ताजा समाचार
प्रचण्ड पाखण्ड र कमरेड शिवराज
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) बनिसकेको थिएन । कमरेड किरणको नेतृत्वमा रहेको क्रान्तिकारी शक्ति बहुमतमा थियो । प्रचण्ड छिटोभन्दा छिटो नारायणकाजीको अवसरवादी झुन्डलाई पार्टीमा भित्र्याउन चाहन्थे र पार्टीमा बहुमतलाई अल्पमतमा पार्न चाहन्थे । पार्टी खरिपाटी बैठकको तयारीमा थियो । विविध जनवर्गीय मोर्चाहरूको नेतृत्वमा रहेकाहरूको विशेष कमिटी थियो र यसको इन्चार्ज प्रचण्ड थिए । उनको मुकाम त्यतिबेर बालुवाटारमा थियो-प्रधानमंत्रीका रूपमा । सिंहदरवारबाट हामी कमरेड शिवराज, कमरेड जयपुरी घर्ती, कमरेड अमृता थापा, कमरेड बराल लगायतका सदस्य गाडीमा बालुवाटार पुग्यौँ— खरिपाटी बैठकअघि कमिटीको बैठक बस्न । हामी सबै कमरेड किरणको दस्ताबेजको पक्षमा थियौँ–सिङ्गै कमिटी । प्रचयडले बैठक कोठामा त लगे, तर राम्रोसित बस पनि भनेनन् । शिवराज कमरेडले भन्नुभयो : ''हाम्रो भनाइ कमरेड बरालले कुरा राख्नुहुन्छ” ।
प्रचण्डले सबैको अनुहार हेरे । उनको अनहारको रङ् पनि फेरियो । हामीले पनि मुखामुख ग¥यौँ । प्रचण्डले कमरेड शिवराजको अनुहारतिर आक्रोसपूर्ण किसिमले, हेर्दै र मुन्टो झडकार्दै भने –“तपाईँहरूले के भन्नुहुन्छ, मलाई थाहा छ, ल ल हाम्रो बैठक सकियो, अरू कुरा उतै । ” प्रधानमन्त्री हुँदाको ओलीको चरित्रझैँ थियो, त्यतिबेर प्रचण्डको स्वभाव । कमरेड शिवराजले अँध्यारो मुख लगाएर बरालतिर हेर्नुभयो ।
‘शान्तिप्रक्रिया’ पछिको पहिलो राष्ट्रिय भेला, चितवन भेलामा पनि कमरेड शिवराजले “हामी कहाँ जाँदैछौँ” भनेर प्रश्न उठाउनु भएको थियो र प्रचण्ड सारै तुच्छ किसिमले प्रस्तुत भएका थिए कमरेड शिवराजका विरुद्ध । वैचारिक प्रश्नलाई उनले व्यक्तिगत प्रश्नमा ढालेका थिए । त्यतिबेर त प्रचण्ड कमरेड किरणको प्रश्नका विरुद्ध पनि छटपटिएका थिए र भने “ मैले यति नगरेको भए तिमी अझै जलपाइगुढी जेलमा रहेका हुन्थ्यौ ।”
भिडियो फिचरview all