menu

ताजा समाचार

अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू एक जुट, ओली आश्रयमा रहेकाहरूको पराजय निश्चित

नेपालका पत्रकारहरूको साझा सङ्गठन 'नेपाल पत्रकार महासङ्घ' को निर्वाचन भोलि चैत्र २५ गते सम्पन्न हुँदैछ । यसपल्ट संशोधित विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन एकैचोटि हुने र सबै साधारण सदस्यले जिल्लादेखि केन्द्रसम्मका उमेद्वारलाई एकैचोटि मतदान गर्न पाउने भएकाले गत सालहरूको भन्दा यसपल्टको निर्वाचन सदस्यहरूका लागि बढी चासो र उत्साहको विषय भएको छ । 

विगतका झैँ यसपल्ट पनि आ–आफ्नो आवश्यकता र बुझाइ अनुसार आधारभूत रूपमा पत्रकार  संगठनहरू  सरकार पक्षधर  र सरकार विपक्ष दुई क्याम्पमा विभाजित भएका छन् । एउटा खेमा प्रधानमन्त्री ओलीपक्षधरहरूको रहेको छ भने अर्को खेमा ओली सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रवृत्तिका विरुद्ध क्रियाशील समूह छ । ओली पक्षधर, ‘प्रेस चौतारी’, विप्लव पार्टी नजिकको '‘जनपत्रकार सङ्गठन’ र भारतीय विस्तारवादको  नेपालमा सबैभन्दा नजिकको नेता भनेर चिनिएको महन्थ ठाकुरको नेतृत्वमा रहेको पत्रकार सङ्गठन ओलीतन्त्रको आस्रयमा एकत्रित भएका छन् । अनि  ओली सत्ता आतङ्क विरोधी र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू 'प्रेस सङ्गठन, नेपाल, 'क्रान्तिकारी पत्रकार महासङ', माधव नेपाल समूह सम्बद्ध 'प्रेस चौतारी', प्रेस युनियन र अन्य स्वतन्त्र पत्रकारहरू विपुल पोख्रेल र रोसन पुरीले नेतृत्व गरेको संयुक्त प्यानलमार्फत चुनावमा सहभागी भएका छन् ।

पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको 'क्रान्तिकारी पत्रकार   महासंघ' लाई  यथोचित भूमिका दिन नसक्नु, विगतमा पत्रकारहरूका हकहितप्रति समर्पित भएर क्रियाशील भएका 'क्रान्तिकारी पत्रकार संगठन' सम्बद्ध  कतिपय पत्रकारलाई संयुक्त प्यानलमा समेट्न नसक्नु,जस्ता विषयलाई लिएर टिप्पणी उठेको भए पनि अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध सदनमा विधेयक पेश गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन उद्धत र आम जनताबीच घृणाको विषय बनेको ओलीतन्त्रको आस्रयमा रहेको टिमलाई जसरी पनि हराउनु पर्छ भन्ने उद्देश्यका साथ अभिव्यक्ति स्वतन्त्रताका पक्षधर पत्रकारहरू एकजुटका साथ क्रियाशील छन् । 
 
आफू  सम्बद्ध पत्रकार सङ्गठनले  ओलीतन्त्रसित साँठगाँठ गरेका कारण असन्तुष्ट रहेका विप्लव समूह र बाबुराम–उपेन्द्र यादव समूहका पत्रकारहरूले पनि ओलीगठबन्धन विरुद्ध मतदान गर्ने हुँदा ‘ओली चौतारी’ मा आस्रय लिएकाहरूको पराजय निश्चित रहेको विश्वास अभिव्यक्ति स्वतन्त्रताका पक्षधर प्राध्यापकहरूको रहेको छ । 

सरकार विरोधी, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र विगतमा श्रमजीवी पत्रकारहरूको पक्षमा सक्रियताका साथ लागेका पूर्णकालीन पत्रकारहरूको विजय निश्चित हुने कुरामा ‘जनमेल’ विश्वस्त छ र सबैको प्रयास यसतर्फ केन्द्रित हुनु आवश्यक छ । 

  

भिडियो फिचरview all