menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी निवार्चन सशक्तरूपमा बहिष्कार गर्ने

नयाँ-पुराना प्रतिक्रियावादी शक्तिहरू मंसिरमा हुन लागेको चुनावलाई लिएर अनेक किसिमका जालझेल, तिकडम र लोभप्रलोभनका अनेक हतकण्डा प्रयोग गरेर जनतालाई  भ्रम दिइरहेका अवस्थामा मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध भै  नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादका पक्षमा सङ्घर्षरत पार्टी र समूहहरूले चाहिँ आगामी सङ्घीय तथा प्रदेश चुनावलाई सक्रिय र सशक्त किसिमले बहिष्कार गर्ने निर्णय गरेका छन् । 

यसै क्रममा हालै बसेको नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठकले विभिन्न समसामयिक निर्णयसहित आगामी चुनाव सक्रिय रूपले बहिष्कार गर्ने निर्णयका साथ वक्तव्य जारी गरेको छ । वक्तव्यमा भनिएको छ :

यो बेला राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको वास्तविक समाधान गर्नका लागि वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न ऐतिहासिक तथा राजनीतिक दृष्टिले अनिवार्य तथा अपरिहार्य रहेकोले,  हाम्रो पार्टी नेकपा ( क्रान्तिकारी  माओवादी) ले निर्वाचन सक्रिय बहिस्कार निर्णय गरेको छ  ।

 त्यसै गरी वक्तव्यमा अगाडि भनिएको छ
च्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी , समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध तुल्याउने प्रक्रियामा हाम्रो पार्टी र नेकपा ( बहुमत ) का बीच पार्टी एकता संयोजन समिति निर्माण गरिएकोमा त्यसबाट जनमानस तथा क्रान्तिकारी कम्युनिस्ट पङ्क्तिमा सकारात्मक सन्देश प्रवाहित गरेको छ र उत्साहित तुल्याएको छ । हाम्रो पार्टी अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा समूहसित यो प्रक्रियालाई प्रभावकारी ढङ्गले अगाडि बढाउन र कम्युनिस्ट शक्तिको सिद्धान्तनिष्ठ एकीकरण गर्न प्रतिबद्ध रहेको समेत बैठकमा निष्कर्ष निकालिएको छ ।





प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ :


भिडियो फिचरview all