menu

ताजा समाचार

माओवादीहरू संयुक्त वक्तव्यको तयारीमा

विश्वका क्रान्तिकारीहरूको केन्द्रबिन्दु ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्लोलन’ (रिम) विघटनको स्थितिमा पुगेपछि सन् २०१० देखि प्रचण्ड र बभ अमाकियनले नेतृत्व गरेका पार्टीहरूबाहेकका माओवादी पार्टी, सङ्गठन र मोर्चाहरूले हरेक वर्ष मे दिवसको सन्दर्भ पारेर मे दिवसको  महत्वका साथै क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माणको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै संयुक्त वक्तव्य प्रकाशित गर्दै आएका छन् । 

विश्वका ३० वटा पार्टी तथा सङ्गठनहरू सम्मिलित हुँदै आएकामा आधारभूत रूपमा समान धारणा रहे पनि पछिल्लो समयमा कमरेड गोन्जालोको सन्दर्भमा र अन्य केही सन्दर्भलाई लिएर ल्याटिन अमेरिकी र युरोपेली केही पार्टीहरूबीच केही मतभेदका कारणा दुई-तीन वर्षयता दुइटा  छुट्टाछुट्टै संयुक्त  वक्तव्य प्रकाशित हुँदै आएका छन् । एउटै वक्तव्य प्रकाशित गर्नेमा विभिन्न बहस र छलफल  पनि भएका छन्  र नेपालको तर्फबाट कम्युनिस्ट न्युक्लिस ,नेपालनेकपा (क्रान्तिकारी माओवादी) ले आआफ्नो लिखित धारणा पनि राखेका छन् । कोभिडका कारण विश्वका माओवादीहरूको बैठक बसेर बहस- छलफल गर्ने र नयाँ केन्द्र निर्माणको कार्यलाई ठोस रुप दिने भन्ने कार्यले पनि साकार रुप लिन सकेको छैन।  

मे दिवसका सन्दर्भमा यसपल्ट भरिसक्के सबैको एउटै साझा वक्तव्य प्रकाशित गर्ने प्रयास भइरहेको छ, र के के विषय राख्ने भनेर आन्तरिक तहमा त्यसको पनि टिपोट पनि सबैलाई पठाइएको छ । अहिलेसम्म रिम को इतिहाससित जोडिएको इटालीको माओवादी पार्टीले यसको पहल गर्दै आएको छ । नेपालको तर्फबाट कम्युनिस्ट न्युक्लिस, नेपालनेकपा (क्रान्तिकारी माओवादी) संयुक्त वक्तव्यमा सहभागी हुँदै आएका छन् र एउटै साझा वक्तव्य प्रकाशित गराउन दुवैको प्रायास रहेको छ । 

भिडियो फिचरview all