menu

ताजा समाचार

राष्ट्रघातका विरुद्ध आज नेपाल बन्द

प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टीसमेत सम्मिलित नेपाली काङ्ग्रसको नेतृत्वमा रहेका वर्तमान गठबन्धन सरकारले आम नेपाली जनताको  चाहनाविपरीत अमेरिकी सैन्य परियोजना एमसिसी षड्यन्त्रपूर्ण किसिमले संसदबाट पारित गरेर राष्ट्रिय स्वाधीनतामाथि धावा बोलेपछि क्रान्तिकारी शक्तिहरू र देशभक्त जनतामा राष्ट्रघाती पार्टीहरू र सरकारप्रति तीव्र घृणा र आक्रोस उत्पन्न हुनु स्वाभाविक छ ।
 
राष्ट्रघाती शक्तिहरूको यस किसिमको कुकृत्यलाई लिएर आज फागुन १६ गते नेकपा (क्रान्तिकारी माओवादी) सहित विभिन्न समूह तथा मोर्चाले नेपाल बन्दको कार्यक्रम तय गरेका छन् । यसै क्रममा राष्ट्रघाती निर्णयका विरुद्ध हिजो १५ गते साँझ सङ्घर्षरत विविध पार्टी तथा समूहहरूले मशाल  जुलुसको आयोजना गरेका थिए  ।

भिडियो फिचरview all