menu

ताजा समाचार

विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूको संयुक्त वक्तव्य

अन्तर्राष्ट्रिय मे दिवसका सन्दर्भमा विश्वका माओवादी पार्टीहरूले सदाझैँ यस पल्ट पनि संयुक्त वक्तव्य प्रकाशित गरेका छन् । यस सन्दर्भमा मे दिवसका साथै, पेरिस कम्युन १५० वर्ष पुगेको सन्दर्भ, कोरोना महामारी र साम्राज्यवादी लुटतन्त्र, क्रान्तिकारीहरूबीच साझा मोर्चा र क्रान्तिकारी केन्द्र निर्माणको आवश्यकतामा उनीहरूले जोड दिएका छन् । प्रस्तुत छ सो वक्तव्यको सारसङ्क्षेप :
................................................................................................................... 


रक्तिम, सर्वहारावादी र अन्तर्राष्ट्रियतावादी मे दिवस !

सर्वहारा र आम जनसमुदायका हातमा  नयाँ सत्ता कायम गरेर समाजवाद र साम्यवादी दिशामा अघि बढ्न पुँजीवादी/साम्राज्यवादी व्यवस्थाका विरुद्ध प्रतिरोध र सङ्घर्ष गरौँ । 

पुँजीवादी उत्पादन प्रणाली, साम्राज्यवाद र यससित सम्बद्ध राज्य र सरकार र यसका दलालहरूका कारण यसपल्टको मे को पहिलो दिन विश्वका सर्वहारा र उत्पीडित जनताले विश्वव्यापी रूपमा फैलिएको माहामारीको सामना गरिरहेका छन्, जसबाट १ करोड ३० लाख प्रभावित भए र ३० लाखले मृत्यु भोगेका छन्  । 

पहिलेदेखि नै साम्राज्यवादी प्राकृतिक विनास, सामाजिक अस्तव्यस्तता, आणविक र जैविक हतियारहरूको परीक्षणका कारण थुप्रै थरी भाइरस उत्पन्न  भएका थिए ।  

साम्राज्यवादी व्यवस्थाका कारण माहामारी  पीडा र नरसंहारमा परिणत भएको छ । तर जसको मरण भयो, ती हाम्रा हुन् । माहामारी रोक्न असफल भएकाले पुँजीवाद अब टिकाउ हुने स्थितिमा छैन भनेर  वैज्ञानिकहरू नै भन्ने गर्छन्  ।

ब्यापक खोपले नै केही मात्रामा यो दुष्चक्रलाई थामथुम पार्न सक्छ, तर सबै मुलुकमा सबैका लागि यसको उपलब्धता छैन । पुँजीवादी/साम्राज्यवादी व्यवस्थामा हरेक कुरा बहुराष्ट्रिय नियोगहरूको हातमा हुन्छ, हरेक कुरा नाफा आर्जनका लागि गरिन्छ, पुँजीको नियमअनुसार खोप र तिनको सर्वाधिकारको  विश्व बजारमा खरिदविक्री चल्छ ।
 
प्रमुख ५ वटा खोप उत्पादकहरूले ६० लाख युरो नाफा कमाएका छन् र यो वर्ष अरू ७० लाख युरो शुद्ध नाफा कमाउने हिसाबमा छन् । औषधीउत्पादन कम्पनीहरूका मुख्यालयहरू मुट्ठीभर केही खास साम्राज्यवादी मुलुकहरूको सेवामा छन्, जसले विश्वका अत्यधिक बहुसङ्ख्यक जनताको शोषण र दमन गर्ने गर्छन् । खोपको ८० प्रतिशत यस्ता मुलुकहरूलाई बेचिन्छ र १४ प्रतिशत विश्वको जनसङ्ख्याले यसको उपयोग गर्छ र ८५ प्रतिशतका लागि २० प्रतिशत मात्र बाँकी रहन्छ । 

सर्वहारा जनतामाथि ‘खोप युद्ध’  लादिएको छ । सम्पन्नहरूका लागि खोप र गरिबका लागि मृत्यु भएको छ, गरिबहरूका लागि पुग्दो मात्रामा छैन । साम्राज्यवादी मुलुकहरूका लागि छ, तर उत्पीडित राष्ट्र र जनताका लागि अभाव छ । आम जनताका लागि खोप महामारीबाट बच्ने आशाको आधार बनेको छ भने पुँजीपतिहरूका लागि ठूलो अन्तर्राष्ट्रिय व्यापार बनेको छ,उनीहरूबा लागि मान्छेको जीवनको अर्थ छैन ।  
महामारीपूर्ण साम्राज्यवादी व्यवस्था, जुन मरणासन्न छ र जसलाई समाप्त पार्नु आवश्यक छ, यो  रहुन्जेलसम्म महामारी र युद्धहरू, मानव संहार, वातावरण, समाज र संस्कृतिको विनास जारिरहने छ । खासमा महामारीले  साम्राज्यवादी व्यवस्थाको सङ्कटलाई उजागर गरेको छ, जुन बढीभन्दा बढी विनासकारी भएको छ । साम्राज्यवादीहरू, नोकरसाही दलाल पुँजीपतिहरू र सामन्त वर्गको हितको रक्षा  गर्दै र मजदुर, किसान र अभावमा रहेको निम्नपुँजीपति वर्गको एउटा तप्कामाथि सम्पूर्ण बोझ थोपर्दै कोभिड-१९ लाई आफ्नो हितमा प्रयोग गर्न खोजिरहेका छन् । नयाँ विश्वव्यापी मन्दी अघि बढिरहेको छ र ठूला देशहरूको ऋण नाटकीय किसिमले बढिरहेको छ, स्थिति टाट पल्टाइको अवस्थामा छ । 
 मजदुरहरूको अधिकारमाथि आक्रमण, कार्यस्थलहरूको सुरक्षा नियमहरू घटाउने, १२ घण्टा सम्म काम गराइको बृद्धि, ओभरटाइम नदिनु, न्यूनतम ज्याला का कारण श्रम, कल्याण, वातावरणीय र शैक्षिक विधि र प्रणालीको अस्वीकृतिको स्थिति छ । ट्रेड युनियनहरू र वर्ग र सङ्घर्षशील मजदुर सङ्गठनहरूमाथि आक्रमण भएको छ  र स्वास्थ्य  सेवा, स्कुल र जन सेवा र नागरिक प्रतिष्ठानहरूलाई निजीकरण गरिएको छ । अनलाइन कक्षाको विस्तारले शिक्षालाई आम गरिब जनताबाट टाढा पु¥याएको छ  र अधिकांश विद्यार्थीलाई रोबोटमा परिणत गरेको छ  ।  उच्च–प्रविधिका कम्पनीहरू शोषणको वृद्धि मात्र गरिरहेका छन् र एआइ र आइटीका माध्यमबाट शासक वर्गका हातमा सम्पति थुपारिरहेका छन् । 

पुँजीवादी/साम्राज्यवादी अर्थतन्त्र  सङ्कटको हिलोमा फसेको बेला, कोभिड–१९को विस्तारसँगै कतिपय मुलुकको अर्थतन्त्रले नयाँ जीवन पाएको छ,  यता  लक डाउनले जनताको जीवन चाहिँ बेहाल भएको छ र मजदुरहरू, किसान, आम जनता र अन्य उत्पीडित तह र तप्काका जनता र आप्रवासी मजदुरहरू भने खाना र पानीबिना सडकवासी भएका छन्, उत्पीडनमा परेका छन् र मारिएका समेत छन्–निम्न पुँजीपतिहरूसमेत गरिबी र सर्वहाराकरणतर्फ धकेलिएका छन् । 

महामारी केही थोरैका लागि सम्पति आर्जनको घुमौरो अवसर भएको छ,  जब कि ऋणा र वित्तीय लगानीमा ठूलो रकम खर्चिएको छ । महामारी युद्धलाई निम्त्याउने प्रवृत्तिको आधार बन्दै, वातावरण विनास र साम्राज्यवादी नाफा आर्जनको तिर्खा मेटाउन मानवजातिका लागि धेरै आतङ्कहरूमध्येको यो एउटा आतङ्क बनेको छ ।
 
विश्वव्यापी रूपमा फैलिएको सङ्कटले आधारभूत अन्तर्विरोधलाई अभूतपूर्व तीव्रतातर्फ प्रवृत्त गराएको छ । अग्र भागमा देखिएको अमेरिकी साम्राज्यवादसहितको साम्राज्यवादी उछिनापाछिनका कारण रूस र चीनसित नयाँ शीतयुद्धको थालनी हुन थालेको देखिएको छ र यसले नाटोभित्रका साम्राज्यवादका पक्षधरहरू युरोप र जापानलाई पनि पक्षमा लाग्न तताएको छ । अमेरिकी साम्राज्यवाद र नाटो  अन्य साम्राज्यादी शक्तिहरूको साथ लिएर अफगानिस्तान, इराक, सिरियामाथि निरन्तर आक्रमण गरिरहेका छन् । हतियारको होडबाजीलाई तीव्रता दिँदै सबै साम्राज्यवादी शक्तिहरू विश्वका हरेक कुनामा आक्रमण गरिरहेका छन् । आम जनताले रोग, गरिबी र शोषण, प्रदूषण र वातावरणीय विनासका कारण मृत्यु भोगिरहेको अवस्थामा साम्राज्यवादी शक्तिहरू  आप्रवासन, कष्ट र मरणाको विकराल स्थिति उत्पनन गर्दै अफ्रिका, एसिया, ल्याटन अमेरिकामा प्राकृतिक स्रोतहरू, कच्चा पदार्थ र सबै साधनस्रोतहरू हात पार्न निरन्तर लागिरहेका छन् । 

यी सबै परिस्थितिको सामना गर्न सर्वहारा र आम जनताले  विश्वका प्रत्येक कुनामा विद्रोह र प्रतिरोधका विविध रूपहरूमाफर्लत आफ्नो सङ्घर्षलाई अघि बढाएका छन् । यिनमा आम हडताल, जनआन्दोलन, साम्राज्यवाद विरोधी सशस्त्र सङ्घर्षका साथै भारत,  फिलिपिन्स, पेरू र टर्कीमा पार्टी र जनमुक्ति छापामार सेनाले जनयुद्ध चलाइरहेका छन् । 

यस किसिमको संसारलाई फ्याल्नै पर्छ । सत्ताधारी वर्ग यसका लागि हकदार छैन । आफ्नो सत्तालाई निरन्तरता दिन उनीहरूलाई कुनै हक छैन । 

सर्वहारा वर्ग र उत्पीडित जनता वर्तमान विश्वव्यवस्थाको अन्तहीन आतङ्कलाई स्वीकार गर्न सक्तैन, उनीहरूलाई नयाँ विश्वको आवश्यकता छ, शोषणविहीन, दमन विहिन, महामारी र युद्धविहिन एउटा नयाँ संसार !  

यो वर्ष पेरिस कम्युन को १५० औँ वार्षिकोत्सवको अवसर हो । 

मार्क्सले पेरिस कम्युन लाई यसरी प्रस्ट र वैज्ञानिक किसिमले परिभाषित गर्नुभयो, “ निश्चय नै यो सङ्घर्ष गर्नु पर्ने वर्गका विरुद्धको सङ्घर्षको उपज थियो, यो मजदुर वर्गको सरकार थियो, अन्ततः श्रमबाट आर्थिक मुक्तिका लागि काम गर्नका लागि खोज गरिएको राजनीतिक रूप थियो । (मार्क्स, फ्रान्समा गुह युद्ध) ।

एङ्गेल्सले भन्नुभयो, “पेरिस कम्युनलाई हेर, यही नै हो  सर्वहाराको अधिनायकत्व” । 

 पेरिस कम्युनले आफ्नो जनचाहना अनुसार पुरानो सेनामाथि आधिपत्य कायम ग¥यो, नयाँ अधिकारीहरू राखेर मजदुरहरूको ज्याला प्रदान गर्यो  । यस्ता सदस्यहरू, मजदुरहरू तथा मजदुर सङ्गठनका प्रतिनिधिहरू थिए, जसले आफना कामहरू विनम्रतापूर्वक, इमानदारीपूर्वक र प्रभावकारी किसिमले गर्दथे , कलकारखानाहरू सबै मजदुर सङ्गठनहरूलाई हस्तान्तरण गरिएका थिए । पेरिस कम्युनले हिंसात्मक क्रान्तिबिना सर्वहाराले राज्सत्ता प्राप्त गर्न सक्तैन भन्ने कुरा देखाएको छ । समग्र रूपमा पेरिस कम्युनले  श्रमजीवी वर्गले पुरानो राज्यसंयन्त्रमाथि विजय प्राप्त गर्नु मात्र पर्याप्त छैन, यसलाई ध्वस्त गर्नु पनि आवश्यक छ, यो हरेक जनक्रान्तिको पूर्व सर्त हो भन्ने कुरा प्रस्ट पा¥यो । 

कम्युनले सर्वहारा र आम जनताले आजको समयमा गर्नु पर्ने कार्य औँल्याउँछ , सर्वहारासित गाँसिएको क्रान्ति जसले सत्ता प्राप्त गर्दछ, त्यसले यथाशीघ्र आफना समस्या समाधान गर्न आफूलाई क्रियाशील  गराउनु पर्छ । 

यसै कारण सङ्कट र महामारी, शोषण, कष्ट, वातावरणीय विनाश, फासिवाद, जातिवाद र यौनवाद, आफनो मालिकको हित रक्षामा लागेका भ्रष्ट अधिकारीहरू, आर्थिक र सामाजिक परजीवीहरू, दमन र युद्धका विरुद्ध सङ्गठित हुनु र जीवनमरणको लडाइँ लड्नु आवश्यक छ । 
अहिलेको मे दिवसमा हरेक मुलुक र विश्वव्यापी तहमा सम्भव भएसम्मका रूपहरूको प्रयो गर्दै सर्वहारा र आम जनताले यस किसिमको प्रयास गर्नु आवश्यक छ,

श्रमजीवी वर्गको सङ्घर्षलाई थप तीव्र बनाउन मजदुरमाथि शोषण हुने निकायमा प्रतिरोध र रक्षाका गतिविधिलाई तीव्र बनाउनु, 
पाmसिवादी मोदी सरकारका विरुद्ध भारतमा किसानहरूले चलाएको सङ्घर्षलाई समर्थन गर्दै र थप बलियो बनाएर उत्पीडित मुलुकका किसानहरूलाई नयाँ सन्देश दिन, 

क्रान्तिकारी नारीवादी सिद्धान्त र व्यवहारका आधारमा जन–आधारित महिला आन्दोलनको विकास गर्न । महिलामाथि हुने गरेका सबै किसिमका अपमान  र असमामानताको अन्त्य गर्न,

फासिवाद विरोधी, साम्राज्यवाद विरोधी, दलाल पुजीपति वर्ग र सामन्त वर्ग विरोधी संयुक्त मोर्चाको विकास गरेर सर्वहारा, आम किसान, विद्यार्थी, आप्रवासीहरू  गरिबीमा रहेका विभिन्न नयाँ–पुराना विविध समस्याका विरुद्ध सशक्त सङ्घर्ष गर्न,

फासिवाद र जातिवादका विरुद्ध जुधारु सङ्घर्षलाई तीव्र बनाउन,
 
विद्रोही युवाहरूलाई अग्रदस्ता शक्तिका रूपमा  र क्रान्तिकारी सङ्गठनहरूलाई पुँजीवादी राज्यसत्ताका विरुद्ध अगाडि बढाउन, 
जेलमा रहेका  राजबन्दीहरूको रिहाइका पक्षमा काम गरिरहेका शक्तिहरूसित हातेमालो गर्न,
 
साम्राज्यवादको आडभरोसामा खास मुलुकका उत्पीडित राष्ट्रहरूमाथि भइरहेको दमन विरोधी अभियानलाई नयाँ जीवन दिन ।  
क्रान्तिकारी आन्दोलनले भोगेका समस्याहरूको निराकरण गरेर  अघि बढ्न हामीले अहिलेको सकारात्मक स्थितिको प्रभावकारी उपयोग गर्नुपर्दछ । 

आम जनमानससित सम्बद्ध यस कामले कम्युनिस्टहरूको नेतृत्वको माग गर्छ, आजका कम्युनिस्ट, माक्र्सवादी–लेनिनवादी–माओवादीहरू,जो जनतासित गाँसिएर वर्गसङ्घर्षको अग्निज्वालामार्फत माथिल्लो सत्ता निर्माणका लागि तलबाट सत्ता निर्माणको कार्य आरम्भ गर्छन्, जो विश्वका विभिन्न मुलुकको वस्तुस्थितिअनुसार  नयाँ जनवादी र समाजवादी क्रान्तिका लागि पार्टी निर्माण गरेर अघि बढ्छन् । यस्तो पार्टी, जसले क्रान्तिलाई अघि बढाउन मजदुर वर्गलाई अग्रदस्ताका रूपमा सङ्गठित गर्छ, जुन माक्र्सको वैज्ञानिक  सिद्धान्त, लेनिनको स्पातिलो शिक्षाबाट खारिएको छ र माओले भनेझैँ जनताको सेवामा समर्पित हुन्छ । त्यस्तो पार्टी, जुन आलोचना र आत्मालोचनाप्रति सजग छ, मुलुक र अन्तर्राष्टिय स्तरमै सर्वहाराको जीतप्रति सजग छ ।  त्यस्तो पार्टी जुन संशोधनवाद, अवसरवाद अर्थवाद संसदवादबाट मुक्त छ, गुटवादबाट टाढा छ, पुरातनतावादी जडसूत्रवाद र निम्न पुँजीवादी उग्रताबाट मुक्त छ ।

र्ग र आम जनताबिना पार्टीको अस्तित्व छैन, क्रान्ति छैन र अन्तर्राष्टियतावाद पनि छैन ।
 
अभामकियनवाद र  प्रचण्डको ‘पथ’ ले दक्षिणपन्थी बाटो समातेपछि नयाँ कदमका लागि क्रान्तिकारीहरूबीच नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्न र कम्युनिस्ट अन्तर्राष्ट्रियतर्फ अघि बढ्नु पर्ने कुरालाई महसुस गर्दै  माक्र्सवाद–लेनिनवाद–माओवादमा आधारित पार्टी तथा सङ्गठनहरूको एउटा अन्तर्राष्ट्रिय एकताबद्ध सम्मेलनको आवश्यकताका लागि सर्वहारा अन्तराृष्ट्रियवादले आज हामीलाई आह्वान गरेको छ ।
साम्राज्यवादी र सबै प्रकारका प्रतिक्रियावादीहरू अन्ततः पतन हुनेछन् र विश्वका उत्पीडित जनताले समाजवाद र साम्यवादको विजयको लागि विश्वव्यापी तहमा नयाँ जनवादी क्रान्ति र सर्वहारा क्रान्तिको अन्तिम विजय समाजवाद र साम्यवाद प्राप्त गर्नेछन् भन्ने कुरा हामी निर्भय र दृढताका साथ ठोकुवा गर्दछौँ । 

पेरिस कम्युन: जिन्दावाद ! 
सर्वहारा सत्ताका लागि सही हतियारका साथ खुलेर सङ्घर्ष गरौँ !
भविष्यलाई ख्याल गर्दै अहिलेको  सङ्घर्षलाई अघि बढाऔँ ! 
मार्क्सवाद-लेनिनवादमाओवाद  जिन्दावाद !
साम्राज्यवाद, पुँजीवाद र उनीहरूको हितकारी सबै सत्ताहरूको सर्वनास होस् ! 
सर्वहारा अन्तर्राष्ट्रियतावाद: जिन्दावाद!
हार्नका लागि हामीसित हतकडीसिवाय केही छैन, जित्नका लागि सारा संसार छ !

हस्ताक्षरः 

कमिटी फर द ब्युल्डिङ द माओइस्ट कम्युनिस्ट पार्टी, गालिसिया, स्पेनिस स्टेट
कम्युनिस्ट न्युक्लिअस, नेपाल
कम्युनिस्ट (माओवादी) पार्टी अफ अफगानिस्तान
नेपाल कम्युनिस्ट पार्टी ( रिभोल्युसनरी माओइस्ट)
कम्युनिस्ट वर्कर युनियन (यमयलयम) कोलम्बिया
माओइस्ट कम्युनिस्ट पार्टी–इटाली 
मासलाइन- क्यानडा 
मार्किस्ट-लेनिनिस्ट पार्टी अफ वर्कर्स-स्पेनिस स्टेट
रेड रोड माओइस्ट ग्रुप अफ इरान
रिभोलुस्नरी कम्युनिस्ट पार्टी अफ क्यानडा पिसिआर-आरसिपी 
एल कादेहाइन्स पार्टी –ट्युनिसिया 
कम्युनिस्ट पार्टी अफ टर्की-मार्क्सिस्ट-लेनिनिस्ट (टिकेपी/यमयल) 

कम्युनिस्ट न्युक्लिअस, नेपालको टिप्पणी: 

पहिले एउटै साझा वक्तव्य प्रकाशित  भइरहेको सन्दर्भमा पछि यताका केही वर्षहरूमा केही युरोपेली माओवादीहरू र ब्राजिल लगायतका माओवादी पार्टी तथा सङ्गठनहरूले भिन्नै साझा वक्तव्य प्रकाशित गर्दै आएका छन् ।  विभिन्न कारणवस यसपल्ट पनि संयुक्त साझा वक्तव्य प्रकाशित गर्ने  प्रयास सफल हुन सकेन । एउटा साझा वक्तव्य इटालीको माओवादी कम्युनिस्ट पार्टीको क्रियाशीलतामा र अर्को साझा वक्तव्य ब्राजिलको माओवादी पार्टीको अगुवाइमा प्रकाशित छ । वक्तव्यका सन्दर्भमा इटालीको माओवादी कम्युनिस्ट पार्टीको क्रियाशिलतामा हामीले सहभागिता जनाएका छौं । सो साझा वक्तव्यमा उल्लेखित महामारीको सन्दर्भ र अन्य सन्दर्भ साथै वक्तव्यको पुछारमा दिइएकानाराका सम्बन्धमा पनि  हामीले आन्तरिक तहमा थपघटका लागि लिखित सुझाव दिएका थियौँ । यथावत रहेको भए पनि साझा भावनाको कदर गर्दै हामीले सो साझा  वक्तव्यमा हस्ताक्षर गरेका हौं । 
000 

 

भिडियो फिचरview all