menu

ताजा समाचार

आज २१ गते शुक्रवार देशव्यापी जनप्रदर्शन

राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको  प्रश्नलाई गम्भीरता र दृढतापूर्वक अघि बढाउनु पर्ने आवश्यकतालाई जोड  दिँदै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले यही माघ २१ गते शुक्रवार देशव्यापी विरोधसभा र जनप्रदर्शनको आयोजना गरेको छ । सो पार्टीका महासचिव कमरेड किरणद्वारा जारी वक्तव्य भनिएको छ :

देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गम्भीर बन्दै गएको छ । एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको छ भने अर्कोतिर भारतीय विस्तारवादले लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको छ । गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेस संसदबाट एमसिसी पारित गराउन लागि परेको छ । अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँच दलीय गठबन्धन सरकारले आधिकारिक तथा औपचारिक रूपमा कुनै प्रतिवाद गरेको छैन । सो क्षेत्रमा भारतीय अतिक्रमण रोक्न तथा नेपाली भूूभाग फिर्ता ल्याउनका लागि कुनै पनि कूूटनीतिक तथा राजनीतिक पहल नगरी मौनता साधेर बसेको छ । यो स्वाभिमानी नेपालीका लागि गम्भीर चिन्ताको विषय हो ।

साथै सो पार्टींले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको प्रश्नलाई लिएर आयोजित सङ्घर्षलाई सहयोग गर्न देशभक्त, प्रगतिशील, तथा वामपन्थी शक्तिहरू र शुभचिन्तनकहरूलाई अनुरोध गरेको छ । 

प्रस्तुत छ सो पार्टीद्वारा जारी वक्तव्यको पूर्ण पाठ :


नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आयोजना गरेको देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्नसित सम्बद्ध भएकाले राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताका पक्षधरहरूले आआफ्नो ठाउँबाट समर्थन तथा सहयोग गर्नु आवश्यक छ र हामी पनि सो विरोध प्रदर्शनको कार्यक्रममा सहभागी भएर सफल पार्न समग्र देशभक्त, प्रगतिशील, तथा वामपन्थी शक्तिहरू र शुभचिन्तनकहरूलाई अनुरोध गदैछौँ  ।

भिडियो फिचरview all