menu

ताजा समाचार

बहिस्कार अभियान प्रभावकारी: देशव्यापी भण्डाफोर, जनसभा, काला ब्यानर र मसाल जुलुस

 काठमाडौँ, मङ्सिर ३ 

संविधानको पालना,  नयाँ जनमत, व्यवस्थाको स्थायित्व आदिआदि नाममा राष्ट्रघात र जनघातका नयाँनयाँ नाटक र नौटङ्कीको आयोजना गरेर लूटतन्त्र मच्चाइरहेका नयाँ–पुराना प्रतिक्रियावादीहरूलाई चुनौती दिँदै र प्रतिक्रियावादी चुनावमा सहभागी भएर होइन, क्रान्तिकारी रूपान्तरण्को बाटोमका अघि बढेर मात्रै नेपाली जनताका आधारभूत समस्या हल हुन्छन् भन्ने नेपाली उत्पीडित जनताको आकाङ्क्षाको प्रतिनिधित्व गर्दै मार्क्सवाद–लेलिनवाद–माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षमा उभिएका शक्ति र व्यक्तिहरूले चलाएको चुनाव बहिस्कार आन्दोलन देशव्यापी रूपमा विस्तारित भएर गती लिएको छ ।

जनआवाजको प्रतिनिधित्व गर्दै जुझारू स्पिरिटका साथ अघि बढाइएको वहिस्कार अभियानलाई दबाउन, निस्तेज पार्न प्रतिक्रियावादी शक्ति र सत्ताले ठाउँठाउँमा नेताहरूको धरपकड, प्रचारसामग्रीको लुटपाट, लाठीचार्ज गर्दै आतङ्क मच्चायो । र शान्तिपूर्ण चुनावका नाममा जनतालाई आतंकित पारिरहेको छ ।  परन्तु, नेपाल कम्युनिस्ट पार्टी -क्रान्तिकारी माओवादी_ नेकपा -बहुमत,_ नेकपा -मशाल_ लगायतका पार्टीहरू र क्रान्तिकारी परिवर्तनको पक्षमा रहेका जनताले प्रतिक्रियावादी सत्तालाई  चुनौती दिँदै विभिन्न ठाउँमा नाराजुलुस, जन सभा गरेर,  भण्डाफोरका काला ब्यानर टाँगेर र मशाल जुलुस निकालेर वहिस्कार अभियानलाई गति दिइरहेका छन् । 


अघिल्ला वर्षहरूमा “चुनाव नजित्ने भएपछि बहिस्कार”, ‘अमुक पार्टीलाई जिताउन बहिस्कार”, “पैसा खाएर बहिष्कार” भनेर अनेक फत्तुर लगाउनेहरू पनि यसपल्ट ‘देश बेचुवा अपराधीहरू, भ्रष्टाचारीहरूलाई किन भोट दिने” भनेर बहिसकारको पक्षमा उभिएको देखियो । अघिल्ला वर्षमा उपहार गर्नेहरू पनि यसपल्ट भोट नहाल्ने भनेर भन्दै हिँडेको देखियो । सबैभन्दा प्रमुख कुरा बहिष्कारका नाममा एकाध ठाउँ प्रेसर कुकर राखेर धम्क्याउँदै पैसा उठाउने धन्धाभन्दा प्रतिक्रियावादी राजनीतिको भण्डाफोर र सही विचारको प्रचारप्रसारका दृष्टिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी),  नेकपा (बहुमत), नेकपा (मशाल) लगायतका पार्टीहरू र सचेत जनसमुदायले चलाएको बहिष्कार अभियान निकै प्रभावकारी र प्रभावशाली रह्यो ।

अनेक कुकार्य र तिकडम  गरेर चुनावमा आम जनताको व्यापक सहभागिता रहेको , जनतामा चुनावप्रति उत्साहा रहेको भनेर साबित गर्न मतदानको प्रतिसत बढाउने कुकार्य नगर्लान भन्न सकिन्न  । 


भिडियो फिचरview all