menu

ताजा समाचार

एमसिसीका विरुद्ध मङ्सिर २२ देखि २४ सम्म निरन्तर कार्यक्रम

नेपालको राष्ट्रिय स्वाधीनता नै समाप्त पार्ने प्रावधान बोकेको मिलेनियम च्यालेन्ज कर्पोरेसन–एमसिसी सदनबाट अनुमोदित गर्ने हेतुले देउबा सरकारले यही मङ्सिर २८ गते संसद् अधिवेशनको आह्वान गरेपछि नेपालको राष्ट्रिय स्वाधीनता विरोधी एमसिसी खारेज गर्ने आन्दोलनमा अगुवाका रूपमा निरन्तर सङ्घर्षरत नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध विभिन्न मोर्चा तथा जनवर्गीय सङ्गठनहरूले यही मङ्सिर २१ देखि मङ्सिर २४ सम्म लगातार रूपमा सङ्घर्षका कार्यक्रमहरूको आयोजना गरेका छन् ।

कार्यक्रमहरू यस प्रकारका छन् :

२२ मङ्सिरमा जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चको अन्तर्क्रियात्मक कार्यक्रम :

नेपाल कम्युनिस्ट पार्टी ((क्रान्तिकारी माओवादी) सम्बद्ध  जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च, केन्द्रीय समतिको आयोजनामा यही मङ्सिर २२ गते हार्दिक होटल बागबजारमा ‘एमसिसी सम्झौता र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक बृहत् अन्तर्क्रियात्मक कार्यक्रम हुने कुरा सो मञ्चका केन्द्रीय अध्यक्ष विष्णु खड्काले जानकारी गराएका छन् । प्राप्त जानकारीअनुसार सो कार्यक्रममा कम्युनिस्ट पार्टी ((क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेल, नेकपाका धर्मेन्द्र बास्तोला, माओवादी केन्द्रका लीलामणि पोख्रेल लगायताका नेताहरू प्रमुख सहभागीका रूपमा रहने छन् । मञ्चले सो कार्यक्रममा व्यापक रूपमा सहभागी हुन राष्ट्रिय स्वाधीनताका पक्षधरहरूलाई अनुरोध गरेको छ ।



२३ गते मोर्चा तथा जनसङ्गठनहरूको माइतीघरमा विरोध प्रदर्शन :

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय सङ्गठन तथा मोर्चाहरूले एमसिसी पारित गर्ने देउबा सरकारको षड्यन्त्रका विरुद्ध यही मङ्सिर २३ गते माइतीघर मण्डलामा दिनको १२ बजे विरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको कुरा सो  कार्यक्रम सम्बद्ध नेताले जानकारी दिएका छन् ।


२४ गते देशभक्त जनगणतान्त्रिक मोर्चासहित विभिन्न समूहकामे विरोध प्रदर्शन :

सामूहिक र सङ्गठित रूपमा एमसिसी विरुद्धको कार्यक्रमलाई अघि बढाउने हेतुले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलको सयोजकत्वमा  गठित विभिन्न समूह तथा व्यक्तिहरू संलग्न समितिले यही मङ्सिर २४ गते विशेष विरोध प्रदर्शनको आयोजना गरेको कुरा सो सम्बन्धमा प्रकाशित अपिलमा जनाइएको छ ।

अमेरिकी  साम्राज्यवादका पक्षधरका रूपमा परिचित देउबा  जसरी पनि यसै संसद अधिवेशनबाट एमसिसी सम्झौता अनुमोदन गर्न क्रियाशील रहेकाले यसका विरुद्ध मिल्न सक्ने शक्ति र समूहहरू एकजुट भएर विरोधमा जानु आवश्यक छ।  ओलीले सरकारमा हुँदै यसलाई पारित गर्न अनेक षड्यन्त्र गरेका हुन् र नेपाली कांग्रेस यसलाई पारित गर्न ज्यान दिएर लाग्नु अनौठो कुरा होइन, प्रचण्ड समूहको यसप्रतिको दोहोरो नीति पनि त्यतिकै रहस्यमय छ । तर क्रान्तिकारी र राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरू जसरी सडकमा निस्केका छन्, यो सराहनीय छ र यसलाई थप सशक्त बनाउनु आवश्यक छ ।



भिडियो फिचरview all