menu

ताजा समाचार

सार्वभौम माओवाद र ‘उत्तर–मार्क्सवादी’ विभ्रम

नेपाली भाषामा मार्क्सवादको आरम्भदेखि वर्तमानसम्मको वैचारिक सङ्घर्षको समग्र इतिहासलाई दर्शाउने पुस्तकको अभाव भइरहेको सन्दर्भमा डा. ऋषिराज बरालको पुस्तक सार्वभौम माओवाद र 'ऊत्तर-मार्क्सवादी' विभ्रम पाठकसमक्ष आएको छ । ९  वटा अध्यायमा विभाजित यो पुस्तक परिचय अध्याय  ‘माओवाद र क्रान्तिकारी निरन्तरता’  बाट आरम्भ भएर ‘उपसंहार: निषेध र विभ्रम विरुद्ध वैचारिक सङ्घर्ष’ शीर्षकको अध्यायमा समाप्त हुन्छ । 

कुन परिस्थितिमा मार्क्सवादको आरम्भ भयो, कसरी वैचारिक तथा व्यावहारिक सङ्घर्षका क्रममा यसको मार्क्सवाद–लेनिनवाद–माओवादका रूपमा विकसित भयो र अहिले यसको स्थिति के–कस्तो छ भन्ने कुराको जानकारी यो पुस्तकले दिन्छ । यस यसकारण यो पुस्तक अध्यन गर्नु जरुरी छ : 

१.मार्क्सवादको आरम्भ के–कस्तो परिस्थितिमा भयो र वैचारिक–राजनीतिक सङ्घर्षका क्रममा यो कसरी लेनिनवाद र माओवादका रूपमा विकसित भयो भन्ने कुराको जानकारीका लागि, 

२.  माओको मृत्युपछिको एक महिना पनि नबित्तै कसरी चीनमा सैन्य ‘कु’ मार्फत प्रतिक्रान्ति भयो, क्रान्तिकारीहरूलाई किन जेलमा राखेर नपुगेर  हत्यासमेत गरियो भन्ने कुराको यथार्थ जानकारीका  साथै, अहिले चिनियाँ माओवादी क्रान्तिकारीहरू के गरिरहेका छन् भन्ने कुराको जानकारीका लागि,

३. माओवाद ‘ग्लोबल’ मात्रै कि युनिभर्सल पनि, किन यो युनिभर्सल र आजको विश्वक्रान्तिको पथप्रदर्शक सिद्धान्त हो भन्ने कुराको जानकारीका लागि, 

४. ‘तीन विश्व’ सम्बन्धी माओको मूल  र सही धारणा के थियो र हो र किन यो विवादको विषय बन्यो/बनाइयो भन्ने कुराको यथार्थ जानकारीका लागि,

५. माओ र ग्राम्सीबीच के त्यस्ता सन्दर्भहरू छन्, जसबाट माओ पढ्दा ग्राम्सी र ग्राम्सी अध्ययन गर्दा माओको सम्झना हुन्छ भन्ने कुराको जानकारीका लागि,

६.सौन्दर्यशास्त्रका क्षेत्रमा ‘माओको  योगदानका साथै साहित्य–कलाबारे येनान प्रवचन’ को किन सार्वभौम महत्त्व छ र त्यसको मूल प्रति र पछिल्ला प्रतिहरूबीच के–कस्तो भिन्नता छ र  भन्ने कुराको जानकारीका लागि, 

७. ‘उत्तर-मार्क्सवाद’, ‘उत्तर-माओवाद’ जस्ता प्रवृत्तिहरू कसरी मार्क्सवादका आधारभूत मूल्यहरूको भ्रष्टीकरण र विभ्रमीकरण गर्दै आजको वर्गसङ्घर्ष र क्रान्तिकारी आन्दोलनलनका विरुद्ध उभिएका छन् र मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधरहरू कसरी यिनका विरुद्ध वैचारिक र व्यावहारिक सङ्घर्ष चलाइरहेका छन् भन्ने कुराको जानकारीका लागि,  
  
८ नेपाललगायत  विश्वमा चलिरहेको माओवादी आन्दोलन, यसले वर्तमान भोगिरहेको वैचारिक- राजनीतिक र व्यावहारिक सङ्घर्षको स्थिति, गति र दिशाका सम्बन्धका सही जानकारीका लागि, 

९. मार्क्सदेखि वर्तमानसम्मको विश्व कम्युनिस्ट आन्दोलन र  दार्शनिक, वैचारिक र राजनीतिक क्षेत्रमा यसले गरेका सङ्घर्षको जानकारीका लागि  ।

माथि उल्लेखित विषयबाहेक पनि अन्य विषयमा यसले जानकारी दिनेछ । खास गरेर माओ,  माओवाद र माओवादी आन्दोलनमा यो पुस्तक केन्द्रित छ l वैचारिक संघर्ष यसको केन्द्रबिन्दु हो । 


 

भिडियो फिचरview all