menu

ताजा समाचार

क्रान्तिकारी पार्टीहरूबीच एकता संयोजन समिति

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकताको प्रक्रियालाई अघि  बढाउन एकता संयोजन समिति बनेको समाचार प्राप्त भएको छ । सो कुरा आज जारी दुई पार्टीका शीर्षस्थ नेतृत्व कमरेड किरण र कमरेड कञ्चनद्वारा जारी वक्रव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ :

आज नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुवै नेतृत्वसहित वार्ता टोलीका बीच संयुक्त बैठक बस्यो । व्यापक छलफलपछि सो बैठकले पार्टी एकतालाई अघि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति गठन गरेको छ । यस अवसरमा हामी सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत यस प्रक्रियामा सामेल हुन हार्दिक आह्वान गर्दछौँ ।

दुई पार्टीबीच एकता संयोजन समिति बन्नु सकारात्मक कदम र कार्य हो, ‘जनमेल’ यसको समर्थन गर्दछ र यसले अन्य क्रान्तिकारी  पार्टी, सङ्गठन र व्यक्तित्वहरूबीच नेपाली क्रान्तिका सम्बन्धमा वैचारिक, राजनीतिक र कार्यदिशाका सम्बन्धमा थप छलफल गरेर यसलाई माओवादी क्रान्तिकारीहरूको केन्द्रका रूपमा  विकसित गर्ने  कार्यमा  थप पहल गरोस् भन्ने चाहन्छ । यही नै समयको आवश्यकता हो ।
 
यस्तो छ  दुई पार्टीबीचको वक्तव्य :


भिडियो फिचरview all