menu

ताजा समाचार

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) द्वारा छापामार शैलीमा मशाल जुलुस

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले राष्ट्घाती एमसीसी सम्झौता खारेजीका लागि देशव्यापी रुपमा प्रतिरोध संघर्ष जारी राखेको समाचार छ  । यसै  क्रममा आज सांझ क्रान्तिकारी माओवादीले उपत्यकाका काठमाडौं  ललितपुर र भक्तपुरमा एमसीसी सम्झौता खारेजीको नारासहित  मशाल जुलुस प्रदर्शन गरेको छ ।

प्राप्त समाचार अनुसार प्रहरी हस्तक्षेपका बाबजुद काठमाडौंमा भव्य रुपमा मशाल जुलुस प्रदर्शन गरिएको छ । पार्टी पिबियम  प्रवेशको नेतृत्वमा नरदेवीबाट निकालिएको मशाल जुलुस किलागल, भेडासिंह, गनवहाल हुँदै असन चोकमा पुगेर समापन भएको थियो । मशाल जुलुसमा एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मूर्दावाद, दलाल शासकहरु मुर्दावाद, राष्ट्यि स्वाधीनता जिन्दावाद लगायतका नाराहरु लगाइएको थियो । मशाल जुलुस भेडासिंहमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

त्यसै गरी ललितपुरको लगनखेलमा प्रहरी हस्तक्षेपका बाबजद मशाल जुलुस प्रदर्शन गरिएको छ । पार्टी पीवीएम प्रभाकिरणको नेतृत्वमा भएको मशाल जुलुसमा पनि   प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपका बाबजुद लगनखेलदेखि मंगलबजारसम्म मशाल जुलुस प्रदर्शन गरिएको थियो l

भक्तपुर जिल्ला समितिले पनि राष्ट्रघाति  एमसिसि सम्झौता खारेजीको माग राख्दै मसाल जुलुस सम्पन्न गरेको छ । भक्तपुरको तौमणी चोक(पाँचतले) बाट शुरु भएको मसाल प्रदर्शन दतात्रय हुँदै च्यामसिंह चोकमा पुगेर विरोध-सभामा रुपान्तरण भएको थियो ।

क्रान्तिकारी माओवादीले जानकारी दिए अनुसार  एमसीसी खारेजीका लागि देशव्यापी रुपमा प्रतिरोध संघर्षको उठानको कार्यक्रम रहेको  र सोही अनुसार सातवटै प्रदेशका विभिन्न जिल्लामा एमसीसी खारेजीका कार्यक्रमहरू भैरहेका छन् l

भिडियो फिचरview all