menu

ताजा समाचार

पिपुल्स मार्च’ को नयाँ अङ्क

पिपुल्स मार्च’ को नयाँ अङ्क

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन ‘पिपुल्स मार्च’ को पछिल्लो अङ्क जुन २०२१ को अङ्क प्रकाशित भएको छ । ४० वर्षअघि सन् १९८१ मा भारतको अदिलावाद जिल्लाको इन्द्राभेलीमा भएको  आदिवासीहरूको सङ्घर्ष र सत्ताले गरेको नरसंहारसित सम्बद्ध आवरण  र विशेष आलेख भएको यस अङ्कमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसित सम्बद्ध विविध लेखरचनाहरू समाविष्ट छन् ।

‘कोभिड सेकेन्ड वेभः लाइफ गेट ब्याड टु वर्स’ शीर्षक सम्पादकीय रहेको यस अङ्कमा 'रुट आउट द ट्रेटर फासिस्ट मोदिज विजेपी, हु आर सेलिङ द कन्ट्री टु फर्हेन एन्ड इन्डियन (अम्बानी एन्ड अदानी) कर्पोरेट्स', ‘हेल द सेक्रिफाइस अफ इन्द्राभेली मार्टियर्स–लेट असअपहोल्ड द फोर्टी इयर्स लिगेसी अफ इन्द्राभेली आदिवासी स्ट्रगल’, ‘१५० इयर्स टु द पेरिस कम्युन’, ‘केभिआर फासिस्ट रुल अप्लाइड बाइ ब्यानिङ त सिक्सटिन डेमेकोक्रेटिक मास अर्गनाइजेसन इन तेलङ्गाना’, '‘द कन्स्पिरेसी केसेज अफ भीम कोरेगाउँ बाइ ब्राम्हनिकल हिन्दू फासिस्टस आर फेक’, “कन्डेम द बारबरियस ‘ड्रोन अट्याक्स’ बाइ सेन्ट्रल एन्ड स्टेट  गम्भेन्ट्स अन माओइस्ट गुरिल्लाज”, ‘अल द पिपुल अफ इन्डिया युनाइट एन्ड फाइट अग्नेस्ट दिस टेरोरिस्ट ड्रोन अट्याक्स’ लगायतका लेखरचनाहरू समाविष्ट छन् । साथै यसमा २८ जना सरकारी सुरक्षा फौज विरुद्ध माओवादी छापामारहरूले गरेको अप्रिल ३, २०२१ को बहुचचर्चित एम्बुस घटनाको विवरण पनि समाविष्ट गरिएको छ ।

समग्र रचनाहरूले मोदी फासिवाद र राज्य सरकारहरू साम्राज्यवादी शक्तिहरूको  दलाली गरेर कसरी हत्या  र दमनमार्फत आफ्नो सत्ता टिकाइरहेका छन् र त्यसको प्रतिरोधमा कसरी भारतीय उत्पीडित वर्ग र आम जनता सङ्घर्षरत छ भन्ने कुरा प्रसट पारेका छन् । सबै रचनाको महत्व छ तापनि आदिवासीहरूसित सम्बद्ध ‘हेल द सेक्रिफाइस अफ इन्द्राभेली मार्टियर्स–लेट असअपहोल्ड द फोर्टी इयर्स लिगेसी अफ इन्द्राभेली आदिवासी स्ट्रगल’, भारतमा चलिरहेको किसान आन्दोलनसित सम्बद्ध आलेख 'रुट आउट द ट्रेटर फासिस्ट मोदिज विजेपी, हु आर सेलिङ द कन्ट्री टु फर्हेन एन्ड इन्डियन (अम्बानी एन्ड अदानी) कर्पोरेट्स !' र  , ‘१५० इयर्स टु द पेरिस कम्युन’ विशेष आलेखहरू हुन् ।
जस्तो ‘१५० इयर्स टु द पेरिस कम्युन’ शीर्षक आलेखमा भनिएको छ :

१९७६ पछि धक्का खाएको विश्व कम्युनिस्ट आन्दोलनका बाधाअवरोधलाई परास्त गर्दै  अहिले साम्राज्यवाद विरोधी सङ्घर्ष र विश्व मजदुर वर्गको क्रान्ति विश्वभरि नै अभूतपूर्व किसिमले अघि बढिरहेको छ । यसले क्रान्तिका अन्य शृङ्खलाहरूको निर्माण गर्न सहयोग प्रदान गरेको छ । भारतलगायत फिलिपिन्स, टर्की, पेरूका माओवादी पार्टीहरू र अन्य मुलुकका माओवादी पार्टीहरू वर्तमान परिस्थितिको उपयोग गर्दै अघि बढ्ने तयारी गरिरहेका छन् ।

सन् १९७१ देखि एकअर्काको आमनेसामने भएका दुइटा पक्ष १५० वर्षदेखि निरन्तर वर्ग सङ्घर्षमा छन् । पेरिस कम्युनको स्थिति निरन्तरतामा छ । मजदुर वर्ग विश्व क्रान्तिको विजयका लागि तमतयारीको अवस्थामा छ ।

भिडियो फिचरview all