menu

ताजा समाचार

माओवादी एम्बुसमा परेर भारतीय सुरक्षा फौजका २२जनाको मृत्यु, ३२ जना मरणासन्न सयभन्दा बढी घाइते

भारतको बस्तर डिभिजनअन्तर्गत बिजापुर जिल्लाको तारेम जङ्गलमा अप्रिल ३ शनिवारका दिन  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारले थापेको एम्बुसमा परेर सिआरपिएफसहितको संयुक्त टोलीका २२  जनाको मृत्यु भएको,३२ जना  मरणासन्न  र सयभन्दा बढी घाइते भएको  र एक जना बेपत्ता भएको कुरा  भारतीय संचारमाध्यमले जनाएका छन् । माओवादीहरू जमघट भएको भन्ने सूचनाका आधारमा सर्च अप्रेसनमा गएको ४०० जनाको  फोर्समाथि भएको एम्बुस आक्रमणमा मृत्यु हुनेको सङ्ख्या त्यो भन्दा बढी हुन सक्ने र घाइतेको सङ्ख्या पनि निकै ठूलो हुन सक्ने कुरा समाचार माध्यमहरूले जनाएका छन् । एम्बुसपछि माओवादीबाट भएको फायरिङका कारण पनि मर्नेहरूको निकै बढी हुन सक्ने अनुमान गरिएको छ । 

सो घटना दिनको ४ बजे भएको थियो. 

सो क्षेत्रमा थप फोर्स पठाइएको र पत्रकारलाई समेत जान नदिएकाले सही समाचार आउन अझै समय लाग्ने कुरा पनि पत्रिकाले जनाएका छन् । दश दिनअघि सोही क्षेत्रमा माओवादी एम्बुसमा परेर ५ जना सरकारी फौजको मृत्यु भएको थियो । पछिल्लो समाचार अनुसार थप ३२ जनाको हालत खराब छ र सो क्षेत्रमा थप फौज र सैन्य हेलिकोप्टरहरू पठाइएको छ l 

भिडियो फिचरview all