menu

ताजा समाचार

बहिष्कारको आह्वान गर्दै मशाल जुलुस

 प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कारको आव्हान गर्दै निरन्तर रूपमा आन्दोलनका कार्यक्रम गर्दै आएको नेकपा (क्रान्तिकारी माओवादी) ले भोलि हुने स्थानीय निर्वाचन बहिष्कार गरौँ भन्दै निकालेको मशाल जुलुसमाथि प्रहरीले हस्त्क्शेओ गरी सो पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्मासहित दर्जनौं नेता- कार्यकर्तालाई गिरफ्तार गरेको छ l
 
सो पार्टी निकट अनलाइन अनुसार पक्राउ पर्नेहरूमा केन्द्रीय सदस्य  बसन्त बोगटी, शारदा महत, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, जिल्ला नेता ढोगप्रसाद अधिकारी, विद्यार्थी नेता  राम नेपाली लगायत सुनिता बुढाथोकी, सुरेश तामाङ, शेखर आचार्य, ज्ञानेन्द्र प्रजापति, रामभक्त आचार्य, टिका परेल, अब्दुल सलाम  रहेका छन् l  यसैबीच सो पार्टीका ३ नम्बर प्रदेश सेक्रेटरी प्रवेशले वक्तव्य प्रकाशित गरी गिरफ्तार कमरेडहरूको बिना सर्त अविलम्ब रिहाइको माग गरेका छन् :
यसैबीच सो पार्टीका ३ नम्बर प्रदेश सेक्रेटरी प्रवेशले वक्तव्य प्रकाशित गरी गिरफ्तार कमरेडहरूको बिना सर्त अविलम्ब रिहाइको माग गरेका छन् :

भिडियो फिचरview all