menu

ताजा समाचार

क्रान्तिकारी माओवादीद्वारा चारबुँदे अपिल जारी

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिब मोहन बैद्य ‘किरण’ ले देशको समसामयिक परिस्थितिका सम्बन्धमा चारबुँदे अपिल जारी गरेका छन् । जेठ १९ गते जारी अपिलमा  देशको वर्तमान स्थिति असमान्य बन्दै गएको, देशको राष्ट्रिय स्वाधीनता माथि गम्भीर खतरा पैदा भएको  र देश निरङ्कुशतावादी फासिवाद  तथा राष्ट्रघातको कहालीलाग्दो अवस्थामा पुग्न थालेको स्थितिमा मुलुकको समस्या मध्यावधि निर्वाचनद्वारा हल हुन नसक्ने हुँदा नयाँ जनवादी सत्ता स्थापनाका लागि क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध हुन आह्वान गरिएको छ ।अपिलमा भनिएको छ :

यस स्थितिमा वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रूपमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्न अनिवार्य रूपमा आवश्यक भएको धारणा हाम्रो पार्टी पुनः स्पष्ट गर्दछ । यो बेला हाम्रो पार्टी विभिन्न ढङ्गले स्वतन्त्र तथा सङ्गठित रूपमा रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध हुन, क्रान्तिकारी विकल्पबारे गम्भीरतापूर्वक चिन्तन मनन गर्न र संयुक्त रूपमा सङ्घर्षलाई अगाडि बढाउनका लागि विशेष अपिल गर्दछ । त्यसैगरी हाम्रो पार्टी सबै सच्चा देशभक्त, जनतान्त्रिक तथा वामपन्थीहरूसित देशको राष्ट्रिय स्वाधीनताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाका समस्याको समाधानका लागि संयुक्त सङ्घर्षको तयारीमा जुट्न हार्दिक अनुरोध गर्दछ ।

त्यसै गरी ओली सरकारले प्रस्तुत गरेको बजेट उच्च वर्गको हित र मजदुरमारा नीतिमा आधारित भएको ठहर गर्दै भनिएको छ :

यस बजेटले एकातिर उच्च वर्गका लागि विभिन्न करहरूमा विशेष छुटको व्यवस्था गरेको छ भने अर्कोतिर मजदुर वर्गलाई आवश्यक वेतन, सुविधा, राहत प्रदान गर्ने कामबाट पुरै पछि हटेको छ । साम्राज्यवादी नवउदारवादद्वारा निर्देशित यस बजेटमा जुन समृद्ध नेपाल सुखी नेपाली, समाजवाद जस्ता कुरा उल्लेख गरिएका छन् ती जनतालाई भ्रमित तुल्याउने कसरत बाहेक अरु केही होइनन् । समग्रमा यो बजेट दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय हक हितको संरक्षण, वैेदेशिक प्रतिक्रियावाद परस्तता, परम्परावाद, सस्तो लोकप्रियतावादमा आधारित र जनहित विपरीत, देशको स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र विरोधी तथा चुनावमुखी रहेको छ । हाम्रो पार्टी यस प्रकारको राष्ट्र तथा जनविरोधी बजेटको सशक्त विरोध गर्दछ ।

वक्तव्यमा “कोरोना परीक्षणको दायरा बढाउन, निःशुल्क एवम् सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन तथा शीघ्रातिशीघ्र खोपको व्यवस्था मिलाउन र विपन्न, गरिब तथा मजदुर वर्गका जनताका लागि राहत, उद्धार तथा बेरोजगार भत्ताको प्याकेज कार्यक्रम ल्याउनका लागि सरकारसित जोडदार माग” गर्नुका साथै नेकपाका नेता हेमन्तप्रकाश ओलीलगायतका नेता तथा कार्यकर्ताको हिराइमो माग गरिएको छ ।

प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ :


भिडियो फिचरview all