menu

ताजा समाचार

राजनीतिक बन्दीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आन्दोलनलाई तीब्र बनाऔँ : भाकपा (माओवादी)

राजनीतिक बन्दीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आन्दोलनलाई तीब्र बनाऔँ !
भारतीय राज्यको क्रूर कार्यको निन्दा तथा भत्र्सना गरौँ !
भीमा कोरेगाँव मुद्दा फिर्ताका लागि आवाज उठाऔँ, सङ्घर्ष गरौँ !

प्रिय मित्रहरू र भारतीय क्रान्तिका कामरेडहरू ! भारतीय कारागारमा थुनिएका राजनीतिक बन्दीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानप्रति ऐक्यबद्धता जनाउँदै विगत ८ वर्षभन्दा बढी समयदेखि चलिरहेको सराहनीय आन्दोलन र प्रयासप्रति कृतज्ञता प्रकट गर्दै हामी सबैप्रति क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौँ । साम्राज्यवादी वित्तीय, आर्थिक, र राजनीतिक सङ्कट चर्किंदै गएको अवस्थामा क्रान्तिकारी जनता, क्रान्तिकारी, जनवादी, धर्मनिरपेक्ष, देशभक्त, साम्राज्यवाद विरोधी राष्ट्रिय आन्दोलनका नेता तथा कार्यकर्ताहरूमाथि फासिवादी आक्रमण बढ्दै गएको छ । हाम्रो पार्टीको केन्द्रीय समिति अन्तर्राष्ट्रिय मित्रहरू र भारतीय क्रान्तिकारी आन्दोलनका कामरेडहरूलाई, विशेष गरी भारतीय जनयुद्धमा ऐक्यबद्धता जनाउने संस्थाहरूलाई यस किसिमको आ

क्रान्तिकारी जनवादी मोर्चा (आरडिएफ) का नेता कमरेड प्रोफेसर साइबाबा, बुद्धिजीवी प्राध्यापक आनन्द तेलतुम्बडे, क्रान्तिकारी लेखक कमरेड वरवर राव र अन्य कार्यकर्ताको बिनासर्त रिहाइका लागि तपाईँहरू विगत केही वर्षदेखि ऐक्यबद्धताका साथ आन्दोलन गरिरहनु भएको छ  ।  ‘बीके–१६’ नामको  कुख्यात घटनासित जोडेर अभियुक्त बनाइनु भएको फादर स्टेन स्वामीको गत असार ५ गते हिन्दूवादी राज्यले चिकित्सा सुविधाबाट वञ्चित गरी हत्या गरेको कुरा तपाईँहरूलाई थाहै छ । हाम्रो केन्द्रीय समितिका सदस्य कामरेड मिलिन्द तेलतुम्बडेले महाराष्ट्रको गडचिरोलीमा २६ नोभेम्बरमा अन्य २६ जना छापामार कमरेडहरूसहित प्रहरीसँगको भिडन्तमा देशमा चलिरहेको नयाँ जनवादी क्रान्तिका खातिर वीरतापूर्वक आफ्नो तातो रगत अर्पण गर्नुभयो ।  भीमा कोरेगाउँमा भएको विनाश र मोदीको हत्या प्रयासमा कामरेड मिलिन्द मुख्य व्यक्ति भएको आरोप लगाइएको थियो । यो आरोप हिन्दूवादी शासकहरूको हित र दुष्ट फासिवादीहरूको रक्षाका लागि हो । हिन्दूवादी फासिस्ट शासकहरूले  अन्य कमरेडहरूलाई पनि सोही किसिमले हत्या गर्ने षड्यन्त्र गरिरहेका छन् । ती सबैको संरक्षण गर्नु हाम्रो दायित्व हो । ती सबै कमरेडहरू दलित, जनजाति, धार्मिक अल्पसङ्ख्यक र महिला जस्ता सामाजिक समुदायका उत्पीडित जनताका पक्षमा जनवादका लागि अथक सङ्घर्ष गरिरहेका कमरेडहरू हुनुहुन्छ । उहाँहरूको रिहाइका लागि जनआन्दोलनलाई तीव्र बनाएर फासिवादीहरूको षड्यन्त्रबाट जोगाउन दृढ सङ्घर्ष गर्न हाम्रो पार्टी अपिल गर्दछ ।

असीको उमेर पार गर्नुभएको कामरेड वरवर रावलाई अस्वस्थ्यताका कारण जमानत दिइए पनि अदालतले उहाँलाई आफ्नो घरमा परिवारसँग सँगै बस्न अनुमति दिएको छैन । यो अर्को प्रकारको जेल निर्वासन हो ।  गौतम नवलखा र सुधा भारद्वाजले स्वास्थ्यमा विभिन्न समस्या देखाउँदै धरौटीका लागि निवेदन दिनुभएको छ ।  तर, अदालतले प्रहरीसँग मिलोमतो गरे स्वीकार गरेन । देशका न्यायविदहरू र अन्य मुलुकहरूले यसलाई भारतीय संविधानको अपमानबाहेक अरू केही होइन भनेर आलोचना गरेका छन् । आनन्द तेलतुम्बडेमाथि लगाइएका १७ झुठा आरोपहरू सही छन् भन्ने अदालतको राय प्रहरीलाई समर्थन गर्नुबाहेक अरू केही होइन भन्ने हाम्रो पार्टीको धारणा छ । यो अन्याय हो ।  यस्तो अवस्थामा सबै अन्तर्राष्ट्रिय जनवादी शक्तिहरूले झूटा मुद्दामा फसाइएका सबै ज्येष्ठ नागरिकहरूलाई बिनासर्त तत्काल रिहा गर्न र मुद्दा पूर्णरूपमा फिर्ता लिन सङ्घर्ष गर्नु आवश्यक छ  ।

झारखण्ड पुलिसले हाम्रो पार्टीका एक दिग्गज नेता कमरेड प्रशान्त बोसलाई गिरफ्तार गरेको छ ।  उहाँलाई प्रहरी हिरासतमा चर्को यातना दिइयो र मोदीको हत्याको योजनाको मुख्य व्यक्ति उनै हुन् भन्ने किसिमको झुटो प्रचार गरिएको छ । सहिद कमरेड मिलिन्द तेलतुम्बडेमाथिको आरोप अहिले  फेरि कमरेड प्रशान्त बोसतर्फ मोडिएको छ । हाम्रो पार्टी यसको निन्दा तथा भत्र्सना गर्छ । अमेरिकी डिजिटल एनालिटिकल संस्था ‘आर्सनल अफ इन्टरनेसनल रिकग्निसन’ ले यस केसका सबै कागजातहरू डिजिटल सर्भिलेन्सको माध्यमबाट मालवेयरहरूमार्फत तयार पारिएको प्रमाण सहित खुलासा गरेको छ । तर पनि भारतीय प्रहरीले झूठलाई सत्य बनाउन अनेक प्रयास गरिरहेको छ ।  हाम्रो  केन्द्रीय समिति विश्वका जनवादी  र क्रान्तिकारी शक्तिहरूलाई विभिन्न स्वास्थ्य समस्याबाट पीडित अग्रज क्रान्तिकारी कामरेड प्रशान्त बोसको तत्काल रिहाइको लागि र उहाँमाथि लगाइएका सबै मुद्दाहरू फिर्ता गरेर रिहाइका लागि सङ्घर्ष गर्न अपिल गर्दछ ।

विगत २० वर्षमा देशका सबै प्रदेशमा प्रहरी हिरासतमा झण्डै १८८८ जनाको हत्या भएको छ । यी हत्यामा २६ जना सामान्य प्रहरी मात्र दोषी किटान भएका छन् । न्यायमूर्ति अग्रवालले छत्तीसगढको सरकेनगुडा र एडसामेट्टामा भएको नरसंहारमा प्रहरीको गल्ती भएको प्रतिवेदन सार्वजनिक गरेपछि एकजना प्रहरीलाई  पनि पक्राउ नगरी वर्षौँ बित्यो । फादर स्टेन स्वामीको हत्याको युएनओलगायत विश्वले निन्दा गरे पनि भारत सरकारले दोषीमाथि कुनै कारबाही गरेन । भारतका प्रधान न्यायाधीश एलवी रमनाले खुलारूपमा धारा '१२४ ए' पुरानो भइसकेको छ र विधायिका निकायहरूले उक्त ऐन रद्द गर्नुपर्छ भनेर खुलारूपमा भनेका छन् । तर, कानुन बनाउनेहरूलाई भने यसप्रति चासो छैन ।
 राज्यका गतिविधिप्रति प्रश्न गर्नेहरूको आवाजलाई यस्ता कठोर कानुनका नाममा जेलमा हालिन्छ ।  उनीहरूलाई एक्लै गोलघरमा राखिने गरिन्छ  । प्रेस क्लब अफ इन्डिया, द एडिटर गिल्ड अफ इन्डिया, प्रेस एसोसिएसन, द इन्डियन वुमन प्रेस कर्पस्, र दिल्ली युनियन अफ जर्नालिस्ट जस्ता धेरै पत्रकार सङ्गठनहरूले जनपक्षधर पत्रकार र बुद्धिजीवीहरूमाथि लगाइएको देशद्रोहको मुद्दाको भत्र्सना गरेका छन् र यो ऐन फिर्ता लिन सङ्घर्ष गरिरहेका छन् । ‘अखिल असम विद्यार्थी सङ्घ’ का नेता अनिमेश बयानको हत्याको निन्दा गर्दै डिसेम्बरमा ‘गणतान्त्रिक अधिकार सुरक्षा सङ्गठन’  अगाडि आयो ।  नागाल्याण्ड, असम, मणिपुर र अरुणाचल प्रदेश (८ प्रहरी स्टेसनको क्षेत्राधिकारमा) मा विगत धेरै दशकदेखि लागू हुँदै आएको सशस्त्र बल विशेष फोर्स ऐन–१९५८ ले भारतीय सेनालाई जनताको मनपरी किसिमले हत्या गर्न र अत्याचार र यातना दिन बाटो खुला गरेको छ । यसै क्रममा ५ डिसेम्बरमा नागाल्यान्डको मोने जिल्लाको भोटिङ गाउँमा १३ जनाको हत्या गरियो । यसले ऐन फिर्ता लिनका लागि अर्को सङघर्षको थालनी गरेको छ  ।

हिन्दूत्ववादी सत्ताको शासनमा भारतीय राज्य झनझन फासिवादी बन्दै गएको छ । हाम्रो पार्टीको केन्द्रीय समिति जनवादीहरू शक्तिहरू,  न्यायिक विशेषज्ञहरू, विश्वका नागरिक अधिकार सङ्गठनहरू, विशेष गरी शुभचिन्तकहरू र अन्य सङ्गठनका कमरेडहरूलाई भारतीय क्रान्तिकारी आन्दोलन र इन्टरनेसनल लिग फर पिपुल्स स्ट्रगल्स (आइएलपियस) लाई भीमा कोरेगाउँ काण्डमा फसाइएका र क्रूर ऐनलाई खारेज गर्ने मागमा ऐक्यबद्धताका साथ सङ्घर्ष गर्न अपिल गर्दछ । हाम्रो सङ्गठन जनवरी १, २०२२ मा भारतीय दूतावासहरू अगाडि भारतीय मूलका मानिसहरूसँग मिलेर विभिन्न कार्यक्रमहरू गर्न अपिल गर्दछ ।

अभय
प्रवक्ता

भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
केन्द्रीय समिति,

१६ डिसेम्बर, २०२१
भिडियो फिचरview all