menu

ताजा समाचार

पिपुल्स मार्च’ को नयाँ अङ्क

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को वैचारिक प्रकाशन पिपुल्स मार्चको जुन २०२२ को अङ्क  प्रकाशित भएको छ । रूस-युक्रेन युद्धको स्थिति झल्काउने आवरणमा प्रकाशित यस अङ्कमा साम्राज्यवादी युद्धको चरित्र र युक्रेनमाथि रूसको आक्रमणमा केन्द्रित रचनाका साथै वैचारिक रचनाहरू र अन्तर्राष्ट्रिय गतिविधि र सो पार्टी सम्बन्धी सामग्रीहरू रहेका छन् ।
 
यस अङ्कमा ‘वल्र्ड अर्डर इज रिसेपिङ’, ‘वार्स स्टप्स अन्ली इम्पेरियलिज्म इज रुटेड आउट’, ‘लेट अस कम्ब्याट इन्डियन फासिज्म’ लगायतका लेखहरूका साथै भाकपा (माओवादी) नेता प्रशान्त बोससित एकजना पत्रकारले लिएको अन्तर्वार्ता र भाकपा (माओवादी) का गतिविधि सम्बन्धी समाचार र वक्तव्यहरू समाविष्ट छन् । यसमा लामो अवस्थासम्म जेलमा रहेर रिहाइ गरिएका सो पार्टीका नेता कोबाध घान्धीले हालै प्रकाशित गरेको  मार्क्सवाद र पार्टी विरोधी पुस्तक ' फ्याक्चर्ड फ्रिडम–अ प्रिजन मेम्वायर' को खण्डन सम्बन्धी जानकारी पनि दिइएको छ । पत्रिकाको अन्त्यमा ‘रिपोर्ट अफ इन्टर्नेसनल विक अफ एक्सन्स फ्रम मार्च २३ टु २९’ शीर्षकमा भारतमा चलिरहेको जनयुद्धको समर्थनमा विश्वव्यापी रूपमा भएका गतिविधिको जानकारी दिइएको छ ।
 
यहाँ हामीले ‘वल्र्ड अर्डर इज रिसेपिङ’ शीर्षकको सम्पादकीयको अनुवाद प्रकाशित गरेका छौ:

विश्व व्यवस्थाले नयाँ आकार लिँदैछ 


रूस र युक्रेनबीचको युद्धले वर्तमान विश्व व्यवस्थाले नयाँ स्वरूप लिन थालेको सङ्केत गर्छ । दोस्रो विश्वयुद्धपछि उपनिवेशहरूको अन्त्यसँगै बनेको  आर्थिक व्यवस्था  स्थानीय, द्विपक्षीय सम्झौता र क्षेत्रीय सम्झौताहरू मार्फत बनेका थिए ।  यो आर्थिक अवस्थामा एकातिर अमेरिकी साम्राज्यवाद र युरोपेली सङ्घको अर्थतन्त्र थियो भने अर्कोतिर सोभियत सङ्घ, चीन र अन्य समाजवादी समाजहरू थिए ।  सन् १९९१ मा सोभियत सङ्घको विघटनपछि अमेरिकाको नेतृत्वमा पुँजीवादी, साम्राज्यवादी देशहरूको वर्चस्वमा साम्राज्यवादी भूमण्डलीकरणको नीति सफलतापूर्वक कार्यान्वयनमा ल्याइयो । यस नीतिले विश्वका देशहरूको सीमानामा वस्तु, सेवा र लगानीको स्वतन्त्र प्रवाहलाई सहज बनायो । अमेरिकी साम्राज्यवादले यस विश्व व्यवस्थामा प्रभुत्व कायम गर्दै आएको छ ।

तर, अमेरिकी अर्थतन्त्र बिस्तारै कमजोर हुँदै गयो, यसको वर्चस्व घट्न थाल्यो र एकध्रुवीय विश्व बहुध्रुवीय विश्व व्यवस्थामा परिणत हुन थाल्यो । चीन र रूस अपेक्षाकृत कमजोर साम्राज्यवादी देशका रूपमा अगाडि आए र वैकल्पिक अर्थतन्त्र र गठबन्धनहरू बनाउन थाले ।  
अमेरिकी रक्षा विभागले हालै अमेरिकी कङ्ग्रेसमा वर्गीकृत २०२२ राष्ट्रिय रक्षा रणनीति (एनडिएस) पठाएको छ ।  दस्ताबेजमा गरिएको व्याख्याअनुसार, रूस, अमेरिकाका लागि  ‘तीव्र खतरा’  बनेको छ र यसमा उसले युक्रेनमा आफ्नो विशेष अभियान चलाएका कारण यो खतरा झन् बढेको विश्वास पेन्टागनले  गरेको छ ।  दस्तावेजले चीनलाई ‘हाम्रो सबैभन्दा परिणाममुखी रणनीतिक प्रतिस्पर्धी र टड्कारो चुनौती’ भनेर किटान गरेको छ । 

आफ्नो तेल र ग्याँस-स्रोतहरूमा आधारित, रूसले आफ्नो अर्थतन्त्रलाई सबै क्षेत्रमा तुलनात्मक रूपमा बलियो बनाउन र अघिल्लो सोभियत गणतन्त्रहरूमा आफूले गुमाएको प्रभुत्व कायम राख्न प्रयास गरिरहेको छ ।  यस अवधिमा चीनले विदेशी मुलुकबाट लगानी आकर्षित गर्यो, यो वस्तु उत्पादनको केन्द्र बन्यो र आफ्नो अर्थतन्त्रलाई अमेरिकापछि दोस्रो स्थानमा पु¥यायो । यसले देशमा अति-राष्ट्रवादी अराजकतालाई प्रोत्साहित ग¥यो र अहिले चीन  साम्राज्यवादी  प्रतिस्पर्धामा प्रवेश गरेको छ ।

यसैको अंश बनेर पछिल्लो समयमा पुटिन र सि जिनपिङबीच समझदारी बनेको छ । उनीहरूले वर्तमान विश्व व्यवस्थालाई यसै शक्ति सन्तुलनका आधारमा बाँडफाँड गर्नुपर्ने र समान हिस्सा र बराबरीको व्यवहार आवश्यक रहेको कुराको जिकिर गरेका छन्  ।
रूस र चीन एकजुट भएर आफ्नो वर्चस्वलाई चुनौती दिइरहेको मूल्याङ्कन गर्दै अमेरिकाले बदला लिने गरी यी देशहरूलाई घेरा हाल्ने नीति लागू गर्न थालेको छ । अमेरिकाले युक्रेनलाई नाटोमा सामेल गर्न, रूसलाई चुनौती दिन र ताइवानलाई नियन्त्रण गर्न र ‘चीन एक राष्ट्र’ नीति सम्झौतालाई अस्वीकार गर्न र क्वाड गठन गरेर चीनलाई ठेगान लगाउन जोडदार प्रयास गरिरहेको छ ।

युद्धको दीर्घकालीन र तत्काल कारणहरू हुन्छन् ।  अमेरिकाले ताइवानमा ध्यान केन्द्रित गरिरहेको छ र युक्रेनलाई नाटोमा एकजुट गर्ने, त्यहाँ हतियार आपूर्ति गर्ने, मिसाइल प्रणाली स्थापना गर्ने र सैनिकहरू तैनाथ गर्ने प्रक्रियालाई गति दिइरहेको छ ।  यसले युक्रेनको जेलेन्स्की सरकारलाई चाराको रूपमा प्रयोग गरेर  रूसलाई उक्सायो । अमेरिकी कदमले आफूलाई खतरामा पार्ने देखेर रूसले युक्रेनको सिमानामा एक लाख सेना तैनाथ गर्यो र २४ फेब्रवरीमा आक्रमण गर्यो ।  विगत तीन महिनादेखि युद्ध चलिरहेको छ । रूसले राजधानी किभमा आक्रमण गर्यो  र पूर्वी र दक्षिणी क्षेत्रहरू कब्जा गर्न आफ्नो सैन्य कारबाहीलाई केन्द्रित गर्यो ।  यसले मारिउपोल कब्जा गर्यो र डोनबास क्षेत्रमा ठूलो पकड प्राप्त गर्यो ।  रूसको रणनीति भनेको यी क्षेत्रहरूलाई युक्रेनबाट अलग गर्नु हो, जसबाट आफ्नो सिमानामा कुनै खतरा नहोस् र कालो सागर (ब्ल्याक सी)  मा आफ्नो वर्चस्व कायम राख्न सकियोस् । 

युक्रेनमा सन् २०१४ देखि अमेरिकाको सहयोगमा नाजी शासन चलिरहेको छ । नाजी  शासनले मुख्यतया युक्रेनमा रुसी र अन्य अल्पसङ्ख्यक जातिमाथि दमनकारी कदम चालिरहेको छ ।  यसले रुसी भाषा, गीत–सङगीत, संस्कृति, कला र साहित्यमा प्रतिबन्ध लगाएको छ र पूर्वी क्षेत्रको डोनबास क्षेत्रका जनता युक्रेनको जातिवादी दमनका विरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेका छन् । रूसले लुहान्स्क र डोनेट्स्क क्षेत्रलाई स्वतन्त्र राष्ट्र घोषणा गरेपछि युक्रेनमाथि आक्रमण गर्न थालेको हो ।

नव–नाजी जेलेन्स्कीले अमेरिका र ईयूलाई हतियार र आर्थिक सहायताको लागि हारगुहार गरिरहेको  छ । बाइडेनले  ठूलो मात्रामा बजेट सहयोगका साथ युक्रेनलाई आधुनिक हतियार आपूर्ति गर्न जारी राखेको कुरा हामी देखिरहेका छौँ । 

 रूसलाई युक्रेन युद्धको दलदलमा फसाउने,  त्यसलाई कमजोर बनाउने, पहिलेका सोभियत राज्यहरूमा आफ्नो प्रभाव बलियो बनाउने र रूसलाई बेवास्ता गर्ने रणनीति अँगालेर अमेरिकाले दीर्घकालीन योजना अगाडि बढाएको छ । रूसले जतिसक्दो चाँडो युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कब्जा गरेर युक्रेनलाई पाठ सिकाउन चाहन्छ । यसले यो सफलताको उद्देश्य राखेको छ र यो उद्देश्य पूरा हुने बित्तिकै युद्धबाट फिर्ता हुन्छ ।  यस युद्धमा साम्राज्यवादीहरूले जति नै लाभ उठाउने आशा गरे पनि युद्ध अझ विनाशकारी र लामो समयसम्म जारी रहन सक्छ र दुई विवादित पक्षमध्ये कसैले पनि युद्ध रोक्न सक्दैन ।  युद्धरत गुटहरूबीचको शान्तिवार्ता यसअघि नै असफल भइसकेको छ ।

त्यहाँ आणविक युद्धका बारेमा विभिन्न किसिमका टिप्पणी र मूल्याङ्कनहरू भएका छन्—यो विश्व युद्धमा परिणत हुन सक्छ र  रुसी विदेशमन्त्री लाभरोभले अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति गरे विश्वयुद्ध अपरिहार्य हुने चेतावनी दिएका छन् । रूसले युक्रेनमा आक्रमण गरेलगत्तै अमेरिका र ईयूले मिलेर रूसमाथि कडा प्रतिबन्ध लगाएका थिए । तर, यस्ता प्रतिबन्धले खासै असर गर्न सकेन । युरोपेली देशहरू रुसी तेल र ग्यासमा निर्भर छन् ।  करिब ४० प्रतिशत आयात रूसबाट हुने गरेको छ । युरोपेली देशहरूले रूसबाट तेल र ग्यास आयात बन्द गरेमा युरोपेली अर्थतन्त्रको विकासमा ५ प्रतिशत घाटा हुने अमेरिकाले बताएको छ । यसरी बेरोजगारी र मुद्रास्फीति बढ्नेछ र अर्थव्यवस्था मन्दीमा जान्छ ।  युरोपेली देशहरू सर्लक्कै अमेरिकासँग जाने सन्दर्भमा व्यापक मात्रामा मतभिन्नता छ  फिनल्याण्ड र स्विडेनले नाटो सदस्यताका लागि आवेदन दिएका छन् । अमेरिकाले युरोपेली सुरक्षाको च्याम्पियन भएको दाबी गर्न नाटोलाई बलियो बनाउन खोजिरहेको छ । जे होस्, आफूहरूले अमेरिकालाई पूर्ण समर्थन गरेमा आफूहरू सङ्कटमा परिनेछ भनेर अधिकांश देशहरू चिन्तित छन् । उनीहरूले फेरिँदै गरेको नयाँ विश्व व्यवस्थालाई स्वीकार गर्न खोजेको देखिन्छ । 

अमेरिका प्रत्यक्ष युद्धमा संलग्न नभए पनि युक्रेनलाई हतियार आपूर्ति गरिरहेको छ । रूसले किभमा मिसाइल आक्रमण गर्दा युक्रेनले ‘नो फ्लाई जोन’ घोषणा गर्न अपिल गरे पनि अमेरिका त्यसका लागि तयार भएन । चीनले रूससँग गठबन्धन गरे पनि युक्रेनमा रुसी आक्रमणलाई खुलेर समर्थन नगरेको र वार्ताबाटै समस्या समाधान गर्नुपर्ने बताएको छ । अर्कोतर्फ अमेरिकाले चीनलाई कुनै पनि हालतमा रूसलाई समर्थन नगर्न चेतावनी दिएको छ । भारतले युद्धमा कुनै पनि पक्ष लिएन । भारतका सत्तारुढ दलाल नोकरसाही पुँजीवादी र सामन्ती वर्ग  युद्धमा फसेका दुवै पक्षसित मोलमोलाई गरेर अनुदान जुटाउन दौडधुप गरिरहेका छन् । त्यसैको एक हिस्साका रूपमा भारतले रूसबाट सस्तो मूल्यमा तेल खरिद गरिरहेको छ । उसले रूसबाट यस–४०० मिसाइल प्रणाली खरिद गरिरहेको छ ।  अर्कोतर्फ यो क्वाडमा पनि सक्रिय छ । भारतको मनोवृत्तिले साम्राज्यवादी युद्धलाई नै थप उक्साउनेछ ।  माथिका तथ्यहरूले युक्रेनमा युद्ध भए पनि विश्वका राष्ट्रहरूले साम्राज्यवादी देशहरूका वरिपरि भिड्ने बेला चाहिँ आएको छैन भन्ने देखाउँछ ।
 
वर्तमान विश्वमा साम्राज्यवादीहरूबीचको कलहले तनाव र सशस्त्र द्वन्द्वको रूप लिएको छ । आगामी दिनमा हामीले यस्ता धेरै सशस्त्र द्वन्द्वहरू देख्नुपर्ने हुन्छ ।  उनीहरू युद्धको तयारीमा छन् । विश्व सर्वहारा वर्ग र उत्पीडित जनता र उत्पीडित जातजातिहरूले महान् मार्क्सवादी शिक्षक कमरेड लेनिनको “...सचेत सर्वहारा वर्गले कुनै पनि साम्राज्यवादी ब्वाँसाको भीडलाई समर्थन गर्दैन...” भन्ने शिक्षालाई ग्रहण गर्नुपर्छ र आफूहरूले कुनै पनि साम्राज्यवादीको पक्ष लिनु हुँदैन भन्ने कुरालाई आत्मसात गर्नुपर्छ । 

रूसलगायत विश्वका सर्वहारा वर्गले अमेरिकाको नेतृत्वमा रहेको नाटो खारेजीको माग, युक्रेनमाथिको रुसी आक्रमणको निन्दा र आफ्नो सेना फिर्ता बोलाएर विश्वमा शान्ति स्थापना गर्न माग गर्नुपर्छ । युक्रेनको सर्वहारा वर्गले युक्रेनमा रुसी आक्रमणको बिरूद्ध लड्नु पर्छ र युद्धलाई अमेरिकाको नोकरमा परिणत नव–नाजी जेलेन्स्की सरकारको बिरूद्ध गृहयुद्धमा परिणत गर्नु पर्छ । डोनबास र मारियुपोलको सर्वहारा वर्गले रूसको समर्थन नलिई आफ्नो स्वतन्त्रताको लागि लड्नु पर्छ र देशमा समाजवादी समाज स्थापना गर्न अघि बढ्नुपर्छ ।

चीन, युरोप र अमेरिकाका सर्वहारा वर्गले आफ्ना देशका शासक वर्गले कुनै पनि प्रकारको सहयोग वा युद्धमा भाग लिने स्थिति नबनाइयोस् भन्ने माग गर्दै आफ्ना देशका सरकारहरू विरुद्ध सङ्घर्ष गर्नुपर्छ ।  सरकारको जनविरोधी कदम विरुद्ध लड्नुपर्छ । भारतलगायत पिछडिएका देशहरूमा अहिलेको युद्धले जनतामा परेको बोझ विरुद्ध, सर्वहारा वर्ग, मध्यमवर्ग र सबै वर्ग, तह र तप्काका जनताले आन्दोलन गर्नुपर्छ । विश्वका सर्वहारा वर्गले साम्राज्यवाद र युद्धका विरुद्ध र शान्ति स्थापनाका लागि सबै देशमा जनप्रदर्शन र आन्दोलन गर्नुपर्छ ।

साम्राज्यवादी युद्धका दुईवटा उद्देश्य छन् । एउटा उद्देश्य  प्रतिद्वन्द्वी साम्राज्यवादी देशहरू र अन्य देशहरूलाई कब्जा गर्ने र अर्को भनेको सर्वहारा वर्ग र जनतालाई दमन गर्ने र साम्राज्यवाद विरोधी शक्तिहरूलाई समाप्त गर्ने । अवश्य पनि विश्वका सर्वहारा पार्टीहरू कमजोर छन् । परन्तु, सर्वहारा पार्टीहरू जतिसुकै कमजोर किन नहोऊन्, हामी साम्राज्यवाद विरुद्ध सर्वहारा विद्रोहद्वारा मात्रै साम्राज्यवादी युद्ध लड्न सक्छौँ ।

यदि साम्राज्यवाद आणविक युद्धमा संलग्न भई विश्वयुद्धको लागि तयार हुन्छ भने सम्बन्धित देशका सर्वहारा वर्गले यसलाई गृहयुद्धमा परिणत गरी साम्राज्यवादको अन्त्य गरी विश्वभर समाजवादी समाजको निर्माण आरम्भ गर्नुपर्छ ।

अनु : ऋषिराज बराल 
०००
भिडियो फिचरview all