menu

ताजा समाचार

'सार्वभौम माओवाद र उत्तर–मार्क्सवादी विभ्रम' पुस्तकका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम

यही वैशाख ९ गते शुक्रवारका दिन साहित्यिक तथा राजनीतिक क्षेत्रमा सुपरिचित व्यक्तित्व डा. ऋषिराज बराल लिखित पुस्तक सार्वभौम माओवाद र उत्तर–मार्क्सवादी विभ्रमका सम्बन्धमा विशेष अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको कुरा  सो पुस्तकको प्रकाशक तथा कार्यक्रमको आयोजक जागरण बुक हाउसले जनाएको छ । सो दिन २२ मार्च नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन पनि हो । 

भर्खरै प्रकाशित सो पुस्तक ९ वटा अध्यायमा विभाजित छ र मार्क्सवादको आरम्भदेखि आजसम्मको वैचारिक तथा व्यावहारिक सङ्घर्षको इतिहाससित सम्बद्ध छ । पुस्तकले माओवादको महत्व, आजको कम्युनिस्ट आन्दोलनमा यसको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नुका साथै कसरी मार्क्सवाद-लेनिनवाद-मओवादका  विरुद्ध खासखास कालखण्डमा विभिन्न किसिमका प्रवृत्तिहरू सक्रिय भए र तिनका विरुद्धको वैचारिक सङ्घर्ष पनि कसरी अघि बढ्यो र बढिरहेको छ भन्ने यथार्थलाई विस्तृत रूपमा प्रस्तुत गरेको छ । 

वर्तमान स्थिति र माओवादी आन्दोलनका लागि पुस्तकले महत्त्वपूर्ण सामग्री प्रदान गरेको छ दिशाबोध गरेको छ ।  

यही शुक्रवार वैशाख ९ गते सम्बाद डबली, अनामनगरमा दिनको ठीक २ बजे आरम्भ हुने सो कार्यक्रमको प्रमुख वक्ताका रूपमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड मोहन वैद्य ‘किरण’ रहनु भएको र अन्य वक्ताहरूमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’, मार्क्सवादी चिन्तक रोशन जनकपुरी  रहनुभएको छ ।  


भिडियो फिचरview all