menu

ताजा समाचार

माओवादी नेताहरूको हत्या विरुद्ध भोकहडताल

२४ नोभेम्बर २०१६  का दिन केरला राज्यको विशेष कमान्डो फोर्स 'ठण्डरबोल्ट' ले कब्जामा लिएर हत्या गरी केरला राज्यको निलाम्बर जंगलमा लगेर फ्यालिएका भारतीय कम्युनिस्ट पार्टी ( माओवादी) का केन्द्रीय सदस्य तथा पश्चिम घाट इन्चार्ज कमरेड देवराज र  कर्नाटककी माओवादी महिला नेतृ अजिथाको हत्या सन्दर्भलाई लिएर भारतका मानव अधिकारवादी संस्थाहरूसमेत आन्दोलित भइरहेको र तिनीहरूविरुद्ध  केरला  राज्यमा कुनै मुद्दा दर्ता नभएको आवस्थामा केरला  प्रहरीले  तिनीहरूलाई किन मार्नु परेको हो भनेर अदालतले समेत कारण देखाउ आदेश जारी  गरेको छ र यो घटनाले जनस्तरमै  आन्दोलनले रुप लिन थालेको छ। यसलाई लिएर केरला र  पंजावमा जनसभाको समेत आयोजना गरिएको छ ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को नेतृत्त्वमा रहेको केरला सरकार मोदीको  केन्द्रीय सरकारप्रति भक्तिभाव देखाउंदै राज्यमा दमनकारी नीति लागू गरेर जनतालाई आतंकित पारिरहेको  छ भनेर  पत्रकार तथा बुद्धिजीवीहरूले सङ्घर्षका  विविध कार्यक्रमहरूको  घोषणा गरेका छन् । तमिलनाडु, केरला र कर्नाटकमा मुठभेडका नाममा गरिने हत्या लगायत वर्षौंदेखि मुद्दा नचलाई थुप्रै राजनीतिक बन्दीहरूलाई राखिने गरिएको कुरालाई लिएर  मानवाधिकारी  संस्थाहरूले विरोध जनाएका छन् l

यसैबीच भारतको दक्षिण राज्यका जेलहरूमा रहेका राजबन्दीहरूले १. मुठभेडका नाममा गरिने राजनीतिक बन्द गरियोस् २. हत्यामा संग्लन प्रहरीमाथि छानबिन गरी मुद्दा चलाइयोस् र ३. हाइ कोर्टका न्यायाधीशको नेत्रित्त्वमा न्यायिक छानबिन समिति गठन गरियोस् भनेर, जेलमा भोकहड्ताल  आरम्भ गरेका छन् l

आज ९ डिसेम्बरदेखि  आरम्भ हुने भोकहड्तालको पर्येक्षण मानवाधिकारवादी संस्थाहरूले गर्नेछन् l भोकहड्तालमा  निम्न राजबन्दीहरूको  अगुवाइ रहेको छ :
१.    श्रीमती चन्द्रा र कला : महिला जेल ट्रिची
२.    श्रीमती साइना  : महिला जेल कोयम्बटुर
३.    सुश्री रिना जोयस मेरी : महिला जेल भेलोर
४.    महालिंगम विवेक, बलामुरुगन : केन्द्रीय जेल, मदुराई
५.    रूपेश, वीरमणि , कानन, अनुप : केन्द्रीय जेल, कोयम्बटुर
६.    सुन्दर्मुर्थी, पुझाल : केन्द्रीय जेल, चेन्नाई
७.    रंजित : केन्द्रीय जेल तिरुनेवली

भिडियो फिचरview all