menu

ताजा समाचार

स्थानीयलाई ठग्दै गेलुनखोला हाइड्रोपावर

काठमाडौं । सिन्धुपाल्चोकको बराम्ची गाविसस्थित गेलुन खोला साना जलविद्युतले स्थानीयसँग गरेका सम्झौताहरु लत्याउन थालेको छ । आयोजनाको लागि स्थानीयको जग्गा किन्ने क्रममा गरिएका सम्झौतालाई आयोजनाले अहिलेसम्म कार्यान्वयन गरेको स्थानीले गुनासो गर्न थालेका छन् ।

सदरमुकाम चौतारस्थित बाँसपाटी स्थायी घर भएका चुर्णप्रसाद श्रेष्ठ अध्यक्ष रहेको गेलुन खोला हाइड्रोपावर कम्पनीले स्थानीय स्थानीयसँग जग्गाको स्वमित्व लिने बेला गरेका सम्झौता पालन नगरेको हो ।

बराम्ची १ का मधुबहादुर थापाको ३ रोपनी भन्दाबढी, रुपक खड्काको दुई रोपनी, ज्ञानबहादुर अधिकारीको एक रोपनी,अर्जुन खत्रीको ९ आना र राजकुमार दाहालको ९ आना जग्गा झुट्टा आश्वसन दिएर सस्तो भाउँमा लिएको स्थानीयको गुनासो छ । एक घर एक रोजगार आश्वासन दिएर आयोजनाले करोडौं मुल्यको जग्गा कौडीको भाउमा लिएर र अहिले समझौता पालन नगरेको स्थानीयले बताएका छन् ।
एकजना जग्गा धनी राजकुमार दाहालका अनुसार आयोजनाको सुरुवातसँगै नियमित कर्मचारीका रुमा रोजगारिको व्यवस्था गर्ने गर्ने भन्दै आयोजना प्रमुख श्रेष्ठले लिखित सम्झौता गरेका थिए । तर, अहिले उनी आफूले हस्ताक्षर गरेका सम्झौताहरु पालना गर्न नसकिने बताउँन थालेका छन् ।

‘जग्गा नामसारी गर्ने बेला हामीसँग लिखित रुपमै गरेको सम्झौत अहिलेसम्म पूरा गरेको छैन । मेरो जग्गा लिइसकेपछि उल्टै हामीलाई धम्की दिन थाल्यो’ दाहालले अनलाइन डबलीसँग भने ।

एक अर्का पीडितका अनुसार आयोजनाले अहिले स्थानीसँग गरेका सम्झौता पूरा गर्नुको साटो उल्टै धम्की दिँदै आएको छ । स्थानीयले अदालत जाने तयारी गरिरहेका छन् ।

उता आयोजना प्रमुख श्रेष्ठले स्थानीयले आफूमाथि आरोप लगाएको बताएका छन् । उनले जग्गाबाट आफूलाई घाटा भएकाले सम्झौता पालन गर्न नसकिने बताए ।

साभार : onlinedabali.com
भिडियो फिचरview all