menu

ताजा समाचार

जेलमै कमरेड गोन्जालोको निधन: हार्दिक श्रद्धाञ्जली

सन् १९९२ देखि पेरुमा बन्दि अवस्थामा राखिनु भएको पेरु कम्युनिस्ट पार्टी 'साइनिङपाथ' (सेनडेरो लुमिनोसो) का अध्यक्ष कमरेड गोन्जालोको जेलमै निधन भएको छ । केही हप्ता अघिदेखि सिकिस्त बिरामी कमरेड गोन्जालोको जिवरक्षा र रिहाइलाई लिएर विश्वभरीका क्रान्तिकारी पार्टी, समूह र व्यक्तिहरूले बिबिध कार्यक्रममार्फत आवाज उठाइरहेका थिए l

पेरुका संचारमाध्यमले सैनिक अस्पतालमा मृत्यु भएको भने पनि समयमा सह्ही उपचार नहुनु र  यथार्थ स्थिति बाहिर नआउनुले वहांको स्वाभाविक मृत्यु योजनाबद्ध किसिमले उपचारविहिन अवस्थामा राखेर हत्या गरिएको भन्ने किसिमका टिप्पणी पनि उठेका छन् l



कमरेड गोंजालोको सन् १९३४ मा भएको थियो  र सन् १९६० देखि पेरु कम्युनिस्ट पार्टीलाई पुनर्गठन गरेर जनयुद्धको बाटोबाट मात्र पेरुका जनताले मुक्ति पाउँन सक्छन भनेर दिर्घकालिन जनयुद्धको थालनी गर्नु  भएको थियो l  माओ विचारधाराले मात्र माओका योगदानको सही मूल्यांकन हुँदै भनेर सबैभन्दा पहिले कमरेड गोंजलोको नेतृत्त्व रहेको कम्युनिस्ट पार्टीलेसन् १९८३ मा माओवादका रूपमा संश्लेषण गरेको थियो र मार्क्सवाद- लेनिनवाद- माओवादको आवश्यकता र महत्त्वलाई अघि सरेको थियो l

कमरेड गोन्जालोको निधनले अवश्य पनि विश्वका क्रान्तिकारीहरूलाई स्तब्ध र दुखित तुल्याएको छ l पेरुका क्रान्तिकारीहरूले अवश्य पनि माओवादको झन्डा झुक दिने छैनन् भन्ने विश्वासका साथ हामी कमरेड गोन्जालोप्रति श्रद्धाञ्जली प्रकट गर्छौं  र क्रान्तिकारी एक्यबद्धता जाहेर गर्छौं l

भिडियो फिचरview all