menu

ताजा समाचार

चारैतिर ''राजदूत रेलाई फिर्ता पठाउ

काठडमाडौँ, मङ्सिर २0, राजदूतको पदीय मर्यादाभन्दा बाहिर गएर नेपाल र नेपाली जनताविरुद्ध क्रियाशील भारतीय राजदूत रंजित रेलाई भारत फिर्ता पठाउनुपर्ने आवाज एकपल्ट फेरि तीव्र रूपमा उठेको छ ।

गर्त वर्ष उनले नेपालको राजनीतिमा गरेको नाङ्गो हस्तक्षेपका विरुद्ध यस्तै आवाज उठेको थियो  र अहिले संविधान संशोधनका नाममा हस्तक्षेपकारी भूमिका खेलेका कारण उनका विरुद्ध चौतर्फी आक्रोस उत्पन्न भएको छ । खासगरेर कथित मधेसवादी नेताहरूलाई राजदूतावासमा बोलाएर गोप्य मिटिङ गर्ने, आर्थिक प्रलोभन दिने र मधेसमा हुलाकी राजमार्ग बनाइदिने लोभ देखाएर भोजभतेर गर्नुका साथै वक्तव्य नै निकालेर दबाब दिने खालका षड्यन्त्र गर्न थालेपछि चारैतिर  “राजदूत रे फिर्ता जाउ” को नारा लाग्न थालेको  छ । 

यसैक्रममा आजै बसेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी समितिको बैठकले संशोधन प्रस्ताव फिर्ता नलिए देशव्यापी आन्दोलन चर्काउने निर्णय गर्नुका साथै नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो राख्न र हस्तक्षेप नगर्न भारतको ध्यानाकर्षण गराएको छ ।त्यसै गरी संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास घेराउ गर्दै नेपालको मामिलामा हस्तक्षेप नगर्न राजदूत रेलाई चेतावनी दिएको  छ ।

यतिखेर राजनीतिक पार्टीहरूसित सम्बद्ध कार्यकर्ताहरू मात्र नभएर आम जनमानस कानी राजदूत रेको अवान्छित गतिबिधिका कारण उनलाई  फिर्ता पठाउन व माग गरिरहेका छन् l  

भिडियो फिचरview all