menu

ताजा समाचार

गठबन्धन सरकार राज्यआतंकको बाटोमा

 शान्तिपूर्ण ढङ्गले निर्वाचन बहिष्कार गर्न पाउने जनताको लोकतान्त्रिक अधिकार विरुद्ध पाँच दलीय गठबन्धन सरकारले  दमनको बाटो अंगालेको छ l स्थानीय निर्वाचन बहिष्कार गर्ने पार्टीको नीतिअनुसार शान्तिपूर्ण प्रचारात्मक कार्यक्रममा संग्लग्न लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र नेउपाने र के.स.स.हरु क. समीर के.सी. तथा क. विपिन रोकाया लगायतका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले बर्दियाको राजापुरबात गिरफ्तार गरेको छ l

यसै क्रमम नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) का महासचिव कमरेड किरणले वक्तव्य प्रकाशित गरी देउवा नेतृत्वको गठबन्धन सरकारको फासिवादी कदमको तीव्र निन्दा तथा भत्र्सना गर्दै सरकारको यस प्रकारको लोकतन्त्र विरोधी रवैयाका विरुद्धमा सशक्त  किसिमले आवाज उठाउन सच्चा लोकतन्त्रवादी पार्टी, संगठन तथा व्यक्तित्वहरुमा अपिल गर्नुभएको छ l
 
प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ : 


शान्तिपूर्ण ढङ्गले निर्वाचन बहिष्कार गर्न पाउने जनताको लोकतान्त्रिक अधिकार विरुद्ध गठबन्धन सरकारको यस किसिमको दमनकारी नीतिका विरुद्धमा चौतर्फी आवाज उठाउनु आवशक छ र हामी देउवा नेतृत्वको गठबन्धन सरकारको फासिवादी कदमको तीव्र निन्दा गर्दछौं l 

भिडियो फिचरview all