menu

ताजा समाचार

जनमुक्ति छापामार सेना-जनसत्ताको जीवनआधार

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन 'पिपुल्स मार्च' को पछिल्लो अङ्क प्रकाशित भएको छ । यो अङ्क मूलतः जनमुक्ति छापामार सेना (पिएलजिए) स्थापनाको २० वर्षका सन्दर्भमा विशेष अङ्कका रूपमा प्रकाशित छ । यसमा ‘सम्पादकीय’, ‘अमेरिकी निर्वाचन’, ‘सिएमसी  (केन्द्रीय सेन्य आयोग) मेसेज, ‘अन्तर्वार्ता’, पिएलजिएको आवश्यकता र जनसङ्घर्षका गतिविधि लगायतका रचनाहरू छन् । यहाँ हामीले सो पत्रिकाको सम्पादकीयको अनुवाद प्रकाशित गरेका छौँ ।


जनमुक्ति छापामार सेना-जनसत्ताको जीवनआधार

२०औँ शताब्दीमा भएका जनताका सशस्त्र क्रान्ति र विद्रोहहरू औपनिवेशिक, अर्धऔपनिवेशिक मुलुकहरूमा औपनिवेशिकताको अन्त्यका लागि साम्राज्यवादका बिरूद्धका महत्वपूर्ण विद्रोहहरू बने ।  साम्राज्यवाद, दलाल नोकरसाही पुँजीपति वर्ग र ठूला सामन्त वर्गका बिरूद्ध चीनको कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी सङ्घर्षले आरम्भदेखि नै  सशस्त्र सङ्घर्षको स्वरूप ग्रहण ग¥यो, जसले नयाँ जनवादी क्रान्तिको सफलतामा पु¥यायो । सर्वहारा वर्गको नेतृत्वमा चीनका उत्पीडित जनताले राज्यसत्ता प्राप्त गरे । जनमुक्ति सेनाले यो सफलताका लागि महत्वपूर्ण भूमिका खेल्यो । दोस्रो विश्वयुद्धमा फासिवादको पराजय, साम्राज्यवादको कमजोर स्थिति र चिनियाँ क्रान्तिको सफलता कारण तीन दशकसम्म विभिन्न मुलुकहरूमा सशस्त्र सङ्घर्षको लहर चल्यो ।

सन् १९४० र ५० को दशकको आरम्भमा भारतका विभिन्न राज्यहरूमा भारतीय कम्युनिस्ट पार्टीको नेतृत्वमा भारतमा ऐतिहासिक तेलङ्गना किसान सङ्घर्ष, तेभागा, पुनप्रा भैलर, भर्ली जस्ता जुझारू र विशाल  किसान सङ्घर्षहरू भएका थिए । तर संशोधनवादी नेतृत्वले संसदीय मार्ग अवलम्बन गरेर जनताको दीर्घकालीन जनयुद्धको बाटोप्रति गद्दारी गरे । संशोधनवादसित सम्बन्ध विच्छेदसँगै ६० को दशकको उथलपुथलमा नक्सलवारी बसन्ते गर्जनसँगै कमरेड चारू मजुमदार र कमरेड कन्हाइ चटर्जीको नेतृत्वमा सशस्त्र क्रान्ति आरम्भ भयो ।  नक्सलबारीको क्रान्तिकारी सशस्त्र विद्रोह देशैभरि, विशेष गरी लखिमपुर–खिरी, श्रीकाकुलम, वीरभूम, गोपी वल्लभपुर, मुसहरी, सोनारपुर लगायत अन्य स्थानहरूमा  फैलियो । देशका हजारौँ विद्यार्थी र युवा क्रान्तिमा होमिए । भारतीय क्रान्ति क्रान्तिको युगमा प्रवेश ग¥यो, नयाँ जनवादी क्रान्ति सफल पारेर समाजवाद र साम्यवादको दिशामा अघि बढ्न यसले दीर्घकालीन जनयुद्धको बाटो लियो । यो अहिले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा विभिन्न मोड र घुम्ती भएर अघि बढिरहेको छ । सर्वहारा वर्गको सशस्त्र टुकडी, जनमुक्ति छापामार सेना (पिएलजिए) ले सर्वहारा वर्गको महत्वपूर्ण हतियार जनयुद्धको विकास गरिरहेको छ । साम्राज्यवाद, ठूला नोकरसाही पुँजीपति वर्ग र  ठूला जमिनदारहरूका विरुद्ध  २० वर्षदेखि भारतीय जनताको क्रान्तिकारी वर्गसङ्घर्षमा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

२ डिसेम्बर १९९९ को एउटा आक्रमणमा फासिवादी सत्ताले त्यतिबेरको भारतीय कम्युनिस्ट पार्टी  (एमएल) पिडब्लुका केन्द्रीय सदस्य कमरेड श्याम, महेश र मुरलीको हत्या ग¥यो । यसले पार्टी, जनता र देशभरका छापामार एकाइहरूमा दुस्मनप्रति तीव्र आक्रोस र घृणा उत्पन्न गरायो । कमरेडहरूको नृशंस हत्याको ठीक एक वर्षपछि, पार्टी र जनताका प्यारा वीर नेताहरूको सम्झनामा २ डिसेम्बर २००० मा जनमुक्ति छापामार सेनाको गठन भएको थियो । भारतीय कम्युनिस्ट पार्टी  (एमएल) पिपुल्स वार र माओवादी केन्द्रबीच २१ सेप्टेम्बर २००४ मा एकता भएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को निर्माण भयो ।  दुई पार्टीका जन सेना पनि  एकताबद्ध भए । पीएलजीए छोटै समयमा देशैभरि छापामार  युद्धमा एउटा शक्तिशाली शक्ति बन्न पुग्यो ।

उपनिवेशवादीहरूबाटै मुलुकको प्रतिक्रियावादी शासक वर्गलाई एउटा बलियो राज्य मेसिनरीको विरासत  प्राप्त भएको थियो । क्रान्तिकारी आन्दोलनलाई दमन गर्न नक्सलवारी किसान विद्रोहदेखि नै साम्राज्यवादको आडमा सैन्य, अर्धसैन्य, राज्यप्रहरी र राज्य र केन्द्रका सबै किसिमका कमान्डो शक्तिहरूको प्रयोग गरिएको थियो ।

जनमुक्ति छापामार सेना  ब्रिटिस विरोधी स्वाधीनता आन्दोलन, राष्ट्रिय जनवादी आन्दोलन, मूलतः मुलुकको आदिवासी र किसान विद्रोहको विरासतबाट जन्म्यो र विस्तारै बलियो बन्दै गयो । चीन जहाँ जनमुक्ति सेना माथिबाट निर्मित थियो, त्यो भन्दा भिन्नै किसिमले भारतमा जन छापामार सेना सशस्त्र किसान दलका रूपमा तलैबाट निर्मित भयो । यो मजबुत बन्दै गएको छ र जनमुक्ति सेनाकाका रूपमा रूपान्तरण हुने लक्षका साथ छापामार सेनाको उच्च सशस्त्र स्वरूपमा विकसित हुँदैछ । जनमुक्ति छापामार सेनाको पिरामिड संरचना हजारौँ जनमिलिसियाबाट विकसित भइरहेको छ,  जुन चाहिँ लाखौं क्रान्तिकारी जनताको आधार हो, र यो गुरिल्ला जोनहरूको विशाल क्षेत्रहरूमा सेक्सन, प्लाटुन, कम्पनी र बटालियन संरचनाहरूमा विकसित भइरहेको छ ।

 ऐतिहासिक नक्सलवारी सशस्त्र किसान विद्रोहको अभिन्न अङ्गका रूपमा पहिलो छापामार कारवाही मागुर्जनबाट आरम्भ भयो र वर्तमानमा यो  वीरत्वपूर्ण मुकारम, अमुवाटिकर र अन्य एम्बुससित जोडिएको छ ।  कुख्यात राज्य सरकारका प्रहरीहरू विरुद्धको आक्रमणबाट आरम्भ छापामार युद्ध भारतीय अर्ध–सैनिक बल, कोब्रा जस्ता विशेष केन्द्रीय बल र छद्म भेषमा आएका सेनाका सानासाना टुकडीमाथि सन् २०२० मा मिनप्पा भएको एम्बुस आक्रमणका रूपमा अघि बढिरहेको छ ।

मार्क्सवाद-लेनिनवाद-माओवादको आलोक र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा जनमुक्ति छापामार सेना बितेका दुई दशकमा एउटा भरपर्दो शक्तिका रूपमा विकसित भएको छ । यसले जनतामा सङ्घर्षको भावना जाग्रत गराउँछ र शासक वर्गलाई आतङ्कित पार्दछ । भारतीय शासक वर्गले मुलुकभर जनताका विरुद्ध अपरेसन ग्रिन हन्ट नामको प्रतिक्रान्तिकारी अभियान चलायो र अहिले ‘समाधान’ नामको पाशविक आक्रमण चलाइरहको छ । यतिखेर पार्टी, जनता र जनमुक्ति छापामारहरू फासिवादीहरूका विरुद्ध साहसपूर्वक र संयुक्त किसिमले लडिरहेका छन् ।

साम्राज्यवादीहरू र उनीहरूका दलालहरू पुँजीवादले उत्पन्न गरेको जटिल र अन्तहीन वित्तीय सङ्कटमा फसेका छन्, जसले क्रमिक रूपमा उनीहरूलाई पतनको बाटोतर्फ अग्रसर गर्दैछ ।  उनीहरूले फासिवादमा सहारा लिइरहेका छन् र आफ्नो शोषणमुखी व्यवस्थालार्ई निरन्तरता दिन विभिन्न प्रकारका सडगलेका नीति र कार्यहरू जनतामा थोपरिरहेका छन् । विश्वभरिका क्रान्तिकारी शक्तिहरू नयाँ स्थिति निर्माणको प्रक्रियामा छन्, केही मुलुकहरू, जस्तै हामीहरू र फिलिपिन्स, पेरू, टर्की आदिले जनयुद्ध लडिरहेका छन् र माओवादी पार्टीको नेतृत्वमा छापामार युद्धको माध्यमबाट राज्यसत्ताका अङ्गहरू स्थापना गरिरहेका छन् । विभिन्न देशका उत्पीडित जातिहरूले साम्राज्यवाद विरुद्धको प्रतिरोधलाई बढाइरहेका छन् ।

फिलिपिन्स कम्युनिस्ट पार्टीको ‘न्यु पिपुल्स आर्मी’ (एनपिए) र पेरू र  टर्कीको जनछापामार सेना र यस्तै अन्य मुलुकहरूका  आन्दोलनहरू— उदाहरणका रूपमा पुँजीवादी–साम्राज्यवादी मुलुकहरूमा जारी श्रमजीवी जनताको सङ्घर्ष, उत्पीडित जनता र  उत्पीडित जातजातिको सङ्घर्ष र क्रान्तिकारी जनवादी आन्दोलनहरूसित हातमा हात मिलाएर हाम्रो जनमुक्ति छापामार सेना साम्राज्यवादलाई सदाका लागि यस पृथ्वीबाट नामेट पार्न र विश्व समाजवादी क्रान्तिलाई मजबुत तुल्याउँदै साम्यवादसम्म पुग्न दृढताका साथ अघि बढिरहेको छ ।

पिपुल्स मार्च, २०२१ फेब्रवरी
भिडियो फिचरview all