसरी होला सङ्गठन सुदृढीकरण ? जनयुद्ध र माओवादका पक्षधरहरू पार्टीबाट अलग्गिँदै जाँदा र  निष्क्रिय हुँदा  पार्टीले भनेको सुदृढीकरणको चरित्र कस्तो होला ? माथिल्लो नेतृत्वमा बसेकाले चाहिं जिम्मेवारी लिनु नपर्ने ? 
प्रतीक, यो सबै हामी मिलाउँदै जान्छौँ । साथीहरूले रियलाइज गर्नुहुन्छ भन्ने लाग्छ । हिजो मात्रै देखाएर भएन, वर्तमानको आवश्यकता पनि त हेर्नु पर्यो , वर्तमानमा आफ्नो भूमिका पनि हेर्नुपर्यो  । 
जनमेल : सामान्यतः प्रवक्ता र प्रचारप्रसार तथा प्रकाशन एकअर्कासित सम्बद्ध पक्ष हुन् । तपाईँहरूको प्रकाशन पक्ष त्यसमा पनि बाह्य प्रकाशन साप्ताहिक तथा अनलाइन माध्यम त्यति प्रभावशाली र प्रभावकारी हुन नसकेको,  क्रान्तिकारी पार्टीको स्पिरिटलाई वहन गर्न नसकेको चलाउनका लागि चलाएजस्तो र घिसेपिटे शैलीमा चलेको जस्तो तदर्थवादी टाइपको भनेर पाठकहरूबाट टिप्पणी हुने गरेको छ नि ?
भिडियो फिचरview all
             





