menu

ताजा समाचार

कमरेड गोन्जालोको रिहाइका लागि गरिएका हरेक सङ्घर्षमा हामी दृढताका साथ उभिन्छौँ: भाकपा (माओवादी)

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यही अगस्त २८ तारिखका दिन वक्तव्य प्रकाशित गरी २९ वर्षदेखि बाहिरी दुनियाँबाट वञ्चित भएर आजीवन कारावास भोगिरहेका पेरु कम्युनिस्ट पार्टी ‘साइनिङ पाथ’ का नेता कमरेड गोन्जालोको  जीवन रक्षा र रिहाइका लागि विश्वभर भएका सङ्घर्षका कार्यक्रमप्रति ऐक्यबद्धता र कमरेड कमरेड गोन्जालोको रिहाइका लागि गरिएका हरेक सङ्घर्षमा दृढताका साथ उभिने प्रतिबद्धता जाहेर गरेको छ । वक्तव्यमा भनिएको छ :

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) कमरेड गोन्जालोको यथाशीघ्र रिहाइका लागि गरिएका सङ्घर्षमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी हातेमालो गर्छ । हाम्रो पार्टी विश्वका सबै क्रान्तिकारी, जनवादी, प्रगतिशील शक्तिहरूसित वहाँको हिाइका लागि सङ्घर्ष गर्न अपिल गर्दछ । कमरेड गोन्जालको गिरफ्तारी र निर्मम यातना साम्राज्यवादीहरू र तिनका दलाल शासकहरूको उनीहरूले सामना गरिहनु परेको लामो आर्थिक र वित्तीय सङ्कटलाई टार्न लूटखसोटलाई निरन्तरता दिने र विश्वका क्रान्तिकारी आन्दोलनलाई  दबाउने प्रयासको एउटा अंग हो । परन्तु, “आजीवन कारावास र मृत्युदण्डले क्रान्तिलाई रोक्न सक्तैन ।” पेरू कम्युनिस्ट पार्टी र कमरेड गोन्जालोप्रति विश्वका जनताको अथाह समर्थन मार्फत यस सत्यलाई पुष्टि गरौँ ।

प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ :

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) कमरेड गोन्जालोको यथाशीघ्र रिहाइका लागि गरिएका सङ्घर्षमा हामी दृढताका साथ उभिन्छ
केन्द्रीय समितिका अन्य सदस्यहरूका साथ पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष गोन्जालो सन् १९९२ मा गिरफ्तार हुनुभएको थियो । उहाँलाई २९ वर्षसम्म पूर्णरूपमा एकान्तमा राखिएको छ । जेलको निर्वासन, पूर्णरूपमा एकान्त र कमरेड गोन्जालोप्रतिको अमानवीय व्यवहारका कारण ८६ वर्षीय कमरेड गोन्जालो एकदमै अपमानपूर्ण अवस्थामा हुनुहुन्छ । समाज परिवर्तनका चिन्तरत र कार्यरत सबैले यो स्थितिप्रति ध्यान दिनु जरूरी छ ।

कमरेड गोन्जालोले  भन्नुभएको छ : “रगतले क्रान्तिलाई डुबाउँदैन, बरू सिंचित गर्छ” ।

कमरेड गोन्जालो विश्व समाजवादी क्रान्तिको सफलताप्रति विश्वस्त भएर पेरू र विश्वका उत्पीडित जनताको पक्षमा दृढता र प्रतिबद्धताका साथ उभिनुभयो । अहिले वहाँलाई आफ्ना हितैषी जनता र पार्टी कार्यकर्ताको साथको आवश्यकता छ । एकातिर सारायसिस र छालाको क्यान्सरको लामो बिरामी र अर्कातिर  शोषणकारी फासिवादी पेरू सरकारको कालकोठरीमा रहनु परेका कारण वहाँ एक हिसाबले जीवनमरणको अवस्थामा हुनुहुन्छ । हामी वहाँलाई मर्न दिन चाहन्नौँ । त्यसैले विश्वका साम्राज्यवादीहरूको साथ पाएको पेरुभियाली सत्ताको क्रुरताका विरुद्ध हाम्रो आवाजलाई बुलन्द पारौँ ।

कमरेड गोन्जालोको यथाशीघ्र रिहाइका लागि गरिएका सङ्घर्षमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) हातेमालो गर्छ । हाम्रो पार्टी विश्वका सबै क्रान्तिकारी, जनवादी, प्रगतिशील शक्तिहरूसित वहाँको रिहाइका लागि सङ्घर्ष गर्न अपिल गर्दछ । कमरेड गोन्जालोको गिरफ्तारी र निर्मम यातना साम्राज्यवादीहरू र तिनका दलाल शासकहरूको उनीहरूले सामना गरिरहनु परेको लामो आर्थिक र वित्तीय सङ्कटलाई टार्न लूटखसोटलाई निरन्तरता दिने र विश्वका क्रान्तिकारी आन्दोलनलाई  दबाउने प्रयासको एउटा अंश हो । परन्तु, “ आजीवन कारावास र मृत्युदण्डले क्रान्तिलाई रोक्न सक्तैन ।” पेरू कम्युनिस्ट पार्टी र कमरेड गोन्जालोप्रति विश्वका जनताको अथाह समर्थन मार्फत यस सत्यलाई पुष्टि गरौँ ।

कमरेड गोन्जालोको ‘मुद्दा’

पेरूमा सन् १९८० देखि आरम्भ क्रान्तिकारी आन्दोलन उत्पीडत जनताका बीच तीवरूपमा फैलियो र अन्य मुलुकहरूका झैँ शासक वर्गलाई यसले थर्कमान तुल्यायो । आन्दोलनले फड्का मा¥यो र फलस्वरूप साशक वर्गले आफ्नो शोषणमुखी सत्ता जोगाउन दमनकारी कदम चाल्यो । उनीहरूले पेरू कम्युनिस्ट पार्टीको नेतृत्वमा चलिरहेको आन्दोलनको नेतृत्वको सेल्टर पत्ता लगाउन र गिरफ्तार  गर्नका लागि एउटा विशेष विभागको गठन गरे । यसै अन्तर्गत गिरफ्तारी गरिएको थियो ।

गिरफ्तारीपछि गोन्जालोलाई परिवारका सदस्य र  वकिललाई समेत भेट्न दिइएन । एक हिसाबले  अन्तर्राष्ट्रिय नियमकानुनलाई समेत लत्याएर पेरूको राज्यसत्ताले एकदमै हतारिएर एकाध घण्टामै अभियोगका साथ वहाँमाथि मुद्दा दायर ग¥यो । स्टिलको सानो पिँजरा (गोलघर)मा एउटा  कुर्सीमा राखेर वहाँको राजनीतिक र वैचारिक मान्यताका सम्बन्धमा केरगार गरियो ।

कमरेड गोन्जालोले गर्वका साथ आफूले पेरू कम्युनिस्ट पार्टीलाई नेतृत्व गरिरहेको कुरालाई स्वीकार गर्दै सो अदालतको वैधतालाई अस्वीकार गर्नुभयो । वहाँले साँढे तीन घण्टाको भाषण गर्नुभयो, जसमा वहाँले भन्नुभयो : “हामी यहाँ जनताका छोराछोरीका रूपमा छौँ र हामी यो मोर्चामा लडिरहेका छौँ, यो पनि एउटा लडाइँ हो र हामी यो गछौँ, किनभने हामी कम्युनिस्ट हौँ !  किन भने हामी यहाँ जनताको हित, पार्टीका सिद्धान्तहरू र जनताको युद्धको रक्षाको पक्षमा छौँ । हामी त्यही गरिरहेका छौँ, जे हामी गर्दैआएका थियौँ र यही गरिरहने छौँ ।”
गोन्जालोकी जीवनसाथी मिरियम (एलेना इम्पारागुइरे) लाई पनि जेलमा राखिएको थियो । पहिले उहाँलाई गोन्जालोलाई राखिएको ठाउँको नजिकको कोठरीमा राखिएको थियो, पछि  महिलाहरूको जेलमा अलग्गै  छ्ट्याएर राखियो । 

युरोप, एसिया, अस्ट्रेलिया र उत्तरी र दक्षिण अमेरिकामा जीवनरक्षा कमिटीहरू गठन गरिए । विश्वका  प्रख्यात वकिलहरू,  संसद्का सदस्य र पूर्व मन्त्रीहरू र विभिन्न सरकारी नेताहरू,  प्राज्ञिक व्यक्तित्वहरू, सुपरिचित सङ्गीतकर्मीहरू र लेखक–कलाकारहरूले अमिमायल गुज्मानको जीवन रक्षाका लागि हस्ताक्षरसहित आह्वान गरे ।  साथै अस्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, ब्रिटेन, क्यानडा, चिली, कोलम्बिया, डेनमार्क, एल साल्भाडोर, फ्रान्स, जर्मनी, ग्वाडेलोउप, इरान, इराक, एटाली, केन्या, मार्टिनिक, मेक्सिको, नेपाल, निदरल्यान्ड, दक्षिण अफ्रिका, स्पेन, श्रलङ्का, ट्युनिसिया, टर्की र संयुक्त राज्य अमेरिकाका सुपरिचित व्यक्तित्वहरूले अमिमायल गुज्मानको जीवन रक्षाका लागि आवाज उठाए । विभिन्न मुलकहरूमा ‘इन्टर्नेस्नल इमरजेन्सी कमिटी’ (आइइसी) का प्रतिनिधिहरू र समर्थक सम्बद्ध व्यक्तित्वहरू सम्मिलित  प्रतिनिधि मण्डल विभिन्न मुलकहरूका पेरुभियाली राजदुतावासमा डेलिगेसन गयो । अध्यक्ष गोन्जालको गिरफतारीको विरोध र जीवनरक्षाको प्रश्नलाई लिएर राष्ट्राध्यक्षका कार्यालयहरू र राजदूतावासहरूमा चिठीपत्र, टेलिग्राम  फ्याक्सहरू पठाइए ।

मुद्दालाई लिएर ‘आइइसी’ को तत्वाधानमा निर्मित  प्रतिनिधि मण्डलको पहिलो टोली लिमामा आइपुगेको समयमा सेप्टेम्बर २४ मा संयुक्त राज्य अमेरिकाको सिनेटले एउटा प्रस्ताव पास गर्यो —“‘साइनिङ पाथ’ नामले परिचित हिंसावादी, अप्रजातान्त्रिक आतङ्ककारी  समूहका विरुद्ध लड्ने पेरुको सरकारको प्रतिबद्धतालाई पूर्ण समर्थन गर्छ र  सो समूहका अध्यक्ष गोन्जालोलाई पक्राउ गरेकोमा 'डिनकोट' लाई बधाइ दिन्छ । ” यसलाई अक्टोबर २० मा अमेरिकी गृहमन्त्रालयका प्रवक्ताले  दोहो¥याए, “मिस्टर गुज्मान पश्चिमी गोलार्द्धमा  सबैभन्दा खतरनाक आतङ्ककारी आन्दोलनका नेता हुन् । जेका लागि उनलाई पक्राउ गरिएको थियो, त्यसप्रतिको कानुनी प्रक्रियामा हाम्रो कुनै टिप्पणी छैन । ”

साम्राज्यवादीहरूले अजेनियाली नेता स्टिव बिको, नक्सलवाडी किसान आन्दोलनका नेता चारु मजुमदार, टर्कीका माओवादी नेता इब्राहिम क्यापक्काय, बङ्गलादेशका माओवादी नेता सिराज सिक्दरको जेलहत्या  र च्याङ चिङको  शङ्कास्पद ‘आत्महत्या’ लाई  प्रोत्साहनका साथ ताली पिटेर स्वागत गरका छन् । अमेरिकाको आफ्नै जेलमा ‘ब्ल्याक प्यान्थर’  का नेता जर्ज ज्याक्सनलाई  गोली ठोकेर मारे र भाग्ने प्रयास गरेको भने, अनि प्युरितो रिकोका जातीय नेता अलबिजु क्याम्पोको जेलको गोलघरको भित्तामा रेडियोधर्मी विष्फोटक सामग्री राखेर हत्या गरे ।

कलाओ नवल बेसमा कमरेड गोन्जालोको जेल निर्वासन र एकान्तबास विश्व  क्रान्तिकारी आन्दोलनमा पहिलो र अन्तिम कारावास होइन । जबसम्म विश्वमा शोषण र दमन रहन्छ र यसका विरुद्ध सङ्घर्ष चलिरहन्छ, तबसम्म यस्तो भइरहने छ । वर्तमानमा जहाँ साम्राज्यवादी शक्तिहरू आर्थिक र वित्तीय सङ्कटको दलदलमा फसेका छन् र विश्वका आम जनता आफ्नो अधिकार र जनजीवीकाका लागि लडिरहेका छन्, हामीहरू एकताबद्ध भएर अधिकतम सम्भव तरिकाका साथ  सङ्घर्ष गर्नु आवश्यक छ ।

अभय,
प्रवक्ता, केन्द्रीय समिति,
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
२८ अगस्त, २०२१ 

अनु . ऋषिराज बराल
भिडियो फिचरview all