menu

ताजा समाचार

सहिद स्मृति दिवस क्रान्तिकारी उत्साह र क्रान्तिकारी संकल्पका साथ मनाऔं: भारतीय कम्युनिस्ट पार्टी (माओवादी)

२८ जुलाई १९७२ का दिन पश्चिम बङ्गालको कारागारमा  भारतीय माओवादी आन्दोलनका नेता कमरेड चारु मजुमदारको मुत्यु भएको थियो । लामो अवधिसम्म गोलघरमा औषधीउपचारबाट वञ्चित भएका कारण कमरेड मजुमदारको मृत्यु भएको थियो । मुटुका बिमारी कमरेड मजुमदारको स्वाभाविक मृत्यु नभएर हत्या नै थियो भन्ने ठहर क्रान्तिकारीहरूको छ ।

कमरेड मजुमदारको विरासतलाई निरन्तरता दिइरहेको भाकपा (माओवादी) ले उहाँको सहादत  भएको हप्तालाई सहिद दिवसका रूपमा लिएर २८ जुलाईदेखि ३ अगस्त १ हप्तासम्म ‘विशेष सहिद सप्ताह’ का रूपमा मनाउँदै आएको छ । यसपल्ट पनि भाकपा (माओवादी) लगायत विश्वका क्रान्तिकारीहरूले विशेष कार्यक्रमका साथ कमरेड चारु मजुमदारको सम्झना गरिरहेका छन् ।

चारु मजुमदार र नक्सलबाडी किसान आन्दोलनको महत्व भारतीय सन्दर्भमा मात्र सीमित छैन । यो संशोधनवादका विरुद्ध माओवादी क्रान्तिकारीहरूको “बसन्ते गर्जन” थियो । हाल भारतमा चलिरहेको महान् जनयुद्ध त्यसैको विरासत हो  र यो विश्व कम्युनिस्ट आन्दोलनको अभिन्न अङ्ग हो । कमरेड चारु मजुमदारलाई सम्झिनुको अर्थ संशोधनवाद विरुद्ध र माओवादी क्रान्तिकारी आन्दोलनको लाइनमा उभिनु हो । सारमा भारतलगायत फिलिपिन्स, टर्की आदि मुलुकहरूमा चलिरहेको जनयुद्धको पक्षमा दृढताका  साथ उभिनु हो ।

यसै क्रममा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले पार्टीका प्रवक्ता कमरेड अभयका  वक्तव्य प्रकाशित गरी सहिद सप्ताह महान् क्रान्तिकारी भावना र क्रान्तिकारी संकल्पका साथ मनाउन आव्हान गरेको छ ।वक्तव्यमा सहिद सप्ताहको महत्त्वका साथै आन्दोलनमा बलिदानीपूर्ण अमरता कायम गर्ने कमरेडहरूको पनि चर्चा गरिएको छ ।
वक्तव्यमा भनिएको छ: 

भारतीय क्रान्तिका प्रणेता हाम्रो पार्टीका संस्थापक नेता कमरेड चारु मजुमदारको ५०औँ स्मृति दिवस र  कामरेड कन्हाइ चटर्जीको ४०औँ स्मृति दिवस महान् क्रान्तिकारी उत्साह र क्रान्तिकारी संकल्पका साथ मनाऔं!

भारतीय  नयाँ  जनवादी क्रान्तिलाई अघि  बढाउने उद्देश्यलाई मूर्त रूप दिन, दुस्मनले अघि सारेको ‘समाधान’ नामको रणनीतिक  योजनालाई परास्त गरौँ !

यही जुलाई २८ सहिद स्मृति दिवसको अवसरमा देश र विश्वका उत्पीडित जनताको मुक्तिको लागि आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरूलाई आदर र सम्मानका साथ स्मरण गर्दैछौं ।  भारतीय क्रान्तिका हाम्रा महान् शिक्षक कमरेड चारु मजुमदारको ५०औँ स्मृति दिवस भएकाले यो हाम्रा लागि विशेष अवसर हो । १६ जुलाई १९७२ मा उहाँलाई कोलकाताको एक घरबाट प्रहरीले पक्राउ गरेको थियो र दम रोगबाट पीडित  उहाँलाई अक्सिजनबाट वञ्चित गरिएपछि अगस्ट २८, १९७२ गते उहाँको निधन भएको थियो । त्यसै गरी हाम्रा अर्का भारतीय क्रान्तिकारी गुरु कमरेड कन्हाई चटर्जी पनि १८ जुलाई १९८२ मा गम्भीर बिरामी भएर हामीबाट सदाका लागि बिदा हुनुभयो । यी दुईको अमरताले भारतीय क्रान्तिलाई सबैभन्दा ठूलो नोक्सान भयो । अगस्त २८ सहिद दिवसको अवसरमा महान् कमरेडहरूको स्मृतिका अवसरमा साम्यवाद स्थापनाको अन्तिम लक्ष्यका लागि नक्सलबारी सशस्त्र किसान संघर्षदेखि आजसम्मको भारतीय  नयाँ जनवादी क्रान्तिको लागि अतुलनीय बलिदान दिने सम्पूर्ण सहिदहरूप्रति केन्द्रीय समिति विनम्रतापूर्वक श्रद्धाञ्जली अर्पण गर्दछ । 

पेरूको कम्युनिस्ट आन्दोलनका नेता कमरेड गोन्जालोलाई अमेरिकी-पेरुभियन फासिस्ट शासकहरूले लामो समयसम्म जेलमा राखेर ज्यान लिए, विश्व कम्युनिष्ट आन्दोलनले एक महान नेता गुमायो । फिलिपिन्सको न्यु पिपुल्स आर्मीका प्रवक्ता कमरेड का ओरिसको अमेरिकी-फिलिपिनो फासिस्ट शासकहरूले हत्या गरे । सहिद दिवसका अवसरमा हाम्रो केन्द्रीय समिति विश्वभरका राष्ट्रिय मुक्ति आन्दोलनहरूमा आफ्ना प्रतिबद्धताहरूलाई अन्त्यसम्म जारी राख्ने वाचा गर्दै विश्वभरका जनताका प्रिय नेता कामरेड गोन्जालो, फिलिपिन्सका कम्युनिस्ट नेता कमरेड का ओरिस र क्रान्तिकारी आन्दोलनमा आफ्नो जीवन आहुति दिने विश्वका सम्पूर्ण वीरहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । 

वर्गसंघर्ष र जनयुद्धमा बलिदान अपरिहार्य हुन्छ । जनताको बलिदानबिना पार्टीको उपलब्धिको कल्पना गर्न सकिँदैन । अहिले अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा क्रान्तिकारी अवस्था बढ्दै गएको छ । अमर सहिदहरूको उदाहरणीय र प्रेरणादायी महान् क्रान्तिकारी जीवनले पार्टी र सबै क्रान्तिकारी शक्तिहरूलाई बढ्दो क्रान्तिकारी परिस्थितिको सदुपयोग गर्न र अगाडि बढ्नको लागि पर्याप्त ऊर्जा प्रदान गरेको छ  ।

यी सबै सहिदहरूको सम्झनामा उहाँहरूको बलिदान र क्रान्तिकारी सङ्कल्पमा दृढताका साथ उभिएर  यही जुलाई २८ देखि भदौ ३ सम्मको स्मृति सप्ताह क्रान्तिकारी उत्साहका साथ मनाइनु आवश्यक छ  ।   यस अवसरमा हामी सम्पूर्ण, जनमुक्ति सेना, समग्र क्रान्तिकारी तह र तप्का, पार्टी तह, जनआन्दोलनकारी शक्ति– मजदुर, किसान, विद्यार्थी, युवा, बुद्धिजीवी, सामाजिक जीवनका सबै उत्पीडित समुदाय र वर्गलाई क्रान्तिकारी उत्साहका साथ सहिदहरूको सम्झना गर्न आह्वान गर्दछौँ । 

अभय
प्रवक्ता
केन्द्रीय समिति, भाकपा (माओवादी)
२६ जुलाई २०२२
भिडियो फिचरview all