menu

ताजा समाचार

लाल सलाम ! कमरेड कुप्पु देवराज

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को नेतृत्वमा रहेको केरला सरकारले, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय नेता तथा पश्चिमघाट क्षेत्रका इञ्चार्ज कमरेड कुप्पु देवराज र महिला नेता कमरेड अजिथालाई कब्जामा लिएर हत्या गरी निलाम्बरको जङ्गलमा फ्यालेको घटनालाई लिएर केरलाका मानवअधिकारवादी संस्थाहरू, मार्क्सवादी  बुद्धिजीवीहरू  तथा माओवादी समर्थकहरूले विरोधका कार्यक्रम जारी राखेका छन् र राजबन्दीहरूले भोक हडतालसमेत आरम्भ गरेका छन् ।

यसैबीच केरला राज्य सरकार गठबन्धनको भारतीय कम्युनिस्ट पार्टीले  हत्याप्रकरणप्रति विरोध जनाउँदै सरकारको विरोधमा हुने कार्यक्रमप्रति ऐक्यबद्धता जाहेर गरेको छ । सो पार्टीका केरला राज्यका नेता विनय विस्समले कमरेड देवराजप्रति श्रद्धाञ्जली प्रकट गर्दै सो हत्याको न्यायिक जाँचको माग पनि गरेका छन् ।

गत नोभेम्बर २४ तारिखमा हत्या गरिएका कमरेड कप्पु देवराजका हिजो आयोजित श्रद्धाञ्जली सभा र खुला दाह संस्कार हुन नदिन प्रहरी प्रशासन तथा भारतीय जनता पार्टीको युवा मोर्चाका भिजिलान्तेहरू गुन्डागर्दीमा उत्रिए पनि जनप्रतिरोधका कारण व्यापक जनताका बीचमा कमरेड देवराजको श्रद्धाञ्जली सभा तथा दाहसंस्कार कार्यक्रम सम्पन्न गरिएको थियो । सो कार्यक्रममा मानवाधिकारवादीहरूका साथै  माओवादी समर्थकहरूको व्यापक उपस्थिति थियो ।  सो कार्यक्रमलाई नक्सलवाडी आन्दोलनदेखि गाँसिएका पुराना कम्युनिस्ट नेता कमरेड बसुले कम्युनिस्ट पार्टीको झन्डा ओढाएर सम्बोधनसहित श्रद्धान्जली प्रकट गरेका थिए । माओवादी कमरेड देवराज : लाल सलाम ! माओवादी  आन्दोलन : जिन्दावाद ! नाराका बीच उहाँको दाह संस्कार गरिएको थियो ।

भिडियो फिचरview all