menu

ताजा समाचार

माओवादीहरूद्वारा चुनाव वहिष्कारको आह्वान

भारतका ५ राज्यमा  विधानसभाको चुनाव भइरहेको छ र त्यसमा संसदवादी पार्टीहरू मात्र होइन, आफूलाई मार्क्सवादी–लेनिनवादी र माओ विचारधाराका पक्षधर भन्ने पार्टीहरू पनि चुनावी दौडमा कुदेका छन् । प्रतिक्रियावादीहरू तथा चुनाव उपयोगका नाममा संसदीय राजनीतिलाई नै सहयोग पु¥याइरहेका कथित कम्युनिस्ट पार्टीहरूको भण्डाफोर गर्दै भारतको क्रान्तिकारी पार्टी भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले चाहिँ सो चुनावको सक्रिय बहिष्कार गर्न उत्पीडित जनतालाई  आह्वान गरेको छ । 

यही फेब्रवरी १० मा सो पार्टीका प्रवक्ता कमरेड अभयद्वारा जारी वक्तव्यमा चुनाव बहिष्कारको औचित्यमाथि प्रकाश पार्दै भनिएको छ:

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय समिति उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, मणिपुर र गोवाका जनतालाई फेबुवरी १० देखि मार्च ७ सम्मको विधानसभाको नक्कली चुनाव बहिष्कार गर्न आह्वान गर्दछ । यस सन्दर्भमा पार्टीको केन्द्रीय समिति एकपल्ट फेरि नयाँ जनवादी क्रान्तिकारी वैकल्पिक कार्यक्रम मुलुकका समग्र जनताका सामु प्रस्तुत गर्दछ ।
 
...हाम्रो पार्टीको केन्द्रीय समिति पाँच प्रदेशका जनता, विशेषगरी किसान, मजदुर, आदिवासी र दलित, महिला, मुस्लिम, इसाई, सिख र अन्य धार्मिक अल्पसङ्ख्यक, बुद्धिजीवी, कर्मचारी  शिक्षकलगायत देशका जनतालाई पाँच प्रदेशमा हुने विधानसभाको निर्वाचन बहिष्कार गर्न र आफ्ना समस्या समाधानका लागि एकताबद्ध, सङ्गठित र जुझारू बृहत् आन्दोलन निर्माण गर्न आह्वान गर्दछ  । सम्पूर्ण उत्पीडित वर्ग र विविध तप्काहरू, जस्तो किसान, मजदुर, निम्न पुँजीपति र विशेष गरी दलित, जनजाति जस्ता विशेष सामाजिक वर्गका आधारभूत समस्याहरूको समाधान र धार्मिक अल्पसंख्यक र महिलाहरूको वास्तविक मुक्ति र समग्र प्रगतिका लागि पार्टी सशस्त्र कृषि क्रान्तिको हतियार लिएर नयाँ जनवादी क्रान्तिमा सहभागी हुन आह्वान गर्दछ । 

वक्तव्यको पूर्ण पाठका लागि हेर्नुहोस्:  http://therevolutionaryfront.com/2022/02/13/boycott-the-fake-elections-to-assembly-in-5-states-cpi-maoist/

भिडियो फिचरview all