menu

ताजा समाचार

प्रहरी दमन र गिरफ्तारीको चौतर्फी विरोध:क्रान्तिकारी माओवादीका महासचिव किरणद्वारा प्रहरी दमनको विरोध गर्दै वक्तव्य जारी

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एक वक्तव्य जारी गरी  एमसीसीको विरोधमा संसद भवन घेराउ कार्यक्रमको क्रममा प्रहरी प्रशासनले गरेको निर्मम दमन र गिफ्तारीको घोर भत्र्सना गर्नुभएको छ । प्रहरीले अन्धाधुन्ध लाठि चार्ज गर्दा घाइते हुन पुग्नु भएका नेता कार्यकर्ताहरुको शिघ्र स्वास्थ्य लाभाको कामपना गर्दै गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार माग गर्नुभएको छ ।

वक्तव्यमा अगाडि भनिएको छ, “हाम्रो पार्टी राष्ट्रघाती एमसीसी संझौताका विरुद्ध आन्दोलनमा उत्रिएका देशभक्त नेपाली जनतामाथि गरिएको सरकारी दमन र गिरफ्तारीको घोर निन्दा तथा भत्र्सना गर्दछ र घाइतेहरुको शीघ्र उपचार र गिरफ्तार गरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ । साथै, हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको हस्तक्षेपको अन्त्य र राष्ट्रघाती एमसीसी परियोजना खारेजीका लागि जोडदार आवाज उठाउन सम्पूर्ण देशभक्त नेपालीलाई हार्दिक आह्वान गर्दछ ।”

प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ :

आज २०७८ मङ्सिर २८ गते हाम्रो पार्टी सहित आठ ओटा कम्युनिस्ट पार्टीहरुको आह्वान र अन्य थुप्रै राजनीतिक पार्टी, संगठन तथा व्यक्तित्वहरुको सहभागितामा एमसीसी परियोजनाका विरुद्ध आयोजित संसद भवन घेराउ कार्यक्रममा देउवा नेतृत्वको गठबन्धन सरकारले अन्धाधुन्द लाठी चार्ज गर्दा हाम्रो पार्टीका केन्द्रीय समिति सदस्यहरु कमरेड गणेश खड्गी तथा कमरेड वसन्त वोगटी र महेश श्रेष्ठ, युवराज थापा, घनश्याम बोगटी, विष्णु कार्की, टेक बहादुर विक, मंगल तामाङका साथै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक क. आहुति लगायत दर्जनौ प्रदर्शनकारीहरु घाइते भएका छन् भने प्रहरीले हाम्रो पार्टीका स्थायी समिति सदस्य कमरेड परि थापा, पोलिटब्युरो सदस्य क. दिनेश शर्मा, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष जगदीश चन्द्र भण्डारी, क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अनेमसंघ (क्रान्तिकारी) कि महासचिव शारदा महत र नेकपाका पोलिटब्युरो सदस्य क. ओम पुन लगायत विभिन्न पार्टीका पचासौं नेता तथा कार्यकर्ताहरुलाई गिरप्mतार गरेको छ ।

सरकारको यो बहुलठ्ठीपूर्ण कार्वाहीले नेपालका दलाल शासकहरुको अमेरिकी साम्राज्यवादप्रतिको भक्तिभावलाई प्रष्ट पार्नुका साथै नेपाली शासक वर्ग अमेरिकी साम्राज्यवाद तथा एमसीसी परियोजनाका विरुद्ध बढिरहेको नेपाली जनताको समर्थनबाट कति धेरै आतङ्कित रहेछ भन्ने कुरालाई पुष्टी गर्दछ । हाम्रो पार्टी राष्ट्रघाती एमसीसी संझौताका विरुद्ध आन्दोलनमा उत्रिएका देशभक्त नेपाली जनतामाथि गरिएको सरकारी दमन र गिरफ्तारीको घोर निन्दा तथा भत्र्सना गर्दछ र घाइतेहरुको शीघ्र उपचार र गिरफ्तार गरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ । साथै, हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको हस्तक्षेपको अन्त्य र राष्ट्रघाती एमसीसी परियोजना खारेजीका लागि जोडदार आवाज उठाउन सम्पूर्ण देशभक्त नेपालीलाई हार्दिक आह्वान गर्दछ ।”




भिडियो फिचरview all