menu

ताजा समाचार

माओवादी बुद्धिजीवी राभुन्नीलाई रिहा गर !

अनेक बहाना बनाएर मुठभेडका नाममा राज्यआतङ्क मच्चाइरहेको भारतको फासिवादी मोदी सरकारले “आतङ्कवादीहरूलाई सहयोग पुग्ने सामग्री लेखन तथा प्रकाशन नगर्न” पत्रकार तथा प्रकाशन माध्यमहरूलाई चेतावनी दिइरहेको बेला उत्पीडितहरूका पक्षमा बोल्ने, लेख्ने र सामाजिक गतिविधि गर्ने बौद्धिक क्षेत्र, नागरिक समाज, लेखक–पत्रकारहरूलाई राज्यआतङ्कको सिकार बनाउन थालेको छ ।
 
यसैक्रममा ‘कमिटी फर दि रिलिज अफ पोलिटिकल प्रिज्नर्स’  (CRPP) का केन्द्रीय उपाध्यक्ष माओवादी विचारकका रूपमा स्थापित र वर्षौँ जेलजीवन बिताएका बहुचर्चित बुद्धिजीवी एमएन राभुन्नीलाई केरला सरकारले गिरफ्तार गरेको छ । उहाँलाई केही दिनअघि मात्र कब्जामा लिएर हत्या गरी केरलाको मलामपुरम जिल्लाको निलाम्बर जङ्गलमा फ्यालिएका भारतीय माओवादी पार्टीका केन्द्रीय सदस्य तथा  पश्चिमघाटका इन्चार्ज कमरेड, के. देवराज र कमरेड अजिथासित जोडेर पक्राउ गरेको कुरा सरकारी समाचार माध्यमहरूले जनाएका छन् । नागरिक समाज र बौद्धिक क्षेत्रले चाहिँ यसलाई, यताका दिनमा भारतीय फासिवादी सरकारले विरोधी विचार दबाउन, सरकारका  जनविरोधी कार्यविरूद्ध आवाज नउठाउन र मुद्धामामिलासमेत नहेर्न बौद्धिक तथा नागरिक समाजलाई आतङ्कित पार्न थालिएको घटनामा रूपमा हेरेका छन् । माओवादी बुद्धिजीवी एमएन राभुन्नीले विगतमा पनि १८ वर्ष जति जेलजीवन बिताउनुभएको थियो ।   

यसैबीच सार गिलानी अध्यक्ष रहेको ‘कमिटी फर दि रिलिज अफ पोलिटिकल प्रिज्नर्स’ (CRPP) ले एक वक्तव्य प्रकाशित गरी मोदी सरकारले सिङ्गो मुलुकलाई जेलमा परिणत गरेको छ भन्दै आफ्ना उपाध्यक्ष एमएन राभुन्नीको बिना सर्त अविलम्ब रिहाइ लगायत राजबन्दीहरूको मुद्दा फिता गर्न माग गरेको छ । वक्तव्यमा  कमरेड देवराज र अजिथाको षड्यन्त्रपूर्ण हत्याको स्वतन्त्र छानबिनका लागि आयोग गठन, सर्बोच्च अदालतको निगरानीमा पोस्टमार्ट, धारा ३०२ मातहत दोषी प्रहरीमाथि कारबाही तथा आफनो भूमि र जनाजीवीकाक  लागि सङ्घर्षरत जनताका क्षेत्रहरूबाट पारामिलिट्री फोर्स फिर्ता लगायतका मागहरू अघि सारिएको छ ।  कथित मुठभेडका नाममा, सङ्घर्षरत भारतीय जनता, दलित, आदिवासी तथा अल्पसङ्ख्यक लगायतका जनतामाथि भइरहेको दमन र  हत्याविरुद्ध आवाज उठाउन पनि वक्तव्यमा आह्वान गरिएको छ ।

 वक्तयमा ‘कमिटी फर दि रिलिज अफ पोलिटिकल प्रिज्नर्स (CRPP) का अध्यक्ष सार गिलानीसहित महासचिव अमित भट्टाचार्य, उपाध्यक्ष सुजातो भद, सुखेन्दु भटुाचार्य, जगमोहन सिह, पि कोया , मालेम, सञ्चार सचिव एमटि हानिबाबु र एमएन नाद्वी,  केरला शाखा सचिव थुसार सारथी  र जनसम्पर्क सचिव रोना विल्सनको  हस्ताक्षर रहेको छ ।

(पूर्ण वक्तव्यका लागि : दि नेक्स्ट फ्रन्ट)

भिडियो फिचरview all