menu

ताजा समाचार

क्रान्तिकारी विद्यार्थीहरूको आहवान

अमेरिकाको क्यालिफोर्नियास्थित नापा काउन्टीका विद्यार्थीहरूले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन हालै ‘क्रान्तिकारी विद्यार्थी सङ्गठन, नापा’ गठन गरी सबै किसिमका भ्रमबाट मुक्त भएर, अमेरिकी उत्पीडित जनताको हितसित गाँसिएर अघि बढ्न अमेरिकाभरिका विद्यार्थीहरूलाई आह्वान गरेका छन् ।

यसअघि ‘प्रगतिशील विद्यार्थी सङ्गठन’ का नामले क्रियाकलाप गर्दैआएका विद्यार्थीहरूले, सो नामले भ्रम मात्रै दिने, नाम मात्रै ‘प्रगतिवादी ’ काम केही नगर्ने र अहिलेको आवश्यकतालाई पूरा गर्न नसक्ने भएकाले ‘क्रान्तिकारी विद्यार्थी सङ्गठन’ गठन गर्नुपरेको भन्दै उद्देश्यसहित घोषणापत्र जारी गरेका छन् । उनीहरूले अमेरिकी समाजको स्थिति र विद्यार्थीहरूका समस्याको चर्चा गर्दै यस किसिमको सङ्गठन निर्माणको आवश्यकताप्रति आफ्नो घोषणापत्रमा प्रकाश पारेका छन् । उनीहरूले एकताबद्ध विद्यार्थी सङ्गठनको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै सबै उत्पीडित विद्यार्थीहरूलाई  ‘क्रान्तिकारी विद्यार्थी सङ्गठन’ मा आबद्ध हुन पनि आहवान गरेका छन् ।

विद्यार्थीका आफ्ना केही विशिष्ट समस्या भए पनि यी समस्याहरू निरपेक्ष नभएका र वर्गीय लगायत रङ्भेद र लैङ्गिक उत्पीडनसित पनि विद्यार्थीका समस्या गाँसिएकाले विद्यार्थीका समस्या समाधान गर्न गरिने आन्दोलनलाई आम उत्पीडित जनताको मुक्ति आन्दोलनसित जोडेर लैजानु पर्ने कुरामा पनि उनीहरूले जोड दिएका छन् ।

उनीहरूले आफ्नो घोषणापत्र युवाहरूसम्बन्धी माओको बहुचर्चित भनाइ “यो दुनियाँ तिमीहरूको हो, हाम्रो पनि हो, तर मुख्य त तिमीहरूकैहो ...तिमीहरू भनेका बिहानका ८÷९ बजेका सूर्य हौ...” बाट आरम्भ गरेका छन् र घोषणापत्रको आरम्भमै भनेका छन् :
 “हाम्रो सङ्गठन जनसङ्गठन हो र यो जनताको जुझारु र क्रान्तिकारी शक्ति निर्माण र सुदृढ बनाउन एकताबद्ध हुने उद्देश्यद्वारा निर्देशित छ । हामी सबै किसिमका दमन र अन्यायका विरुद्धमा छौँ र उत्पीडित जनताको पक्षमा छौँ । विद्यार्थी सङ्गठनका रूपमा हामीलाई के पनि थाहा छ भने उत्पीडन विरुद्ध लड्न र शोषणको अन्त्य गर्नका लागि हामीले क्रान्तिद्वारा पुँजीवादको अन्त्य गरेर समाजवादको स्थापना गर्नुपर्छ ।”

स्मरण रहोस्, अमेरिकामा यताका दिनमा विभिन्न नामधारी कम्युनिस्ट पार्टीहरूबाट भ्रम मुक्त भएका क्र्तान्तिकारीहरूले माओवादी पार्टी गठन गरी मूलतः युवाहरूलाई सङ्गठित गर्न रेड गार्ड टिम र विद्यार्थी सङ्गठनहरू निर्माण गर्ने कामलाई तीव्रता दिइरहेका छन् ।

भिडियो फिचरview all