menu

ताजा समाचार

२६ तारिख भारत बन्द

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले भारतका उत्पीडित वर्ग तथा समुदायले गरिरहेको आन्दोलन खास गरेर केही महिनादेखि चलिरहेको किसान आन्दोलनलको पक्षमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यही अप्रिल २६ तारिख तद्नुसार वैशाख १३ गते सोमबारका दिन ‘भारत बन्द’ को आह्वान गरेको छ । केही दिनअघि छत्तिसगढमा भएको माओवादी छापामारको सफलताका सन्दर्भमा ५ अप्रिल २०२१ का दिन जारी वक्तव्यमार्फत सो पार्टीका प्रवक्ता अभएले सो बन्दको घोषणा गरेका हुन् । जस्तो सो वक्तव्यमा भनिएको छ :

किसान आन्दोलनका साथै देशमा चलिरहेका तमाम जनसङ्घर्षलाई माथि उठाउँदै, सरकारी दमनको भ्रत्र्सना गर्दै त्यसको जवाफमा अप्रिल महिनादेखि प्रतिरोध सङ्घर्ष चलाउँदै हाम्रो पार्टीको केन्द्रीय समितिले २६ अप्रिल २०२१ का दिन भारत बन्द सफल पार्न आह्वान गरेको छ । ...बहुलाएको दुस्मन आम नरसंहार  गर्न पनि पछि पर्ने छैन, यो ब्राम्हणवादी हिन्दूत्ववादी फासिवादीहरूको आम चरित्र हो । त्यसैले व्यापक जनतालाई गोलबन्द गर्दै अप्रिल २६ को भारत बन्दलाई सफल पारौँ ।

वक्तव्यमा थप भनिएको छ:

किसान आन्दोलनका साथै देशमा चलिरहेका तमाम जनसङ्घर्षलाई माथि उठाउँदै, सरकारी दमनको भ्रत्र्सना गर्दै त्यसको जवाफमा अप्रिल महिनादेखि प्रतिरोध सङ्घर्ष चलाउँदै हाम्रो पार्टीको केन्द्रीय समितिले २६ अप्रिल २०२१ का दिन भारत बन्द सफल पार्न आह्वान गरेको छ । सरकार कोरोनाको महामारीबाट जनतालाई  बचाउन असफ लबनेको सरकार त्यसतर्फ कुनै कदम नचाली माओवादीको भूत खडा गरेर , चुनावमा सम्पूर्ण रूपले ध्यान केन्द्रित गरिरहेको छ । यसबाट सरकारमा बसेकालाई जनताको ज्यानभन्दा सत्ताको चिन्ता अधिक छ भन्ने कुरा खुलारूपमा प्रमाणित भएको छ । हामीले यसको बढीभन्दा बढी भण्डाफोर गर्नु पर्दछ । भगवा आतङ्कवादी, ब्राम्हणवादी–हिन्दूवादी फासिवादद्वारा सङ्घर्षरत जनता र  आफ्नो न्यायपूर्ण हकका लागि लडाइँ लड्नेहरूलाई आतङ्कवादी  भन्नु र माओवादीलाई पनि ‘माओवादी’ पदावलीलाई नै आतङ्क ठहर गर्दै प्रस्तुत गर्नु र जनताका सङ्घर्षसित लगेर जोड्नु कुनै अनौठो कुरा भएन । हामीहरूलाई समूल नष्ट गर्ने उद्देश्यले  थरीथरीका दमन योजनाका  साथ फासिवादी सरकार वर्षौँदेखि झूठो प्रचार गर्दै आएको छ । बिजापुरको तेरेम घटनासित जोडेर जनतासित बदला लिने मन्त्री अमित साहको घोषणाको हामी भ्रत्र्सना गर्दछौँ । यो उनको पागलपन हो र  यसले उनको फासिवादी प्रवृत्तिलाई नै पुष्टि गर्छ । अमित साहले को कोसित बदला लिन्छन् ?शोषित जनता र माओवादी एकाकार छन् र दिनानुदिन क्रान्तिका लागि चेतना वृद्धि गर्दै जनता पुँजीवादी व्यवस्था र व्राम्हणवादका विरु विभिन्न रूपमा सङ्घर्ष गरिरहेका छन् । यी सबै सङ्घर्षहरू भारतलाई एउटा सच्चा जनवादी मुलुक बनाउने व्यापक जनयुद्धकै हिस्सा  हुन् । यसकारण शाहले बदला लिने सोचाइ छोडेर पहिले दिल्ली घेरेर बसेका किसानका समस्या र  देशभरिका  जनताका अन्य समस्याको समाधानको उपाय गर्नुपर्छ ।

बितेका ५० वर्षदेखि देशमा जनयुद्ध जारी छ , शोषण, अत्याचार, लूटतन्त्रलाई समाप्त पार्दै समानतामा आधारित समाज स्थापना गर्न जनयुद्ध जारी छ । माओवादीको लक्ष प्रस्ट छ । पार्टीले जनताका दुस्मनको वर्गविश्लेषण सटिक ढङ्गले गरेर जनताका सामु राखेको छ, लडाइँको तरिकाको अनिवार्यतालाई पनि प्रस्ट विश्लेषणका साथ देश र विश्वभरिका जनताका सामु राखेको छ । हामीहरू कम्युनिस्ट हौँ, त्यसैले कुनै पनि मान्छेको मुत्युले हामीलाई दुखित  तुल्याउँछ, परन्तु, व्यापक जनताको हितका लागि लडाइँ अनिवार्य छ । हामी विश्वभरि प्रेम, माया, सद्भाव, शान्ति र समानतापूर्ण समाज चाहन्छौँ ।  हाम्रो लडाइँ पुलिसका जवानसित होइन । पुलिसमा भर्ना भएका जवानहरू आम शोषित जनताकै हिस्सा हुन् । परन्तु, दुस्मन वर्गका तर्फबाट उनीहरूका हतियार बनेर जब पुलिस तथा अर्धसैनिक बलका जवानहरू हामीमाथि आक्रमण गर्न आउँछन्, बाध्य भएर हामीले उनीहरूका विरुद्ध लड्नु पर्ने हुन्छ । यस लडाइँमा मुलुकका विभिन्न राज्यमा जवानहरूको मृत्यु भएको छ । उनीहरूको परिवारका साथ हाम्रो संवेदना छ । सार्थ यही समया हो पोच्नु पर्ने पनि— हामी कसको साथ छौँ, जनताले लडेको लडाइँको साथ कि लुटेरा सत्ताधारी वर्गका साथ । आफ्ना सन्तानलाई बलिको बोको बनाउन पुलिसमा जागि र खान नपठाउन हामी आम जनतामा अपिल गर्दछौँ ।

प्रिय कमरेडहरू,

क्रान्तिकारी आन्दोलनलाई सिध्याउने उद्देश्यले लागि परेका सरकारी उच्च अधिकारीहरू षड्यन्त्रका अनेक तानाबाना बुनिरहेका छन् । इलेक्ट्रोनिक्स जिपियस ट्र्किङ हालेर पठाउनु, विष दिनु, कोबर्ट गर्नु, आत्मसमर्पणको नीतिको प्रयोग, दुष्प्रचार र मनोवैज्ञानिक युद्धलाई उनीहरू तीव्र बनाइरहेका छन् । यस किसिमको स्थितिप्रति सतर्कता बढाउनु आवश्यक छ ।  बम फिट गर्ने क्रममा सावधानी नअँगल्दा हाम्रा दुई जना योद्धा सहिद भएका छन् । त्यसैले बडो होसियारीका साथ हामीले प्राविधिक नियमहरूको पालना गर्नु पर्छ । हाम्रा सैनिक कारबाहीमा भएको प्राविधिक गल्तीका कारण कतिपय ठाउामा सर्वसाधारण जनतालाई नोक्सान पुगेको छ । यसमा हामी एकदमै दुखित छौँ र ती परिवारप्रति समवेदना प्रकट गर्छौँ । यस्ता गल्तीहरू फेरि नहोऊन् भनेर सचेत हुनु आवश्यक छ । दुस्मन आठ महिनाको  लक्षमा मात्र सीमित हुने छैन, यसको तीव्रत अझै बढ्नेछ र यसका सङ्केतहरू पनि आइसकेका छन् । यी  सबै कुरालाई ध्यानमा राखेर हामीले सतर्कता बढाउनु पर्छ । यसबारे जनतालाई पनि अवगत गराउनु आवश्यक छ । बहुलाएको दुस्मन आम नरसंहार  गर्न पनि पछि पर्ने छैन, यो ब्राम्हणवादी हिन्दूत्ववादी फासिवादीहरूको आम चरित्र हो । त्यसैले व्यापक जनतालाई गोलबन्द गर्दै अप्रिल २६ को भारत बन्दलाई सफल पारौँ ।
भिडियो फिचरview all