menu

ताजा समाचार

कमरेड गोन्जालोको रिहाइका लागि विश्वव्यापी अभियान

सन् १९९२ मा पेरूको राजधानी लिमाबाट पक्राउ गरी आजीवन कारावासको सजाय तोकिएका पेरू कम्युनिस्ट पार्टी ‘साइनिङ पाथ’ का  अध्यक्ष कमरेड अबिमायल गुज्मान ‘गोन्जालो’ को जीवन रक्षा र रिहाइका लागि विश्वभारिका क्रान्तिकारी माओवादीहरूले विश्वव्यापी अभियान सञ्चालन गरेका छन् । ल्याटिन अमेरिकी माओवादी पार्टीहरूको अगुवाइमा थालिएको यस अभियानलाई युरोप तथा एसियाका माओवादी सङ्घसंस्थाहरूले पनि व्यापक प्रचारप्रसारमा लगेका छन् ।

अभियानका क्रममा गोन्जालोका फेटाहरू र पोस्टरहरूका साथै भित्ते लेखन र कोणसभाहरू पनि भएका छन् । कमरेड गोन्जालो पक्राउ परेका बेला त्यतिबेर ‘रिम’ ले अघि सारेको नारा मुभ हेभेन एन्ड अर्थ टु डिफेन्ड द लाइफ  अफ चेयरम्यान गोन्जालो’ लाई पनि अहिले प्रचारमा लगिएको छ र विश्व कम्युनिस्ट आन्दोलनमा गोन्जालोको योगदानसित सम्बद्ध लेखरचनाहरू पनि प्रकाशित गरिएका छन् ।


यसक्रममा ‘पेरू पिपुल्स मुभमेन्ट’ ले ‘पोलिटिकल सिचुएसन्स एन्ड टास्क अफ द डिफेन्स अफ प्रसिडेन्ट गोन्जालो’ शीर्षकमा एउटा अपिल जारी गरेको छ । त्यसै गरी ब्राजिलको क्रान्तिकारी पत्रिका द नोभा डेमोक्रेसिया ले ‘ग्लोबल क्याम्पेन डिनाउन्सेज न्यु एटेम्प्ट टु एनिहिलेट प्रेसिडेन्ट गोन्जालो’ शीर्षकमा अपिल प्रकाशित गरेको छ । त्यसै गरी टर्कीको माओवादी पार्टीले ‘लेट अस डिफेन्ड द लाइफ अफ चेयरम्यान गोन्जालो’ शीर्षकमा अपिल प्रकाशित गरेको छ । त्यसै गरी अमेरिकी माओवादी क्रान्तिकारीहरूको प्रकाशन ‘ट्रिब्युनअफ द पिपुल’ अनलाइनले ‘मुभ हेभेन एन्ड अर्थ टु डिफेन्ड द लाइफ  अफ चेयरम्यान गोन्जालो’ शीर्षक सम्पादकीय मार्फत कमरेड गोन्जालोको जीवन रक्षा र रिहाइका लागि आवाज उठाउन आह्वान गरेको छ ।


यसै क्रममा कमरेड गोन्जालोको रिहाइका लागि भाकपा (माओवादी) ले अगस्त १८ मा वक्तव्य प्रकाशित गरी विभिन्न कार्यक्रममार्फत  कमरेड गोन्जालोको रिहाइका लागि आवाज उठाउन मजदुर सङ्गठनहरू, प्रगतिशील–जनवादी शक्तिहरू र मानवअधिकारवादीहरूलाई आह्वान गरेको छ । वक्तव्यमा कमरेड गोन्जालोको रिहाइका लागि विश्वव्यापी रूपमा विविध कार्यक्रम मार्फत अभियान चलाउन पनि आह्वान गरिएको छ ।

अमेरिकी साम्राज्यवादपरसत पेरूका प्रतिक्रियावादी सत्ताले २९ वर्षदेखि बाहिरी संसारबाट सम्बन्ध विच्छेद गरेर कमरेड गोन्जालोलाई बन्दी बनाएको छ । त्यसै पनि कमरेड गोन्जालो विभिन्न रोगले ग्रस्त हुनुहुन्छ अनि पछिल्लो समयमा मानसिक र भौतिक यातना दिएर जेलमै हत्या गर्ने षड्यन्त्र गरेका समाचारहरू समेत प्रकाशमा आएका छन् । यस क्रममा कतिपय संशोधनवादी शक्तिहरूसमेत लागेको समाचार छन् ।  हामी कमरेड गोन्जालोको जीवन रक्षा र रिहाइका लागि विश्वव्यापी रूपमा चलाइएको अभियानप्रति ऐक्यबद्धता जाहेर गर्छौ र यो अभियानलाई थप सशक्त बनाउन नेपालका माओवादी क्रान्तिकारी शक्तिहरूलाई हार्दिक अपिल गर्दछौँ ।
०००




भिडियो फिचरview all