menu

ताजा समाचार

भाकपा (माओवादी) जनसेना सप्ताह मनाउँदै

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले जनमुक्ति सेना स्थापनाको अवसरमा हरेक वर्ष २ डिसेम्बरदेखि ९ डिसेम्बरसम्म जनमुक्ति सेना सप्ताह मनाउने गरेको छ र यसपल्ट पनि विभिन्न कार्यक्रमसहित १७ औँ जनमुत्ति, सेना दिनस मनाइरहेको छ । सन् २००मा यसले ‘पिपुल्स लिबरेसन गुरिल्ला आर्मी’ (पिएलजिए) गठन गरेको थियो । यसपल्ट उसले पर्चा, पोस्टर र जनचेतना अभियानका रूपमा यो सप्ताह मनाइरहेको छ ।

 जनमुक्ति  सेना सप्ताहका सन्दर्भमा माओवादीहरूले केही गर्न नपाउन् भनेर माओवादी आधारक्षेत्रहरू खासगरेर तेलङ्गना, आन्ध्र–उडिसा साथै छत्तीसगढ क्षेत्रमा राज्य सरकाहरूले विशेष कमान्डो फोर्सलाई एलर्टमा राख्नुका साथै हेलिकप्टरबाट गस्ती पनि गरिरहेको छ । यसैबीच राज्य सरकारहरूले कतिपय रेल्वे तथा बस सेवा सप्ताहभरिका लागि बन्द गराएका छन् ।

यसबीच तेलङ्गना, आन्ध्र–उडिसा, छत्तीसगढ क्षेत्रमा ‘अपरेस ग्रिन हन्ट’ बन्द गर, जनताका दुस्मन खबरदार, ‘पिपुल्स लिबरेसन गुरिल्ला आर्मी जिन्दाबाद आदि नारा लेखिएका हाते पोस्टरहरू व्यापक रूपमा टाँसिएका छन् । कतिपय ठाउँमा व्यापक जनताका बीच वैचारिक अन्तक्र्रिया तथा सांस्कृतिक कायक्रमका साथ जनस्ना सप्ताह मनाइको कुरा समाचारमा उल्लेख गरिएको छ ।
भिडियो फिचरview all