menu

ताजा समाचार

भाकपा (माओवादी) भन्छ : ‘प्रहार सैन्य अभियान’ विरुद्ध ‘अन्तर्राष्ट्रिय एक्सन दिवस सफल पारौं

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनका लागि अन्तर्राष्ट्रिय कमिटी'  को आव्हानमा विश्व्यापी रूपमा आयोजना गरिएको ‘प्रहार सैन्य अभियान’ को विरोधमा नोभेम्बर २४ अर्थात् मंगसिर ८ गतेको ‘अन्तर्राष्ट्रिय एक्सन दिवसप्रति ऐक्यबद्धता जनाउंदै सो दिवश सफल पार्न आफ्नो पार्टी पंगतीलाई आव्हान गर्नुको साथै सम्पूर्ण उत्पीडित वर्ग तथा समुदायलाई अनुरोध गरेको छ ।  प्रस्तुत छ सो पार्टीका प्रवक्ताद्वारा  यही नोभेम्बर ७ तारिखमा जारी  आपिल : 

---------------------------------------------------------------------------------------

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समिति

फासिवादी मोदी सरकारद्वारा सञ्चालित ‘प्रहार सैन्य अभियान’ को विरोधमा नोभेम्बर २४ को ‘अन्तर्राष्ट्रिय एक्सन दिवस’ लाई सफल बनाऔँ
सन् २००९ मा, भारतीय शासक वर्गहरूले साम्राज्यवादीहरूको निर्देशनमा क्रान्तिकारी आन्दोलनलाई जरैबाट उखेल्ने उद्देश्यका साथ ‘अपरेशन ग्रीनहन्ट’ (जनता विरुद्धको युद्ध) को योजना बनाए ।  फलस्वरूप धेरै अन्तर्राष्ट्रिय सर्वहारा सङ्गठनहरू, वाम सङगठनहरू, जनवादी सङ्गठनहरू र क्रान्तिकारी सङ्गठनहरूले अग्र पङ्क्तिमा आएर यस कुकृत्यको विरोध गरे । र, त्यसैलाई निरन्तरता दिँदै सहिद कमरेड किसनजी (पोलिट ब्युरो सदस्य) को सहादतपछि सन् २०११ मा इटालीको मिलानमा  थुप्रै सर्वहारा सङ्गठनहरू, अन्य सङ्गठनहरू र माओवादी पार्टीहरूले संयुक्त रूपमा ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनका लागि अन्तर्राष्ट्रिय कमिटी’ (ICSPWI) गठन गरे ।

 अन्तर्राष्ट्रिय सर्वहारा वर्गीय दृष्टिकोणका साथ यो कमिटीले विगत १० वर्षदेखि भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गर्दै आएको छ । यो कमिटीले भारतीय हिन्दूवादी शासक वर्गको प्रतिक्रान्तिकारी दमनकारी अभियान ‘प्रहार-३’ सैन्य अभियानको विरोध गरिरहेको छ । प्रहार अभियानको विरोध र भारतमा चलिरहेको जनयुद्धको समर्थन गर्दै यो कमिटीले कमरेड किसनजीले सहादत प्राप्त गरेको दिन नोभेम्बर २४ लाई  अन्तर्राष्ट्रिय एक्सन दिवसका रूपमा मनाउने निर्णय ग¥यो ।  हाम्रो पार्टीको केन्द्रीय समिति ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनका लागि अन्तर्राष्ट्रिय कमिटी’ प्रति क्रान्तिकारी अभिवादन व्यक्त गर्दछ । पार्टीले देशभरका क्रान्तिकारी जनसङ्गठन, क्रान्तिकारी जन समिति र जनमुक्ति छापामार सेनालाई अन्तर्राष्ट्रिय एक्सन दिवस सफल बनाउन आह्वान गर्दछ  । हामीहरू देशभरिका क्रान्तिकारी शुभचिन्तकहरू, वाम सङ्गठनहरू, देशभक्त जनवादी हिन्दूत्व विरोधी धर्मनिरपेक्ष शक्ति, सर्वहारा वर्ग, किसान, विद्यार्थी, बुद्धिजीवी, महिला, अल्पसङ्ख्यक, दलित र आदिवासीलाई यस कार्यमा सहभागी भई  एक्सन दिवस सफल बनाउन अपिल गर्दछौँ ।

हालैका दिनहरूमा अन्तर्राष्ट्रिय कर्पोरेट कम्पनीहरूको कठपुतली–फासिवादी मोदीले साम्राज्यवादी कम्पनीहरूसँग एमओयु ( समझदारी सम्झौता) गरेको छ । मुलुक बेच्न र भारतमा फसिवादी शासन लागू गर्नमा मोदीले विश्वमै पहिलो स्थान पाएको छ । फलस्वरूप अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सीहरूले मोदीलाई विश्वको नम्बर १ लोकप्रिय नेताका रूपमा अघि सारेका छन् । 

२६ सेप्टेम्बर १९२१ मा केन्द्रीय गृहमन्त्री अमित साहको अध्यक्षतामा माओवादी आन्दोलन घनीभूत भएका १० राज्यका मुख्यमन्त्रीहरू र  अन्य उच्च अधिकारीहरूले प्रतिक्रान्तिकारी योजनाहरू बनाएका थिए र  यसलाई विकास योजनाको नाम दिएका थिए, जसको उद्देश्य भारतको मध्य क्षेत्रमा दमनकारी अभियानहरू तीव्र बनाउनु रहेको छ  । भर्खरै नोभेम्बर ३ मा उनीहरूले सेनाहरू तयार छन् र २४ पुलिस क्याम्पहरू ओडिसा र छत्तीसगढमा तैनाथ गरिनेछन् भनेर घोषणा गरेका छन् । गृह मन्त्रीले घोषणा गरेका तथाकथित विकास योजनामा कुनै पनि जनहितकारी लाभकारी योजना छैनन् । हाम्रो पार्टी यस किसिमको प्रतिक्रान्तिकारी हत्या–योजनाको निन्दा गर्छ र जनताको जीवन–मरणको समस्या समाधानका लागि तयार रहन मुलुकका जनतालाई अपिल गर्दछ ।
 
यसका अतिरिक्त, विगत एक वर्षदेखि किसानहरू दृढ सङ्कल्प र  जुझारू स्पिरिटका साथ कृषि–विरोधी कानुनका विरुद्ध लडिरहेका छन् । अर्कोतर्फ पश्चिम बङ्गाल, झारखन्ड, ओडिसा, छत्तिसगढ, आन्ध्र प्रदेश, तेलङ्गाना र महाराष्ट्रका आदिवासीहरू जल, जङ्गल, जमिन र सत्ताका लागि लडिरहेका छन् ।  सरकारले दण्डकारण्य, झारखण्ड, एओबी र ओडिशामा आदिवासी आन्दोलनलाई दबाउन प्रहरी तैनाथी गर्ने र  क्याम्पहरू  स्थापना गर्ने काम गरिरहेको छ ।  छत्तीसगढको सुक्मा जिल्लाको सिलिङ्गरमा रहेको प्रहरी क्याम्प विरुद्धको आन्दोलन विगत ६ महिनादेखि चरम दमनको सामना गर्दै निरन्तर रूपमा जारी छ ।

‘प्रहार-३’ अभियानको उद्देश्य सबै प्रकारका जनआन्दोलनलाई निमिट्यान्न पार्ने हो । हिन्दूत्ववादी शासकहरूले भाकपा (माओवादी) ले चलाएको क्रान्तिकारी आन्दोलनलाई आन्तरिक सुरक्षाका लागि सबैभन्दा खतराको रूपमा चित्रण गरिरहेका छन् । वास्तवमा, मोदी र अमित साहको फासिस्ट शासक गुट यस देशका जनताको जीवन र धनजनका लागि वास्तविक खतराजनक छ र सबैभन्दा खतरनाक छ । यो देशका जनताको जीवन-मरणसँग गाँसिएका समस्याहरू समाधान गर्नुको साटो सत्ताधारी गुट क्रान्तिकारी आन्दोलनलाई सिध्याउने तयारीमा लागेको छ । हामीहरू सरकारका यस किसिमका जनविरोधी कार्यक्रमको घोर भत्र्सना गर्छौँ र नोभेम्बर २४ को अन्तर्राष्ट्रिय एक्सन दिवसलाई सफल बनाउन अपिल गर्दछौँ । ‘प्रहार’ र अन्य यस्तै दमनकारी अभियानहरूले क्रान्तिकारी आन्दोलनलाई रोक्न सक्ने छैन ।  भारतीय नयाँ जनवादी क्रान्तिको विजयका लागि जनआन्दोलनलाई तीव्रता दिन हामी आम जनसमुदायलाई अपिल गर्दछौं ।  अन्तिम घडीसम्म लडौँ र अन्तिम जित हासिल गरौँ ।

अप्रेसन प्रहारका विरुद्ध नोभेम्बर २४ मा गाउँगाउँमा जुलुस र जनसभा गरौँ !
आन्दोलनका केन्द्रहरूमा जनसभा गरौँ र प्रहार अभियानको विरोध गरौँ !
प्रचार अभियानलाई व्यापक र तीव्र बनाऔँ र हिन्दूत्ववादीहरूको कथित जनकल्याणकारी ‘प्रहार’ योजनाको मिथकको व्यापक मात्रामा भण्डाफोर गरौँ ! 
मोदी–अमित शाह र भागवाका पुत्ला जलाऔँ र उनीहरूका दमनकारी गतिविधिको सूचना ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनका लागि अन्तर्राष्ट्रिय कमिटी’ लगायत मानव अधिकारवादी सङ्संस्थाहरूसम्म पु-याऔँ !

अभय, 
प्रवक्ता, 
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
नोभेम्बर ७, २०२१
भिडियो फिचरview all