menu

ताजा समाचार

निषेध : परशु कोइराला








परशु कोइराला 

निषेध 

योग्य भए पनि नभए पनि 
बफादारकै खोजी !
नातागोता कै खोजी !
ऐजेरू बढेका बढ्यै
प्रभुत्व तिनैका
आकाश धर्ती
पराधीन निरन्तरता ,
फेरि शुरु भयो चमत्कार !
अर्को निषेध अभियान !
पुरानै प्रवृत्ति निरन्तरता !
अयोग्यहरू अयोग्य नै खोज्छन्
आँधीवेहरी उनैले रोक्छन्
जहाँ,सङ्कटमा बँच्नेबचाउनेहरूको  मूल्य हुँदैन
गर्ने,भिड्ने,मर्नेहरूका मूल्य हुँदैन 
निरीह लाग्दै हुन्छ त्यो
रातो आवरण सङ्कीर्णता !
असहज खोक्रो राष्ट्रवाद !
सहिदका नाममा ब्रम्हलुट ! 
पटकपटक ब्रम्हलुट !
अपारदर्शिता ! 
बेनिर्णय !
अन्तरविरोधका पहाडहरू चुलिएकै छन्
आशाका गोरेटाहरु अवरुद्ध !
कहिल्यै ओर्लन नजानेका क्षितिज  हेर्दाहेर्दै 
गर्दागर्दै,गुमाउँदा गुमाउँदै
गुटमा नअटे सकिन्छ,
गधाघोंडा नबने सकिन्छ 
परिवर्तन प्यासी सकियो पौने युग !
अघिका वर्ष झैं
लोभी ब्यापारी !
लोभी उद्योगी !
लोभी किसान !
मिल्छन् र बेच्छन् आदर्श 
तीन डुङ्गे यात्रा !
कति प्रिय छ मानिसहरूलाई !
आकाश उही रूचाउँछ 
धर्ती उही रूचाउँछ ।
जहाँ, फलाम प्रिय हुन्छ र
हीरामोती नै कुरूप देखिन्छ 
निषेध अभियानहरूमा ...!
सपना नदेखे हुने भयो रे अब...
लेकले भनेको
लेक राजा हो ।
आकाश धर्ती साँच्ची फरक छन् 
जिउँने कला र सोंच साँच्ची फरक छन् ।

जेठ १३ , २०७९

पोखरा
भिडियो फिचरview all