menu

ताजा समाचार

बिम्ब विद्रुपीकरणको एउटा यस्तो शैली

नेकपा (माओवादी) का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ का जेष्ठ सुपुत्र प्रकाश चन्द र उनको ५० लाखको मोटर साइकलसम्बन्धी समाचारको सनसनी समाप्त नहुँदै जनमेलको मेलमा फोटोसहित एउटा समाचार प्राप्त भयो । समाचार पठाउनेको  नाम थिएन र फोटोले प्रश्नचिन्ह उपस्थित गर्नु स्वाभाविक थियो । सामाचारमा अमुक “माओवादी नेता ...विचार छाडेर न्यासध्यान र पाठपूजामा लीन” भनिएको थियो ।

समाज र जनताका लागि जीवन अर्पेका व्यक्तित्वहरूको बिम्ब विद्रुपीकरण गर्ने र जनताका बीच नकारात्मक प्रभाव पार्ने जाली कामको कोपभाजन मार्क्सदेखि माओसम्मले  हुनुपरेको थियो । स्टालिन र माओका विरुद्ध थुप्रै कपोलकल्पित कथाकुथुङ्गीहरू कथिए र पुस्तकका ठेलीहरू लेखिए । महान् नेताहरूको बिम्ब विद्रुपीकरण गरेर राक्षसी प्रवृत्तिका रूपमा कुरूप किसिमले प्रस्तुत गरियो ।

नेपालमा पनि विभिन्न समयमा विभिन्न किसिमले यो काम भयो र भइरहेको छ ।  गल्ती देखाउन र टिप्पणीको विषय बनाउन कतै ठाउ नदिँदा र नपाउँदा त अनेक कथा कथेर नक्कली समाचार र पोटोसपमार्फत बिम्ब विद्रुपीकरण गर्ने गरिएका सन्दर्भहरू चर्चाको विषय बनिरहेको अवस्थामा अलिकति पनि ठाउँ पाउनेबित्तिकै यस्तो धन्धामा लागेकाहरू सक्रिय बन्नु स्वाभाविक छ ।  यसमा स्वयम् व्यक्ति चनाखो हुनुपर्ने हुन्छ ।  थाहा पाईपाई, कहिले योजनाबद्धतामा फस्ने गरिन्छ र कहिले आफूले ध्यान नपुर्याउँदा बिम्ब विद्रुपीकरणको सिकार बनिन्छ । वास्तवमा  सामाजिक–राजनीतिक दृष्टिले उच्च व्यक्तित्व बनेको पात्रको खानपिन कस्तो  हुन्छ,  उठबस,  सरसङ्गत, आवतजावत कस्ता पात्रहरूसित हुन्छ  लगायत उसको  सिङ्गो जीवनशैलीलाई आम जनताले नजिकैबाट नियालिराखेका हुन्छन् । उसको विचार र व्यवहारबीच सामजस्यको खोजी हुन्छ । आफूलाई सामान्य लागेको कुरा पनि सामाजिक टिप्पणी बनिरहेको हुन्छ । आफू मात्र नभएर श्रीमती, छोराछोरी सिंगो परिवार नै यसमा चनाखो बन्नुपर्ने हुन्छ ।

 विप्लव कमरेड र छोरा प्रकाश चन्दसित गाँसिएको सन्दर्भबारे केही कुरा बाहिर आएका छन् । स्वयम् कमरेड विप्लवको  फेसबुक प्रतिक्रिया पनि बाहिर आएको छ । पठनपाठनको सन्दर्भलाई लिएर मात्र नभएर विद्यार्थी सम्मेलनपछि विवादमा परेका एउटा पात्र प्रकाश चन्द पनि हुन् । पछिल्लो समयमा विप्लव समूह आर्थिक मामिलामा  सडकमा छताछुल्ल भएको स्थिति हो । शक्तिमा रहेका नेताहरूका छोराहरू टिप्पणीको विषय बन्ने गरेका छन् । पारसका झैं  वरिपरि जत्था लिएर हिंड्ने लिन प्याओको छोरालाई कम्युनिस्ट राजकुमार भनेर व्यंग गरिन्थ्यो । पुष्पकमल दाहालको छोरा प्रकाश दाहालबारे सबैलाई थाहा भएको कुरा हो । कहिले छोरीको बिहाको सन्दर्भ, कहिले कान्छो छोराको विषसेवन सन्दर्भ र अहिले जेठा छोराको ५० लाखको बाइक सन्दर्भले विप्लवको राजनीतिक बिम्बलाई प्रभावित पार्नु स्वाभाविक छ ।

 जनमेलमा आएको समाचार कमरेड किरणसित सम्बद्ध समाचार हो । समाचारले भन्दा पनि फोटोले टिप्पणी गर्नुपर्ने ठाउँ छोडेको छ । फोटोमा किरण कमरेड रुद्राक्ष मालामा देखिनुभएको छ । रुद्राक्षको  माला लगाउनु आफैंमा त्यति ठूलो अपराध अथवा विचलन नमानिएला । यसलाई शनी दशा शान्त पार्न प्रचण्डले गरेको भैँसी पूजा तथा गौरवको डोलेश्वरधाम यात्राकै तहमा लिन नसकिए पनि रुद्राक्ष माला लगाएर किरण कमरेडले किन फोटो खिच्नु पर्यो भन्ने सन्दर्भले उत्तरको माग गर्छ ।    यो टिप्पणीको सन्दर्भ बन्ने विषय हो । साथै उहाँले जेजस्ता पात्रहरूका साथ फोटो खिचाउनुभयो, भनौँ खिच्ने स्वीकृति दिनुभयो, यसले थप टिप्पणी हुनु स्वाभाविक छ ।

  कमरेड किरणले फोटो खिचाएको जोडीका बारेमा जनआस्था साप्ताहिकको  यहीमंसिर १५ को अङ्कमा यस्तो छापिएको थियो :

''संस्कृति प्रवर्द्धन कार्यक्रमका नाममा संस्कृति तथा पर्यटन मन्त्रालयले असोज अन्तिममा मात्र ५० लाख रकम नरेन्द्र प्रसाईँ र इन्दिरा प्रसाईँको कम्पनीलाई प्रदान गरेको भेटिएको छ । यस मन्त्रालयको वेबसाइटमा ‘नईँ प्रकाशन प्रालि’ लाई २५ लाख  र त्रिमूर्ति निकेतनलाई २५ लाख एकमुष्ट निकासा गरिएको विवरण भेटिएको छ ।

नेपाली साहित्यमा यिनैले एकध दशकदेखि पुरस्कारको काम चलाइरहेका छन् । कहिले भानु जयन्ती त कहिले देवकोटा हुँदै सम जयन्तीका नाममा समेत पुरस्कार बाँड्ने यिनीहरूले अहिले जीवितै रहेका सत्यमोहन जोशीदेखि माधवप्रसाद घिमिरेसम्मको नाममा पसल थापेका छन् । साहित्यकार नै टिप्पणी गर्छन्, कसैको न्वारन, पास्नी, चोरासी, शताब्दी परे पुरस्कार घोषणा गरिहाल्छन् । यो कम्पनीले यसअघि निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीका पिता भुपालमानका नाममा सम्मानको व्यापार गर्दैआएको थियो ।"

 यो समाचार र फोटो कृत्रिम नभएर योजनबद्धताको उपज भएको कुरा आयोजकले आफ्नो फेसबुकमा सो प्रकरणलाई यसरी प्रस्तुत गरेका छन् :
 

  Narendra Raj Prasai added 3 new photos — with Indira Prasaiand 2 others at नइ प्रकाशन Nai Prakashan. November 29 at 12:18pm · Kathmandu

 मोहन वैद्य किरणको स्वागत
०००
नेपाली साहित्यका महारथी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष मोहन वैद्य किरणलाई रूद्राक्षको माला लगाएर आज हामीले नइ गृहमा स्वागत गर्यौं।
एक घन्टा जतिको बसाइमा हामी माझ साहित्य र राजनीति विषयक संवेदनशील विचार विमर्श भयो।
अहिलेको संविधान छिटोभन्दा छिटो खारेज गरेर प्रजातान्त्रिक, सार्वभौमसत्ता सम्पन्न र स्वाभिमानी राष्ट्रको निर्माण हुने संविधानकै आवश्यक्ता भएको हामी माझको छलफलले ठहर गरेको छ।
चैतन्य, नेपाली भाषा साहित्यका क्षेत्रमा सुप्रसिद्ध नाउँ हो। मोहन वैद्य किरणले चैतन्य, किरण, चेतन आलेका नाउँबाट समेत आफूलाई परिचित गराउदै आउनु भएको छ। नेपाली साहित्य र राजनीतिमा धेरै उपनाउँले प्रख्यात व्यक्तित्व एक जना मोहन वैद्य नै हुनुहुन्छ।
मोहन वैद्य किरणका पूर्वजहरू पश्चिम नेपालमा जडीबुटीबारे ओखतीमूलोको काम गर्ने भएकाले शशिधर शर्मा पोखरेलका जेठा छोरा मोहन वैद्यले आफ्नो थर पनि पोखरेल नलेखेर वैद्य लेख्न थाल्नु भएको हो।

 माथिको लेखाइबाट फोटो खिच्नेलाई मोहन बैद्यको पार्टीको नाम पनि थाहा नभएको र यो स्वाभाविक र स्वीकृतिका साथ खिचिएको फोटो रहेछ  भन्न सकिन्छ । त्यति मात्र नभएर वर्तमान संविधानका सम्बन्धमा “अहिलेको संविधान छिटोभन्दा छिटो खारेज गरेर प्रजातान्त्रिक, सार्वभौमसत्ता सम्पन्न र स्वाभिमानी राष्ट्रको निर्माण हुने संविधानकै आवश्यक्ता भएको हामी माझको छलफलले ठहर गरेको छ।"  भन्ने भनाइ पनि आएको छ । यो भनाइ  संविधानसम्बन्धी कमरेड किरणको पार्टीको धारणाभन्दा फरक छ । मार्क्सवादी धारणा विपरीत छ । यो पनि टिप्पणीको विषय बन्नु स्वाभाविक छ ।

किरणजस्तो व्यस्त नेताले , आफ्ना कार्यकर्तालाई समेत यथेष्ट समय दिन नसकेको भन्ने चर्चा भइरहँदा विभिन्न किसिमले टिप्पणीको विषय बन्ने गरेका साहित्यिक क्षेत्रमा ''साहित्यिक व्यापारी " र  ''नटवरलाल" भनिने र  दरवारदेखि लोकमान सिंहसमेतका प्यारा भन्ने गरिएका पात्रहरूलाई त्यत्रो समय दिएर रुद्राक्ष मालाका साथ फोटो सेसन गर्ने कार्य गर्नु प्रश्न र टिप्पणीको विषय बन्नु स्वाभाविक छ । यसले कमरेड किरणको व्यक्तित्त्वलाई क्षयीकरण गरेको छ । यसबारेको यथार्थलाई  कमरेड मोहन बैद्य ‘किरण’  ले खुलस्त पार्नु आवश्यक छ । कमरेड किरणको  रुद्राक्ष मालासहितको फोटोप्रति फेसबुक पाठकको धारणाले रुद्राक्ष मालाले गर्ने संकेतलाई प्रस्ट पार्दछ :

Rupa Sarod Neupane हो दाजु अब चै जप तप गर्नतिर पनि हौसला दिनुहोस है हाम्रा देश रहनेभयो !नेताज्युहरु सबैमा बैराग्य आउनु स्वावीक हो सबै सक्किसक्यो !!!

 

Like · Reply · 1 · November 30 at 10:15am

Like · Reply · 1 · November 30 at 10:15am

Devendra Upreti सुन्दरSee Translation

Like · Reply · 1 · November 30 at 12:55pm

Sujata Khaptad Basnet KC Congratulation

Like · Reply · 1 · Yesterday at 9:24am

Kapil Lamichhane बम भोले चैतन्य बाबा !!

Bam bhole baba chaitanya!!

Automatically Translated

Like · Reply · 1 · 22 hrs



 



प्रस्तुति :जनमेल टिम  

भिडियो फिचरview all